Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : सरकारले अतिक्रमित गुठी, सरकारी र सार्वजनिक जग्गा सम्बन्धि गठित जाँचबुझ आयोगको प्रतिवेदन स्विकार्दै कार्यान्वयनका लागि सम्बन्धित निकायलाई लेखि पठाउने निर्णय गरेको छ । सरकारले यो जाँचबुझ आयोग २०७६ जेठ ८ गते गठन गरेको थियो । आयोगको प्रतिवेदन उल्लेखित गुठी जग्गा गुठीकै नाममा कायम गर्ने विषयमा आवश्यक कारबाही गर्नका लागि गुठी संस्थान ऐन २०३३ को दफा ५२ बमोजिम गुठी संस्थानलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाल्े जानकारी दिएका छन । त्यस्तै प्रतिवेदन सिफारीस गरेबमोजिम विभिन्न जिल्लाका जग्गा रोक्का राखी व्यक्ति विशेषका नामबाट बदर गरी नेपाल सरकारको नाममा कायम गर्न आवश्यक कारबाही अघि बढाउने निर्णय गरेको पनि…

Read More

वीरगञ्ज: नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन्तामा परेको छ । पाँच वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आउनुभएका महतो माग अत्यधिक भए पनि मूर्ति बनाउने माटोको अभावले यसपालि धेरै मूर्ति बनाउन नसकिने भएकाले व्यापार घट्ने चिन्तामा परेको हो । पर्याप्त माटो नहुँदा मागअनुसार मूर्ति बनाउन नसकिएको हो । महतोले रासससँग भन्नुभयो, “एक त माटो पाइँदैन, अर्कोतिर माटो पाए पनि जग्गाधनीले प्रतिट्र्याक्टर करिब ६०० का दरले रकम लिएकाले यसपालि थोरै मूर्ति बनाइएको हो ।” विगत वर्षमा यो मौसममा मूर्ति बनाएरै लाखौँ रुपैयाँ आम्दानी…

Read More

गलकोट: नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकलाई बागलुङ्मा आकर्षण गर्न पोखराको लेकसाइटमा आज आयोजना गरिएका सरोकारवालासँग सहकार्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधि सदस्यसमेत रहेका उनले बागलुङमा धेरै पयटकीय गन्तव्य भए पनि आवश्यक लगानीकर्ताको अभावमा पर्यटन विकासको वातावरण नबनेकाले निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए । “पर्यटनमैत्री होटल तथा व्यवसाय बनाउनका लागि बागलुङका पर्यटन व्यवसायी इच्छुक छन्”, पौडेलले भने, “बागलुङमा पर्यटकीय गतिविधि बढाउन पोखराका पर्यटन व्यवसायीले सहयोग गर्नुहोस ।” बागलुङ पर्यटन विकास समिति…

Read More

दुल्लु: गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका जिल्लाकै बढी ११२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए । त्यसैगरी भैरवी गाउँपालिकामा ५८, दुल्लु नगरपालिकामा १३, गुराँस गाउँपालिकामा तीन, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० र अन्य स्थानीय तहमा गरी २४१ छाउ गोठ भत्काइएको उनले जानकारी दिए । जिल्लामा सामाजिक कु–संस्कारका रूपमा…

Read More

बलेवा: बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम शुरु भएको छ । पुललाई आवश्यक २४ वटा लठ्ठा तानिसकेपछि त्यसमाथि स्टिलको फ्ल्याक बिछ्याउन थालेको निर्माण कम्पनी थानी÷बिएलटी÷हिमशिखर कन्स्ट्रक्शनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । करिब ६५ मिटर लठ्ठामा फ्याल जडानको काम सकिएको छ । “फागुनभित्र फिटिङको काम सकिन्छ”, उनले भने । कालीगण्डकी नदीमाथि बन्दै गरेको १३० मिटर अग्लो पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि नेपालमै पहिलोपटक नमूना परियोजनाको रुपमा…

Read More

काठमाडौं : राष्ट्रियसभा सदस्य पदका लागि भइरहेको निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै अपराह्न ४ बजे मतदान सकिएपछि आज बिहीवारै मतगणना हुने जनाएका छन् । निर्वाचनअन्तर्गत बिहान १० बजेदेखि मतदान भइरहेको छ । मतदानमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष सहभागी भइरहेका छन् । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको डोटीमा मतदान भइरहेको छ । ‘आज नै मतगणनाको कार्य प्रारम्भ गर्न मतगणना सम्बन्धी निर्देशिकासहित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन…

Read More

काठमाडौँ: सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा पु¥याउने उद्देश्यले सरकारले शुरु गरेको अभियान लक्ष्यको नजिक पुगेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । स्थानीय तहमा नै बैंक तथा वित्तीय संस्थाको शाखा खुलेपछि लामो समय लगाएर सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्यसमेत भएको छ । केन्द्रीय बैंकका अनुसार कूल ७५३ स्थानीय तहमध्ये अब १० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बाँकी रहेका स्थानीय तहमा पनि वाणिज्य बैंक शाखा खोल्न तयार भए पनि सुरक्षा, सूचना प्रविधिको पहुँच तथा उपयुक्त घरको…

Read More

बागलुङ: जिल्लाका चार सहकारी एकापसमा गाभिएका छन् । कालिका, हाम्रो धौलागिरि बचत तथा ऋण, जनता सञ्चार र आदर्श नमूना बचत तथा ऋण सहकारी संस्था गाभिएका हुन् । एकीकरणपछि सहकारीको नाम कालिका सहकारी संस्था लिमिटेड राखिएको छ । एकीकृत पूँजीको विकास, दोहोरो सदस्यता अन्त्य र सहकारीको गुणस्तर बढाउने उद्देश्यसहित सहकारी एकीकरण गरिएको हो । एकीकृत सहकारी संस्थाको अध्यक्षमा हिमालप्रसाद शर्मा चयन भएको छ । सहकारी सङ्घसंस्था एकीकरण कार्यविधि–२०७०, सहकारी ऐन र नियमावलीको व्यवस्थामा टेकेर सहकारी एकीकरण गरिएको अध्यक्ष शर्माले बताए । “आउँदो शनिबार हुने साधारणसभाबाट एकीकरणलाई अनुमोदन गरेर अगाडि बढ्छौँ”, उनले भने । एकीकरणपछि सहकारीको कूल शेयर पूँजी…

Read More

काठमाडौं: गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् । दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन् । तर, पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि दर्शना सम्पर्कविहीन भएकी छन् । ‘कात्तिकको पहिलो सातातिर जानुभएको हो । सुरुमा सम्पर्कमै हुनुहुन्थ्यो । पुसयता सम्पर्क भएको छैन, ’ मेयर शाहीले भने । उपमेयर दर्शनाले म्यासेन्जरबाट भएको कलमा आफू बिरामी भएकोले फर्किन ढिलो भएको बताएको मेयर शाहीले बताए । उनले भने, ‘म्यासेन्जरमा कुरा भएको थियो…

Read More

पोखरा : गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार मनाङेविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाउन सबैभन्दा पहिला पक्राउ गर्नुपर्ने भएकाले त्यसका लागि निवेदन दिइएको ‘अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङको नामबाट दायर भएको उजुरीका आधारमा हामीले मुद्दा प्रक्रिया अगाडि बढाएको छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी केसीले भने । अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध उजुरी दिएका छन् । पोखरामा जारी मुख्यमन्त्री कप ९फुटबल०…

Read More