Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: बिहीबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनबाट १८ जना सांसद चुनिएका छन्। राष्ट्रियसभा निर्वाचनमा प्रदेश दुईमा नेकपा– राजपा र काँग्रेस समाजवादीबीच तालमेल भएको थियो । भने अन्य प्रदेशमा विशेषत नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा भएको थियो । सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय तहका १ हजार ५ सय ६ जनामध्ये १ हजार ४ सय ९५ जनाले मतदान गरेका छन्। जसबाट सत्तारुढ दलका १६ र प्रतिपक्षी राजपाका दुई जना विजयी भएका छन् । यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने आज भएको राष्ट्रियसभा सदस्यकाको निर्वाचनमा यसअघि जितेका ७ र समाजवादीले…
काठमाडौं: राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको गठनबन्धनलाई पूर्ण सफलता मिलेको छ । नेकपा– राजपालाई क्रस भोटिङको भय थियो । प्रदेश २ मा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र समाजवादी दलबीचको तालमेलले नेकपा–राजपाका नेताहरु ढुक्क हुन सकेका थिएनन् ।उनीहरुको मुटुको धड्कन बढाउने गरी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र काँग्रेस उपसभापति विमलेन्द्र निधि आन्तरिक रणनीतिमा जुटेका थिए । यादवले त नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपा अध्यक्ष मण्डलका सदस्य तथा संसदीय दलका नेता महन्थ ठाकुरसँग गोप्य वार्तासमेत समेत गरेका थिए । यता निधिले प्रदेश दुई मा…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार ५०० घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बखरी मोरङ कार्यरत सशस्त्र प्रहरी जवान शशितनारायण विश्वास विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको इटहरीबाट गएको टोलीले विश्वासलाई घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । प्रहरी जवान विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । यस्तै राहत दरबन्दीमा शिक्षक राख्ने क्रममा परीक्षार्थीलाई सामाजिक सञ्जालको प्रयोग गरी प्रश्नपत्र र उत्तर कुन्जिका पठाएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पिपलचौतारा माध्यमिक विद्यालय डुंगेश्वर दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर…
काठमाडौँ: नेपालबाट अन्तरराष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको नेपालको निजी लगानीको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान शुरु गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा कम्पनीले आजैदेखि नियमित उडान शुरु गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । हिमालयले चोङकिङमा साताको तीन दिन उडान भर्नेछ । चोङकिङ चीनको एक मनोरम पर्यटकीय शहर हो । यो उडानले पर्यटक आवागमनमा टेवा पुग्ने कम्पनीले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इयोङ, पर्यटन सचिव केदारबहादुर अधिकारीले संयुक्त रूपमा उडान…
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकतापछिका सबै कमिटीका पार्टी सदस्यता विवरण अद्यावधिक गर्ने कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी विशेष निर्देशन (अन्तरपार्टी सर्कुलर ७) मा सो कामका लागि केन्द्रीय सङ्गठन विभागलाई अनुगमनको थप जिम्मेवारी समेत दिइएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ जेठ ३ मा एकता भई नेकपा गठन भएपछि पार्टीले पहिलो पटक सङ्गठन व्यवस्थापन र आचारसंहिताबारे लिखित निर्देशन जारी गरेको हो । निर्देशनमा पार्टीद्वारा प्रत्यक्ष सञ्चालित जनवर्गीय, सामुदायिक र अन्य सङ्गठनको अनुगमन, निरीक्षण र मूल्याङ्कन गरी सम्बन्धित सङ्गठन तथा तिनका पदाधिकारीलाई सुझाव…
कास्की: राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको छ । नेकपा प्रवक्ता रहनुभएका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गर्नुभएको छ । यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी हुुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गर्नुभयो । अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शङ्कर बरालले १९८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । आज बिहान १० बजेदेखी…
काठमाडौँ: सरकारले सुनकोशी–मरिन नदी पथान्तरण ९डाइभर्सन० आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरी स्रोतको समेत सुनिश्चित गरेको छ । मन्त्रिपरिषद्को यही माघ ६ गते बसेको बैठकले आयोजना अगाडि बढाउन स्वीकृति प्रदान गर्ने र स्रोत सुनिश्चित गरी शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सञ्चालन गर्ने गरी आवश्यक निर्णय भएको छ । आयोजनाका लागि आवश्यक पर्ने बजेटको समेत व्यवस्था गर्ने निर्णय भएको छ ।” ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत मङ्सिरमा नै सो आयोजनाका लागि स्रोत सुनिश्चित गरिदिन…
काठमाडौँ: साझा यातायातले निर्धारित समयमा बस सञ्चालन गर्न नसकेपछि सरकारले सेयरमार्फत दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेयरमार्फत साझा यातायातलाई दिने भनेको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको हो। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तोकिएको समयमा बस सेवा सञ्चालन गर्न नसकेपछि दिएको रकम ब्याजसहित फिर्ता गर्ने निर्णय गरेको बताए। सरकारले ०७६ को असार २८ र २९ निर्णय गरी साझा यातायातलाई तीन सय विद्युतीय बस खरिदका तीन अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। ‘सरकारले सेयरबापत लगानी गरेको तीन…
काठमाडौँ:: अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ पक्राउ परेका छन् । उनी बिहीबार पाेखराकाे लेकसाइडस्थित हाेटल प्याराडाइज इनबाट पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला अदालत कास्कीमा उजुरी दर्ता गराएका थिए । मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ । मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र गठीमा संलग्न रहेको भन्दै उनले फूलमाला लगाएर…
काठमाडौँ: राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै आज विशेष बुद्ध पूजा गरिएको छ । बुद्धवचन अनुवाद समिति र तमु बौद्ध सेवा समितिले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा विद्वान्बाट प्रज्ञापारमिताको पाठ गरिएको हो । बौद्ध गुरु टुल्कु धमछोयले विशेष पूजा गरी करिब ३०० बौद्ध अनुयायीलाई आयु अभिषेकको प्रवचनसमेत दिए । बौद्ध साहित्यको सूत्रपिटकअन्तर्गत पर्ने उक्त प्रज्ञापारमितामा शून्यताको दार्शनिक विषय समेटिएको छ । कुनै पनि व्यक्ति तथा वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन, अरु वस्तुमा निर्भर हुने गर्दछ भन्ने सन्देश यसमा दिइएको छ । शान्ति कायम गर्न क्रोध, मोहलाई न्यूनीकरण गरी अहिंसाको वातावरण बनाउन सकिने बौद्ध शिक्षामा उल्लेख गरिएको छ ।…