Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचन आयोगका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि आजै साँझसम्म पुगिसक्नेछ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश ः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हँुदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई…

Read More

काठमाडौँ: मङ्गलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.०५ अङ्कले घटेर एक हजार ३१३.४२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१३ अङ्कले घटेर २८२.३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्ब नाघेको छ । आज कूल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता शेयर रु एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिदबिक्री भयो । कारोवार भएका कुल १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मात्र बढेको छ । सो उपसमूहको शेयर १६२.७४…

Read More

काठमाडौं: उखु किसानको रकम भुक्तानी नगरेसम्म अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकलाई पत्रचार गरेको छ । साथै उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई भनिएको छ । सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले मन्त्रालयसामू उखु किसानको बक्यौता दिने बाचा गरेको थिए । तर माघ ७ को भाका कटेपछि मन्त्रालयले अग्रवालको खाता रोक्का गर्न पत्रचार गरेको हो । मन्त्रालयले अन्नपूर्ण चिनी मिललाई नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको छ ।

Read More

कास्की: राष्ट्रियसभा सदस्य निर्वाचन– २०७६ का लागि गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा भोलि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान समय तोकिएको र निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा प्रबन्धलगायतका सम्पूर्ण तयारी सकिएको कार्यालयका प्रमुख महेन्द्र सुवेदीले बताए । निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको र प्रत्येक केन्द्रमा नौ जनाका दरले १८ कर्मचारी परिचालन गरिएको उनले जानकारी दिए । त्यसैगरी आवश्यक मात्रामा सुरक्षाकर्मीसमेत आजबाट नै परिचालन गरिएको बताइन्छ । “निर्वाचनलाई शान्तिपूर्ण र कुनै पनि बाधा अड्चन बिना सम्पन्न गर्नका लागि सबै तयारी सकिएको छ । समयै मदान शुरु गरेर भोलि…

Read More

कञ्चनपुर: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको बेथिति दुई महिनामै पहिचान गरिएको बताएको छ । शुक्लाफाँटा नगरपालिका–४ असंैना स्वास्थ्यचौकीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन भने । पिपलाडी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै उनले सरकारबाट औजार, भवन, चिकित्सक, औषधिलगायत के कुरा चाहिएको हो, ठोस प्रस्ताव लिएर आउनु होस्, त्यो पूरा गर्न आफू तयार रहेको छु भने । कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएका ढकालले नयाँ संविधान बनेपछिको निर्वाचित सरकारले २४२ नयाँ कानून बनाएको बताउँदै महिलाका लागि अंशवंशको कानून बनाइएको र त्यसलाई व्यवस्थित गरिने, दलित समुदायका…

Read More

काठमाडौँ: आतङ्कवादी गतिविधिमा संलग्न भएको आरोपमा भारतको कानपुरमा गिरफ्तार गरिएका डा. जलीस अन्सारीको बयानका आधारमा भारतीय प्रहरीले नेपालतर्फ निगरानी बढाउन थालेको छ । जलीस भारतबाट भागेर नेपालतर्फ जान लागेको भारतीय अधिकारीहरुको भनाइ छ । गिरफ्तार गरिएका जलीसको सम्बन्ध नेपालमा रहेको र उनी नेपालमा पाकिस्तानी गुप्तचर संगठन ‘आईएसआई’लाई मजबुत बनाउने भूमिकामा सक्रिय रहेको भारतीय प्रहरीको निष्कर्ष छ । शृङ्खलाबद्ध विस्फोटमा दोषी ठहर भई अजमेर जेलमा आजीवन कारावासको सजाय भोग्दै आएका उनी जेलबाट दैनिक हाजिरीको शर्तमा केही दिनका लागि रिहा भएका थिए । कैदीले पाउने ‘पेरोल’ सुविधा प्रयोग गर्दै रिहा भएका उनी रिहाइको शर्त उल्लंघन गर्दै फरार भएपछि भारतीय प्रहरीले खोजी…

Read More

चितवन: बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा भव्यरुपमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा स्वागत गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेका हुन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो । विमानस्थल बाहिर महानगरपालिकाले राजकुमारी एस्ट्रिडलाई पञ्चैबाजाका साथ स्वागत गरेको थियो । राजकुमारीको स्वागतमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा पनि सहभागी भएका थिए । राजकुमारी एस्ट्रिडलाई महानगरपालिका प्रमुख दाहालले महानगरको बारेमा जानकारी…

Read More

कञ्चनपुर: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राष्ट्रिय आयोजना सरकारको प्राथमिकतामा रहेका बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको बताएको हो । उनले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल समयमै सक्ने गरी काम भइरहेको जानकारी गराए । पुल निर्माण भयो भने त्रिदेशीय सम्बन्ध सुमधुर हुने उनको भनाइ छ । जिल्लामा १६ तराई–मधेश पूर्वाधार सडक निर्माण भइरहेका उनले बताए । “सबै गाउँपालिका तथा नगरपालिकालाई सडक सञ्जालसँग जोड्न सडक निर्माण भइरहेका छन्”, उनले भने, “सडकको काम राम्रोसँग अगाडि बढेको छ, समयमै निर्माण सम्पन्न हुन्छ…

Read More

दमौली: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने जो कसैलाई पनि कारवाही गरिने बताए । जमिनको अतिक्रमण व्यापकरुपमा बढिरहेकाले अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारले प्रयत्न गरिरहेको मन्त्री अर्यालले बताए । “जमिनको अतिक्रमण रोक्न सरकार तीव्ररुपमा लागिपरेको छ, जमिन अतिक्रमण गर्ने जो सुकै भए पनि कारवाहीको दायरामा ल्याउँछौँ”, उनले भने, “अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार लागेको छ ।” उनले दूषित दर्तालाई बदर गर्ने अभियानमा सरकार अगाडि…

Read More

चौतारा: बाढीपहिराबाट क्षतिग्रस्त भई बन्द रहेको ६.५ मेगावाट क्षमताको सिन्धुपाल्चोकको चाकुखोला साना जलविद्युत् आयोजनामा मङ्गलबारदेखि पुनः उत्पादन शुरु भएको छ । हेडवक्र्स तयार हुन करिब चार महिना समय लाग्ने भएकाले अस्थायीरूपमा पानी ‘डाइभर्ट’ गरी उत्पादित विद्युत्लाई लामोसाधु सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिएको आयोजनाका मेनेजर शोभाकान्त हमालले बताए । निजी क्षेत्रको लाफिङ बुद्ध प्रालिद्वारा भोटेकोशी गाउँपालिका वडा नं ४ र ५ को बिचमापर्ने चाकुखोलामा निर्मित तीन आयोजना गत असार २१ गते राति आएको बाढी र पहिराले क्षतिग्रस्त भई बन्द भएका थिए । त्यति बेलासँगै रहेको शिवश्री हाइड्रोपावरको निर्माणाधीन आयोजनालाईसमेत क्षति पुगेको र दुई कामदारलाई बगाउनुका साथै दुई घाइते भएका थिए…

Read More