Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:  नेपाल निर्माण व्यवसायी महासङ्घले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ । महासङ्घका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले आज गृहमन्त्री थापासमक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो । जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायीका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिनुभएको महासङ्घका प्रवक्ता टङ्कप्रसाद चौलागार्इँले जानकारी दिनुभयो । मन्त्री थापाले अज्ञात समूहका आपराधिक गतिविधि धेरै नियन्त्रणमा आइसकेको उल्लेख गर्नुहुँदै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने प्रतिबद्धता जनाउनुभयो । जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी उहाँले दिनुभएको प्रवक्ता…

Read More

काठमाडौँ: नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकमा रहेका नागरिकको अधिकारलाई बन्देज गर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन र गैर सरकारी संस्था महासङ्घले आज आयोजना गरेको अन्तरक्रियामा उहाँले नेपालका राजनीतिक परिर्वतनमा नागरिकको सक्रिय भूमिका रहेको हुँदा नागरिककै अधिकार कटौती गर्ने विधयेक मान्य नभएको बताउनुभयो । उक्त विधेयकको कतिपय प्रावधानले नागरिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने व्यवस्था संशोधन गर्नुपर्ने र संशोधन नगरे महासङ्घ पछि नहट्ने उहाँको भनाइ थियो । नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकारले विधेयक ल्याउँदा सम्बन्धित सरोकारवालासँग संवाद र सहकार्य गरेर मात्रै ल्याउनुपर्नेमा जोड दिनुभयो । कानून आवश्यक भएको…

Read More

काठमाडौं: धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार मृतकको अझै हुन सकेको छैन । दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको एसपी रेग्मीले पहिलोक्लिकलाई जानकारी दिए। अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ । धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो । मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका-२…

Read More

काभ्रेपलाञ्चोक: सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रियाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) अन्तिम चरणमा पुगेको छ । दुई परामर्शदाता कम्पनीले उक्त प्रतिवेदन विद्युत् विकास विभागलाई एक हप्ताभित्र बुझाउनेछन् । सुनकोशी–तेस्रोको टिओआर एक नेपाली र एक चिनियाँ परामर्शदाताले अन्तिम चरणमा पु¥याएको विभागका इन्जिनीयर सुवास थपलियाले बताउनुभयो । उहाँका अनुसार परामर्शदाताले उक्त टिओआर विभागलाई एक हप्ताभित्र बुझाउने समयसीमा रहेको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयसमेत उल्लेख हुने थपलियाले बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय…

Read More

पोखरा: गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ पेश भएको छ । सभामा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त विधेयक प्रस्तुत गरेको हो । आजको विशेष समयमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले १३औंँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतका भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । पोखरामा सागअन्तर्गत आठ वटा खेल सम्पन्न भएको उल्लेख गर्दै उनले निर्माण गर्नुपर्ने बाँकी कामलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले निर्मित संरचनाको संरक्षण र उपयोग हुनुपर्ने आवश्यकता औंल्याए । अर्का सदस्य मीना गुरुङले स्वास्थ्य…

Read More

चिप्लेढुङ्गा: सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक कार्यालयले ट्राफिक कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पछिल्लो छ महिनाको तथ्याङ्कमा सवारी दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या गत वर्षको भन्दा दोब्बर बढी देखिएको छ । आर्थिक वर्ष २०७६÷७७ को को पछिल्लो छ महिनामा ६५ सवारी दुर्घटनाबाट २७ ले ज्यान गुमाइसकेका छन् । पचास जना गम्भीर र २७ सामान्य घाइते भएका छन् । आव २०७५÷७६ को साउनदेखि पुससम्मको तथ्याङ्कमा ४२ सवारी दुर्घटनामा ११ ले ज्यान गुमाएका थिए भने ३५ गम्भीर र १२ साधारण घाइते भएको तथ्याङ्क छ । राजश्व सङ्कलनमा भने आव २०७५÷७६ को भन्दा २०७६ ÷७७…

Read More

नेपालगञ्ज: बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यसवर्ष ती घटनामा कमी आएको हो । जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुबै तर्पmबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो । खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने र नेपालबाट गाँजा र चरेस लगायतको लागुऔषध भारतमा जाने गरेको जनाइएको छ । विशेषतः सीमा…

Read More

काठमाडौँ: धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४.४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो । कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.६७, व्यापार…

Read More

गाईघाट: आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित गर्ने उद्देश्यले प्रदेश नम्बर १ सरकारले उदयपुरमा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम गाइघाटस्थित बोक्सेमा स्थापित कार्यालयको प्रदेशका सभासद अम्बिका थापा, विमल कार्की र हिमाल कार्कीले संयुक्त रुपमा शुभारम्भ गरे । कार्यालय स्थापनासँगै जिल्लामा प्रदेशअन्तर्गत तथा माताहातमा रहेका सबै सरकारी कार्यालयको लेखा सञ्चालन हुने छ । शाखा अधिकृत जीवनराज भण्डारीको नेतृत्वमा छ जना कर्मचारी कार्यालयमा कार्यरत रहेका लेखा अधिकृत गुरुप्रसाद दाहालले जानकारी दिए ।

Read More

डोटी: प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी छ । प्रहरीले गोठ भए नभएको अवस्थाका बारेमा अनुगमनसमेत गरिरहेको…

Read More