Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एव्म राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको काउण्टरको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गरेका थिए । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा…

Read More

काठमाडौं: ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पावर चाइना र नेपालको जलविद्युत लगानी तथा विकास कम्पनीसँग लगानी बोर्डले समझदारी (एमओयू) गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार अबको २४ महिनामा कम्पनीले परियोजनाको विस्तृत सम्भाब्यता अध्ययन सकाउनुपर्ने छ । गत असोज अन्तिम साता चिनियाँ राष्ट्रपति सी जीनफिङ नेपाल भ्रमणमा रहेको समयमा नै लगानी बोर्डले जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडसँग जेभी रहेको चिनियाँ कम्पनीलाई आयोजना जिम्मा लगाएको थियो । बोर्डबाट पत्र प्राप्त भएलगत्तै पावर चाइनाले नेपालको जलविद्युत लगानी तथा विकास कम्पनीसँग आयोजना कार्यान्यवन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो…

Read More

काठमाडौं: काठमाडौं उपत्यका भित्र संचालित पेट्रोल पम्पहरुलाई ट्राफिक व्यवस्थापनमा बाधा पुगेको भन्दै १८ वटा पेट्रोल पम्प हटाउन निर्देशन दिएको छ। मुख्य सवारी आवगमन हुने सडक किनारा तथा घना वस्तीमा रहेको पम्पहरु मापदण्ड विपरीत भएकाले हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ट्राफिक प्रहरी महाशाखा र आयल निगमलाई पत्राचार गरेको हो । तत्काल पम्पहरु हटाउन आवश्यक तयारी गर्न नेपाल आयल निगमलाई भनिएको छ भने सहजीकरण गर्न ट्राफिक प्रहरी महाशाखालाई कार्यालयले पत्राचार गरिएको छ । कुन कुन पम्प हट्दैछन् ? काठमाडौंका १२ र ललितपुरका ६ वटा पम्पहरु हट्नु पर्ने मन्त्रिपरिषद् कार्यालयले औंल्याएको छ । काठमाडौंको कंलकी, कोटेश्वर, महाराजगञ्ज, बौद्ध,…

Read More

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार अपराहृन बसेको नेकपा सचिवालयको बैठकले सो निर्णय गरेको हो । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । यसैबारे जानकारी दिन नेकपाले सोमबार बिहान संसदीय दलको बैठक बोलाएको छ । सभामुखका उम्मेदवार अग्नि सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् । सापकोटासँग १५ वर्षको शिक्षण अनुभव र शिक्षक…

Read More

काठमाडौँ: कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ। बैंकले आगामी ७ वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशनको अन्तिम तयारीमा रहेको आइतबार जानकारी दिएको हो। कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिने उद्देश्यले स्थापना भएको कृषि विकास बैंक ५३औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित एक कार्यक्रममा उक्त जानकारी गराएको हो। त्यस्तै, बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिब एक हजार होमस्टे आबद्ध भएको होमस्टे एसोसिएसनसँग सम्झौता गरी उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने…

Read More

खस्यौली: प्रदेश नं ५, प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि बुटवलमा शुरु भएको छ । सो अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन भएको राजधानी तथा नामकरणसम्बन्धी उपसमितिले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरेर स्थायी राजधानी र नामकरणको विषय टुङ्गोमा पुग्ने उल्लेख गरे । उनले विगतमा प्रदेशसभामा भएका अनेकौंँ विषय छलफलबाट नै समाधान भएको स्मरण गर्दै प्रदेशसभामा देखिने जुनसुकै विषय पनि छलफलबाट टुङ्गो लाग्ने विश्वास लिएको छु भने । विपक्षी दल नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले जनमतको कदर गर्नका लागि पनि हिउँदे अधिवेशनले स्थायी राजधानी र नामकरणको विषय टुङ्गो लगाउने विश्वास व्यक्त गरे ।…

Read More

काठमाडौँ: संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा स्थापित गरिए पनि यसको सुनिश्चितताका लागि ऐन बनाउन ढिलाइ हुँदा जनता आधारभूत आवश्यकताबाट वञ्चित भएकामा सांसदले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी विधेयकमाथिको छलफलका क्रममा सांसद खगराज अधिकारीले मानिस बाँच्न अक्सिजनपछि चाहिने पानी मौलिक हकमा सुनिश्चित भए पनि कानून ल्याउन ढिलाइ गर्नु सत्ता र प्रतिपक्ष दुवैको कमजोरी भएको बताए । तातो चिसो पानीको विषय सक्नेले गरे पनि आधारभूतरुपमा आवश्यक पर्ने स्वच्छ पानीको व्यवस्था गराउने दायित्व सरकारकै हुने उनको भनाइ थियो । सांसद रामबहादुर विष्टले काठमाडौँमा शुल्क तिरेर पनि पानी नपाइने गरेकाले कानूनमा शहरी क्षेत्रमा शुल्कसहित पानी…

Read More

डडेल्धुरा: अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहानदेखि पहिराका कारण अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्काभेटरको सहायतामा अवरुद्ध बनेको राजमार्गको पहिरो सफा गरेर यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । आज बिहानदेखि नै पहिराका कारण दशरथचन्द राजमार्गमा अवरुद्ध भएको थियो । सडकमा पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्गमा यातायात सेवा अवरुद्ध वनेको थियो । पहिरो हटाइएपछि बैतडी, बझाङ र दार्चुलाबाट आउने तथा जाने सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Read More

काठमाडौँ: धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३.४३ विन्दुले वृद्धि भई एक हजार ३४३.६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २.५५ वृद्धि देखिएको हो । यस्तै सेन्सेटिभ परिसूचक ५.५२ विन्दुले बढेर २८८.३९ मा पुगेको हो । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोवार रकमले पनि नयाँ उचाइ कायम गरेको छ । कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर रु दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबरको कारोवार…

Read More

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा दुई प्रतिवेदन पेश गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७५÷७६’लाई सभासमक्ष पेश गरेको थियो । \यसैगरी विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरेको थियो । रेल्वे विधेयक विधायन व्यवस्थापन समितिमा, पालेर्मो अभिसन्धि स्वीकृत भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले ‘रेल्वे विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेको थियो । प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले ‘अन्तरदेशीय…

Read More