Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा : गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार मनाङेविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाउन सबैभन्दा पहिला पक्राउ गर्नुपर्ने भएकाले त्यसका लागि निवेदन दिइएको ‘अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङको नामबाट दायर भएको उजुरीका आधारमा हामीले मुद्दा प्रक्रिया अगाडि बढाएको छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी केसीले भने । अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध उजुरी दिएका छन् । पोखरामा जारी मुख्यमन्त्री कप ९फुटबल०…

Read More

चिप्लेढुङ्गा: पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण थापाले जितेको छ । ५.५ अङ्क प्राप्त गर्दै थापाले उपाधिसँगै नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर रहनुभएका थापाले २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोस्रो स्थान हासिल गर्नुभएको थियो भने हाल इलामको गजुरमुखी क्लबबाट चेस खेल्दै आएको छ । त्यसैगरी प्रतियोगितामा पाँच अङ्कसहित महेश्वर अधिकारी दोस्रो भए । उनले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । बुद्धिराज शर्माले ४.५ अङ्कसहित तेस्रो स्थान हासिल गर्दै रु १० हजार पाए । अनील कोइराला चार अङ्कसहित चौथो र विनोद नाल्मी चार…

Read More

सुरुङ्गा: तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई । हाल विर्तामोड नगरपालिका–२ मा रहेको चारपाने आफैँमा सानो बजार, त्यसमाथि २३ वर्ष अघि एक हजारको नोट नसाटिँदा विर्तामोडसम्म जानुपरेको बाध्यता बिर्सएको छैन उनले । “बैंकको पहुँचबाट टाढा रहेका चारपानेवासीलाई घरको गर्जाे टार्न पनि साहु महाजनकहाँ जानुपर्ने बाध्यता थियो”, गिरी सम्झनछन् “चर्काे ब्याजदरमा ऋण लिएर गर्जाे टार्ने धेरै जना देखेपछि सहकारी खोल्ने सोच आयो ।” वित्तीय संस्थामार्फत विपन्न समुदायको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने हेतुले नरनाथ गिरी र दुर्गा भण्डारी मिलेर चारपानेमा सहकारी खोल्ने निधो…

Read More

पोखरा: तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पर्याप्त जलाशयका कारण उक्त क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्छ । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दो छ । विगतमा निकै पाइने चराचुरुङ्गी वर्षेनी घट्दै जानु चासो र चिन्ताको विषय बनेको छ । विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट आउने हिउँदे चरा घट्दै गएको अनुसन्धानले देखाएको छ । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा अचेल…

Read More

जनकपुरधाम: प्रदेश नं २ सरकारले प्रदेशवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन आगामी पाँच वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गरी गरिबी दर झार्ने लक्ष्य निर्धारण गरेको छ । सरकारले सोका लागि उच्च मानव विकास पहिचान र समृद्ध मधेश समाज मूल सोचसहित सो अवधिभित्र विद्यमान ६.५३ प्रतिशत आर्थिक वृद्धिदरबाट ११ प्रतिशत परिमाणात्मक लक्ष्य हासिल गर्ने आवधिक योजना आधारपत्र तयार गरेको छ । सोहीअन्तर्गत प्रदेशको विद्यमान समग्र गरिबी दर २७.७ प्रतिशतबाट २१ प्रतिशतमा झार्ने रणनीति अवलम्बन गरिएको छ । आर्थिक सर्वेक्षण २०७५का अनुसार आर्थिक वर्ष ०७५÷७६ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन ४४४.४९ अर्ब देखाइएकालाई आधार मानी योजना अवधिको प्रत्येक वर्ष ०.५ प्रतिशत बिन्दुले…

Read More

काठमाडौँ: राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिएको छ । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेको देखिन्थ्यो । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हँुदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एक हजार ५०६ गरी…

Read More

बेनी: नेपाल भ्रमण वर्र्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेँसीगाउँमा पर्यटन महोत्सवसँगै अध्यक्ष कप खेलकूद प्रतियोगिता सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए । अन्नपूर्ण आधार शिविर, रुप्से झरना, अन्धगल्छी, बाजा बजाउने ढुङ्गा, खोप्रा, तातोपानीलगायत गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । गाउँपालिकाले पर्यटन विकासको लागि पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यलाई सँगसँगै अघि बढाएको अध्यक्ष पुनले जानकारी दिए । सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रचारप्रसार र सञ्चालनका…

Read More

बुहान(एजेन्सी) : चीनको बुहान शहरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तत्कालका लागि सार्वजनिक यातायात सेवामा प्रतिबन्ध लगाएको छ । एक करोड भन्दा बढी बासिन्दा रहेको यो शहरका मानिसलाई घर नछोड्न पनि सुझाव दिइएको छ । श्वासप्रश्वासको माध्यमबाट फैलिरहेको यो भाइरसको संक्रमण चीनका अन्य भागमा देखिएको छ भने अमेरिका लगायतका कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको पुष्टि भइसकेको छ । भाइरसका कारण ५०० जनामा यसको संक्रमण देखिएको र १७ जनाको मृत्यु भइसकेकाले यसले महामारीको रुप लिने भन्दै विभिन्न मुलुकमा सावधानीका उपाय अपनाउन थालिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा…

Read More

इनरुवा: प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव गरिने भएको छ । सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिक प्रदेश सरकार र केन्द्र सरकारले नेपाल भ्रमण वर्र्षमा लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो । भ्रमण वर्र्ष २०२० मा लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । गाउँपालिकाले आयोजना गर्ने पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले नौ दिने बृहत् कोशी पर्यटन महोत्सव आयोजना गर्न…

Read More

बैतडी: बैतडीका विभिन्न क्षेत्र न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन् । तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । साविकको जिल्ला कृषि विकास कार्यालयले तीन वर्र्ष अघि गरेको अध्ययन अनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा, ढुङ्गाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको छ । पछिल्ला तीन वर्र्षयता पनि खाद्यान्न उत्पादनमा सुधार नआएकाले ती क्षेत्र खाद्यान्न असुरक्षित रुपमा रहेको निमित्त प्रमुख चन्दले जानकारी दिए । पछिल्लो समयमा खडेरी, जङ्गली जनावरलगायतका कारणले बालीनालीमा क्षति पुगेपछि खाद्यान्न उत्पादन घटेको…

Read More