Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पाल्पा: यहाँका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि खुशी ल्याएको हो । नगरपालिका–१३ छेर्लुङका ४७ घरपरिवारमा सोलार जडान गरिएको हो । कालीगण्डकी नदी नजिकैको बस्तीमा वर्षांैदेखि विद्युत्को पहुँच बाहिर रहेका बस्ती अँध्यारोमा नै रात बिताउनुपर्ने बाध्यतामा थिए । यहाँका २२ बोटेमाझी, चार दलित र अन्य जातिका घरमा सोलार जडान गरी उज्यालो बनाउने काम सम्पन्न भएकोे तानसेन नगरकार्यपालिका सदस्य कमला भण्डारीले बताउनुभयो ।सोलार जडानपछि रातमा घरभित्र र बाहिर उज्यालोसँगै मोबाइल चार्ज, रेडियो, टिभीलगायतका आमसञ्चारमा यहाँका स्थानीयवासीको पहुँच विस्तार भएको…

Read More

माघ: डोल्पामा एकै पटक ४५० घर बन्ने भएका छन् । कर्णाली जनताआवास कार्यक्रममार्फत ४५० दलित परिवारका घर बन्ने भएका हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १५० घरधुरी र ‘ख’ मा ३०० घरधुरी गरी ४५० घर बन्ने भएका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा ८५, जगदुल्ला गाउँपालिकामा ८५, मुड्केचुला गाउँपालिकामा १०० घर बन्ने छन् । त्यसैगरी ठूलीभेरी नगरपालिकामा १००, काइके गाउँपालिकामा ५० र शे फोक्सुण्डो गाउँपालिकामा ३० घर बन्ने छन् । दलित घर परिवार भएका छवटा स्थानीयतहमा मात्र घर निर्माण गरिने बताउँदै दलित बस्ती नभएका डोल्पो बुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा घर नबनाइने भौतिक पूर्वाधार कार्यालय डोल्पाले जनाएको छ । जनता आवास कार्यक्रम…

Read More

काठमाडौँ: वि.सं.२०७६ साल माघ ११ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– प्रतिपदा,५१ घडी ११ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–श्रवण,५२ घडी ३४ पला,रातको ०३ बजेर ५८ मिनेट उप्रान्त धनिष्ठा । योग– सिद्धि,४७ घडी ४९ पला,रातको ०२ बजेर ०३ मिनेट उप्रान्त व्यातिपात । करण– किंस्तुध्न,दिउसो ०२ बजेर ५२ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ३४ मिनेट उप्रान्त बालव । आनन्दादिमा– स्थिर योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर…

Read More

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी इमरान खान काठमार्डौंमा आमने सामने हुने सम्भावना देखिएको छ । काठमाडौं आयोजना हुन लागेको सगरमाथा संवाद फोरममा ती दुई देशका प्रधानमन्त्री एकैपटक सहभागी हुने अवसर जुट्ने सम्भावना देखिएको हो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो कार्यक्रमबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई विस्तृत जानकारी उपलब्ध गराउने आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता पठाइसकिएको बताएका छन् । यद्यपि, नयाँदिल्लीले त्यसको जवाफ फर्काइनसकेको बताए । यस कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि आमन्त्रित गरिएको छ। सरकारले सो फोरममा भाग लिन छिमेकी, दक्षिण एशियाली राष्ट्रहरु, बिमिस्टेक, ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय…

Read More

काठमाडौँ: नेपाल आयल निगमले विभिन्न २२ पदमा कर्मचारी माग गरेको छ । निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

Read More

काठमाडौँ: तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती…

Read More

काठमाडौँ:  अर्थमन्त्री डा युवराज खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साधारण शेयरको प्राथमिक निष्काशन हुनसक्ने बताए । उनले साधारण शेयर बिक्री हुन सक्नेतर्फ सङ्केत गरे पनि त्यससम्बन्धी प्रक्रियाका बारेमा हाल छलफल मात्रै भइरहेको उल्लेख गरे । राष्ट्रिय वाणिज्य बैंकको ५५ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले भने, “पूँजीका हिसाबले साधारण शेयर बिक्री गर्नुपर्ने अवस्था भने छैन तर कम्पनी ऐनअनुसार सबैलाई समान व्यवहार गर्नुपर्ने भएकाले वाणिज्य बैंक पनि त्यसमा आउनै पर्छ ।” उनले अन्य बैंक तथा वित्तीय संस्थालाई झै राष्ट्रिय वाणिज्य बैंकलाई पनि कम्पनी कानून र बैंक तथा वित्तीय संस्था ऐनमा भएको व्यवस्था लाग्ने स्पष्ट पारे । उनले भने,…

Read More

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले निर्यातजन्य वस्तुको उत्पादन गर्ने कम्पनी तथा व्यवसायीलाई सरकारले विशेष छुटहरु उपलब्ध गराउने बताउनुभएको छ । नेपाल समुन्द्रपार निकासी–पैठारी सङ्घको ४०औँ वार्षिक साधारणसभामा मन्त्री खतिवडाले मुलुकमा व्यापार घाटा न्यूनीकरणका लागि सेवा तथा वस्तु निर्यात गर्ने संस्थालाई विदेशी मुद्रामा सहुलियत पुर्नकर्जाको व्यवस्था र सुविधा दिने बताउनुभयो । भन्सार करका विषयलाई सरलीकरण गर्न छिट्टै बोर्ड गठन गरिने बताउँदै उहाँले मन्त्रिपरिषद्बाट बोर्ड गठनको विषय पारित भएको बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मोदीलाल दुगडले व्यवसायीको सहजताका लागि उद्योग दर्ता गर्ने सन्दर्भमा अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो । उहाँले उद्योगसँग सम्बन्धित सबै काम अनलाइनबाटै सेवा प्रवाह…

Read More

काठमाडौँ: आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन बनाइने भएको छ । भन्सार विभागले ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम प्रयोग गरिने बताउनुभयो । भन्सार सुधार तथा आधुनिकीकरण गर्न त्यससम्बन्धी नीति, कानून बनाउन प्रक्रिया अगाडि बडाइएको जानकारी दिँदै उहाँले व्यापार सहजीकरणमा खास नीतिको सरलीकरण, एकीकरण र व्यापार प्रक्रियामा सुधार भइरहेको बताउनुभयो । यही माघ १२ गते ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवस हो । व्यापार सहजीकरणका लागि भारत, चीन र बङ्गलादेशसँग द्विपक्षीय संयन्त्र क्रियाशील छन् । यस्ता संयन्त्रले सीमावर्ती भन्सारमा नीतिगत एकरुपता सहजीकरण, सूचना आदानप्रदान…

Read More

काठमाडौं: नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ । ‘बिरामीका नजिकको सम्पर्कमा आएको हुन…

Read More