Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सप्तरी: इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो । पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ । आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।

Read More

बाँके: गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृश्यहरु । भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गए । गाउँ शहर बन्दै जाँदा फोहर व्यवस्थापन मुख्य चुनौती बन्यो । नेपालगञ्ज उपमहानगरपालिकाको क्षेत्र बढ्दै जाँदा मानव शौचालय तथा घरबाट निस्कने र गल्ने फोहर कुनै समय टाउको दुखाइ भएको थियो । तर अहिले ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि समस्या समाधान भएको छ । बजारबाट सङ्कलन हुने फोहरमा ७० प्रतिशत कुहिने हुन्छन् । कुहिने फोहर…

Read More

धादिङ: मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा मृत्यु तथा ३२ भन्दा बढी घाइते भएका थिए । बुधबार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमा सो सहमति भएको थियो । बैठकले सहमतिलाई पालन गराउन प्रभावकारी अनुगमन समेत गर्ने निर्णय समेत गरेकोे छ । सिटभन्दा बढी यात्रु चढाउने तथा मालबहाक सवारीले यात्रु चढाउने गरेमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारवाही गर्ने सहमति बैठकमा…

Read More

ललितपुर: राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् । यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन÷तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् ।

Read More

दमौली: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको १३औँ स्थापना दिवस तथा नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उहाँले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारी संस्था लाग्नुपर्छ भन्नुभयो । राजनीतिक परिवर्तनको आन्दोलन सकिएर मुलुक समृद्धिको बाटोतर्फ हिँडिरहेको चर्चा गर्दै मन्त्री अर्यालले भन्नुभयो,“अबको बाटो समाजवादोन्मुख हुनुपर्छ, समाजवादमा पुग्नका लागि आर्थिक क्रियाकलाप बढाउनुपर्छ ।” सहकारीलाई गुणात्मक विकास, सुशासन कायम गर्न नीति, कानून निर्माण गरिएको भन्दै उहाँले सहकारीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद केदार सिग्देलले राजनीतिक आन्दोलन सकिएकाले अबको आन्दोलन समृद्धिको हुनुपर्नेमा जोड दिनुभयो…

Read More

काठमाडौं: राष्ट्रिय सभाका एकतिहाई सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदैछ। सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने छन्। निर्वाचनमा पाँच सय ५० प्रदेशसभा सदस्य (सातै प्रदेश) र एक हजार पाँच सय ६ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी दुई हजार ५६ मतदाता छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हुनेछ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। ‘मतपत्र, निर्वाचन सामग्री, कर्मचारीलगायत सबै मतदान केन्द्र र मतदान स्थल पुगिसकेका छन्,’ प्रमुख आयुक्त थपलियाले भने, ‘ढुक्क भएर मताधिकार प्रयोग गर्न…

Read More

काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने-नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ। सूचीमा ७ लाख ५३ हजार अमेरिकी डलर बराबरका सामग्री, उपकरण र सवारीसाधन छन्। मिलेनियम च्यालेन्ज कम्याक्ट सम्झौता संसद्मा अनुमोदनका लागि दर्ता भएसँगै यो अनुदान सहायतालाई लिएर सत्तारुढ दल नेकपाभित्र तीव्र मतभेद छ। पार्टीभित्र रहेको मतभेदबीच सरकारले एमसीसीअन्तर्गतका परियोजनाका लागि आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ। सन् २०१७ सेप्टेम्बर २० मा भएको सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमा एमसीसीका आयोजनाका लागि आयात गरिने वस्तुलाई भन्सार छुट दिने…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताउनुभएको छ । सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन गरिने कार्यक्रमको आज सिंहदरबारमा सम्पन्न अर्धवार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले वार्षिक कार्यक्रममा रहेकामध्ये हालसम्म खर्च हुन नसकेको वा हुन नसक्ने अवस्थामा रहेका बजेट रकम फिर्ता गर्न निर्देशन दिनुभयो । त्यसरी बाँकी देखिएका रकम अन्य सेवा र कार्यक्रममा लगाउन सकिने बताउँदै उहाँले शुरुआत नै गर्न नसकिएका कामको बजेट कायम राखेर जाम गर्नु अनुचित हुने र त्यस्तो गर्ने निकाय वा विभागीय प्रमुखलाई विभागीय कारवाही गरिने स्पष्ट…

Read More

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । मछिन्द्रको जितमा रञ्जित धिमालले निर्णायक गोल गरे । उनले खेलको ५२औँ मिनेटमा करीब ३० यार्डबाट प्रहार गरेको फ्रि किकबाट उत्कृष्ट गोल गरेका थिए । जितसँगै मछिन्द्रले आठ खेलमा १६ अङ्क जोड्दै शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँग अङ्क बराबरी गरेको छ । अङ्क तालिकामा मछिन्द्र गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै पराजित पुलिसको आठ खेलमा ११ अङ्क छ । पुलिस अङ्क…

Read More

सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन । पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि अहिले कम विद्युत् सामथ्र्यका कारण समस्या आएको टेलिकमले भन्दै आएको छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि शाखा कार्यालयले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् । इन्टरनेट सेवा नहुँदा जिल्लाको वस्तुस्थितिबारे केन्द्रमा पठाउन नसकिएको र इन्टरनेट अभावले जनमानसको समस्या समाधान गर्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताउनुभयो । टेलिकमले एडिएसएल र नमस्ते टेलिफोन सेवा मर्मत गर्न आलटाल…

Read More