Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

विराटनगर । संघीय सरकारको खानेपानी मन्त्रालयले सातै प्रदेश र देशैभरिका स्थानीय तहहरु संग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान ) निर्माण गर्ने र उक्त योजना कार्यान्वयन गर्ने भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रममा देशै भरिको वास प्लान बनाउने तयारी भएको जानकारी गराइयो । कार्यक्रममा प्रदेश १ सरकारका मुख्य मन्त्री शेरधन राईले संविधानमा उल्लेखित खानेपानी र सरसफाइमा जनताको पहुँच पु-याउने मौलिक हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले दीगो विकास लक्ष्य हासिल गर्ने दिशा तर्फ प्रदेश सरकार अघि बढिरहेको…

Read More

काठमाडौं:स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मङ्गलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा बौद्घिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटिओको नियम कानुन अन्तरगत रही आफना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताउँदै भने…

Read More

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीका अनुसार ६ जनाको मृत्यु भएको हो। केहीको घटनास्थलमै मृत्यु भएको र केहीको उपचारको क्रममा जिल्ला अस्पताल धादिङ मृत्यु भएको अस्पतालका अध्यक्ष अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए। ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो। ट्रकमा ४५ जना यात्रु…

Read More

काठमाडौँ: मंगलबार विराटनगरमा निर्माण भएको एकीकृत भन्सार चौकी (आईसीपी) भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको कार्यक्रम बनाइरहेको बताए। उनले भने, ‘यसै वर्ष नेपाल भ्रमण गर्ने कार्यक्रम बनाएको छ। नेपाली जनताको दर्शन गर्ने अवसर फेरि पाउनेछु।’ उनले सम्बोधनको सुरुवात र अन्त्य भने नेपाली भाषामा गरेका थिए। मन्तव्यको अन्तिममा उनले भने, ‘अन्तमा तपाईहरु सबैलाई धेरै शुभकामना दिन्छु, फेरि भेट होला, नमस्कार।’ उनले नेपालको भूकम्पपछिको पुनर्निमाणमा नेपालसँग हातमा हात मलिाएर अगाडि बढेको बताए। यसअधि सम्बोधन गर्ने क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। मोदी दोस्रोपटक प्रधानमन्त्री निर्वाचित…

Read More

काठमाडौँ:  नेपाल निर्माण व्यवसायी महासङ्घले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ । महासङ्घका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले आज गृहमन्त्री थापासमक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको हो । जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायीका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिनुभएको महासङ्घका प्रवक्ता टङ्कप्रसाद चौलागार्इँले जानकारी दिनुभयो । मन्त्री थापाले अज्ञात समूहका आपराधिक गतिविधि धेरै नियन्त्रणमा आइसकेको उल्लेख गर्नुहुँदै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने प्रतिबद्धता जनाउनुभयो । जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी उहाँले दिनुभएको प्रवक्ता…

Read More

काठमाडौँ: नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकमा रहेका नागरिकको अधिकारलाई बन्देज गर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन र गैर सरकारी संस्था महासङ्घले आज आयोजना गरेको अन्तरक्रियामा उहाँले नेपालका राजनीतिक परिर्वतनमा नागरिकको सक्रिय भूमिका रहेको हुँदा नागरिककै अधिकार कटौती गर्ने विधयेक मान्य नभएको बताउनुभयो । उक्त विधेयकको कतिपय प्रावधानले नागरिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने व्यवस्था संशोधन गर्नुपर्ने र संशोधन नगरे महासङ्घ पछि नहट्ने उहाँको भनाइ थियो । नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकारले विधेयक ल्याउँदा सम्बन्धित सरोकारवालासँग संवाद र सहकार्य गरेर मात्रै ल्याउनुपर्नेमा जोड दिनुभयो । कानून आवश्यक भएको…

Read More

काठमाडौं: धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार मृतकको अझै हुन सकेको छैन । दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको एसपी रेग्मीले पहिलोक्लिकलाई जानकारी दिए। अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ । धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो । मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका-२…

Read More

काभ्रेपलाञ्चोक: सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रियाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) अन्तिम चरणमा पुगेको छ । दुई परामर्शदाता कम्पनीले उक्त प्रतिवेदन विद्युत् विकास विभागलाई एक हप्ताभित्र बुझाउनेछन् । सुनकोशी–तेस्रोको टिओआर एक नेपाली र एक चिनियाँ परामर्शदाताले अन्तिम चरणमा पु¥याएको विभागका इन्जिनीयर सुवास थपलियाले बताउनुभयो । उहाँका अनुसार परामर्शदाताले उक्त टिओआर विभागलाई एक हप्ताभित्र बुझाउने समयसीमा रहेको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरिवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयसमेत उल्लेख हुने थपलियाले बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय…

Read More

पोखरा: गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ पेश भएको छ । सभामा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त विधेयक प्रस्तुत गरेको हो । आजको विशेष समयमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले १३औंँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतका भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । पोखरामा सागअन्तर्गत आठ वटा खेल सम्पन्न भएको उल्लेख गर्दै उनले निर्माण गर्नुपर्ने बाँकी कामलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले निर्मित संरचनाको संरक्षण र उपयोग हुनुपर्ने आवश्यकता औंल्याए । अर्का सदस्य मीना गुरुङले स्वास्थ्य…

Read More

चिप्लेढुङ्गा: सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक कार्यालयले ट्राफिक कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पछिल्लो छ महिनाको तथ्याङ्कमा सवारी दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या गत वर्षको भन्दा दोब्बर बढी देखिएको छ । आर्थिक वर्ष २०७६÷७७ को को पछिल्लो छ महिनामा ६५ सवारी दुर्घटनाबाट २७ ले ज्यान गुमाइसकेका छन् । पचास जना गम्भीर र २७ सामान्य घाइते भएका छन् । आव २०७५÷७६ को साउनदेखि पुससम्मको तथ्याङ्कमा ४२ सवारी दुर्घटनामा ११ ले ज्यान गुमाएका थिए भने ३५ गम्भीर र १२ साधारण घाइते भएको तथ्याङ्क छ । राजश्व सङ्कलनमा भने आव २०७५÷७६ को भन्दा २०७६ ÷७७…

Read More