Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 29
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » राष्ट्रिय सभा सदस्य निर्वाचन : मतदान आज

    राष्ट्रिय सभा सदस्य निर्वाचन : मतदान आज

    पहिलोक्लिकपहिलोक्लिकJanuary 23, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: राष्ट्रिय सभाका एकतिहाई सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदैछ।

    सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने छन्। निर्वाचनमा पाँच सय ५० प्रदेशसभा सदस्य (सातै प्रदेश) र एक हजार पाँच सय ६ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी दुई हजार ५६ मतदाता छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हुनेछ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। ‘मतपत्र, निर्वाचन सामग्री, कर्मचारीलगायत सबै मतदान केन्द्र र मतदान स्थल पुगिसकेका छन्,’ प्रमुख आयुक्त थपलियाले भने, ‘ढुक्क भएर मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गर्छु।’

    आयोगले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन सम्पन्न गराउन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैलाई आग्रह गरेको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा मोरङको विराटनगर, प्रदेश २ मा धनुषाको जनकपुर, बागमती प्रदेशको ललितपुरको जाउलाखेल, गण्डकी प्रदेशको कास्कीको पोखरा, प्रदेश ५ को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। निर्वाचन कार्यतालिका अनुसार बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने र मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि गणना सुरु गरिनेछ।

    निर्वाचनमा प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्को मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्को मसीले विवरण र निर्वाचन चिह्न उल्लेख गरी ६ हजार दुई सय ६० थान मतपत्र छपाई निर्वाचन हुने समूह र मतदाताको आधारमा मतदान केन्द्रमा पठाइएको आयोगले जनाएको छ।

    राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ जना बहुमतीय प्रणालीबाट चयन हुने आयोगले जनाएको छ। १८ सिटका लागि विभिन्न दलका गरी ४५ जना उम्मेदवार छन्।

    एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्। निर्वाचन हुने १८ पदमध्ये महिला समूहबाट सात, दलितबाट दुई, अपांग र अल्पसंख्यकबाट दुई र खुलातर्फ सातजना छन्। जसमध्ये प्रदेश १ बाट महिला, दलित र अन्य समूह गरी तीन, प्रदेश २ बाट महिला, दलित र अपांगता वा अल्पसंख्यक भएका र अन्य समूह गरी चार जना, बागमती प्रदेशबाट महिला र अन्य समूह गरी दुई, गण्डकी प्रदेशबाट महिला र अन्य समूह गरी दुई, प्रदेश ५ बाट महिला, अपांगता वा अल्पसंख्यक भएका समुदाय र अन्य गरी तीन, कर्णाली प्रदेशबाट महिला र अन्य समूह गरी दुई र सुुदूरपश्चिम प्रदेशबाट महिला र अन्य समूह गरी दुईजना निवार्चित हुने छन्।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.