Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: गायिका आस्था राउतविरुद्ध प्रहरीले जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट पक्राउ अनुमति पाएको छ । महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउतविरुद्ध प्रशासनमा पक्राउ अनुमति जारी गर्न माग गर्दै निवेदन दर्ता गरेपछि राउत पक्राउ पर्ने पक्का भएको छ । जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि गायिका राउतलाई आजै पक्राउ गर्ने तयारी रहेको प्रहरीले जनाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा एक वर्षसम्म कैद र १० हजारसम्मको जरिवाना वा दुवै सजायको व्यवस्था रहेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल…

Read More

लहान: समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताएको छ । तेह्रौँ मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष यादवले शहीदहरुको सपना अझै पूरा हुन नसकेकाले सङ्घर्ष जारी रहेको बताए । शहीदहरुको बलिदानीलाई खेर जान नदिने बताउँदै अध्यक्ष यादवले शहीदहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे । मधेश आन्दोलनको उद्गमस्थल लहानमा रहेका शहीदहरुको सालिकमा समाजवादी पार्टीका अध्यक्ष यादवसहित प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव सहितका नेता तथा कार्यकताहरुले माल्यार्पण गरे । मधेश आन्दोलनका क्रममा रमेश महतोको मृत्यु भएको सम्झनामा…

Read More

लहान: प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका र नरहा गाउँपालिकामा सम्पन्न छोरी शिक्षा बीमा सप्ताह शिविरमा २९० छोरीको बीमा गरिएको छ । गत २०७५ माघ २ पछि जन्मेकी सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा दुई दिन तथा नरहा गाउँपालिकामा एक दिन सम्पन्न शिविरमा २९० छोरीको बीमा गरिएको जनाएको छ । सिरहाको कल्याणपुर नगरपालिकास्थित रेडक्रस भवनमा सम्पन्न शिविरमा १९७ तथा नरहा गाउँपालिकामा ९३ जना छोरीको बीमा गराइएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए । शिविरमा छोरीहरुलाई काखमा च्यापेर बीमा गराउन शिविरस्थलमा अभिभावकहरुको घुइँचो लाग्ने गरेको छ । सिरहाको १७…

Read More

भक्तपुर: लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा पूर्णरुपमा नष्ट भएका भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्वाले जानकारी दिए । उनले भने, “पोल्नलाई तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा इँटाभट्टामा कम्तीमा आठ लाख र बढीमा नौ लाखको सङ्ख्यामा काँचो इँटा नष्ट भएका छन्, अब पोल्ने इँटा नै छैन, भट्टामा आगो जोगाउनै मुस्किल प¥यो ।” इँटा नष्टहुँदा व्यवसायीलाई करीब रु नौ करोड बराबरको नोक्सान भएको अध्यक्ष ह्याम्वाले जानकारी दिए ।…

Read More

चितवन: वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने चिन्तामा रहेका थिए। आफ्नै जिल्लामा प्रदेशको राजधानीसमेत नभएपछि छिमेकी जिल्लामा स्थायी राजधानीको चित्त बुझाउँदै यहाँका बासिन्दा खुशी भएका छन् । माडी नगरपालिका–७ निवासी महदत्त काफ्लेले जोडिएको जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा चितवनवासीलाई राम्रो भएको भन्दै खुशी प्रकट गरे । पूर्वी चितवनको भण्डाराका अनुपम अधिकारीले जिल्ला फरक परे पनि सिमाना जोडिएकाले मकवानपुर राजधानी हुनु चितवन भए जस्तै भएको बताए । चितवन क्षेत्र नं २ का सङ्घीय…

Read More

वालिङ: वालिङ नगरपालिका–१० बैंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ९२ लाख, गण्डकी प्रदेश सरकारले रु ६० लाख तथा बाँकी नगरपालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । नगर कार्यपालिकाको बैठकबाट वालिङभित्रका वडा नं १० बंैडी, वडा नं १ बौवा, वडा न. ११ पञ्चमूल, वडा नं १२ को धनमुढा, वडा नं १३ को बाह्रविसे र वडा नं १४ को तिवारी पसल गरी पाँच स्थानमा औद्योगिक ग्राम सञ्चालनका लागि जग्गा छनोट गरिसकिएको नगरप्रमुख खाँणले बताए । “औद्योगिक ग्राम सञ्चालन गर्न पहिलो चरणमा वडा नं १०…

Read More

काठमाडौं: नेपाल प्रहरीमा अहिले नयाँ संगठन प्रमुखको लागि संगठन भित्रै र बाहिरबाट दौडधुप शुरु भएको छ । हालका प्रहरी प्रमुख सर्बेन्द्र खनाल यही माघ २९ गते ३० वर्षिया सेवा अवधिका कारण अनिवार्य अवकासमा जाँदै छन् । नेपाल प्रहरी नेतृत्व परिवर्तनका समयमा सधैंजसो नै चर्चामा आइरहने संगठन हो। प्रहरी नियमावली २०७१ को दफा १२७ को उपदफा (१) को देहाय (घ) बमोजिम अहिलेका महानिरीक्षक (आईजी) खनाल आगामी माघ २९ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावली २०७१ को दफा १२७ को उपदफा (१) को देहाय (घ) मा ३० वर्ष सेवा अवधि (नोकरी गरेको ३० वर्ष) पूरा भएमा अनिवार्य…

Read More

पाल्पा: मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो । पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला काम्मुको बङ्गुरपालन व्यवसायमा एकपटक पुग्नैपर्ने बङ्गुर फार्म हो । काम्मुले बङ्गुरको पाठापाठीको कारोवारबाट दुई वर्षमा रु २४ लाख १५ हजार आम्दानी गर्न सफल भ्याए । वैदेशिक रोजगारबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवा भन्नेहरु एकपटक काम्मु बङ्गुर फार्म पुगी व्यवसायप्रति लाग्न आकर्षित गर्छ । बङ्गुरबाट कोरियामा भन्दा बढी आम्दानी हुन्छभन्दा अनौठो लाग्ला तर अनौठो मान्नु पदैन…

Read More

जनकपुर: सवारी दुर्घटनाको जाँच गर्न जाँदा जनकपुरधामबाट दुई जना चाइनिज पेस्तोल सहित पक्राउ परेका छन्। बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ डीएसपी कार्की सहितको टोली दुर्घटना स्थलमा पुग्दा कारमा सवारसँग शंका लागेपछि चेक गर्ने क्रममा डिक्की भित्र लुकाई छिपाई राखिएको ठूलो चाइनिज पेस्तोल पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड, म्याग्जिन १ थान बरामद गरेको धनुषा प्रहरीले जनाएको छ। दुबै जनालाई शनिबार साँझ पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. १ रम्दैया का ४२ वर्षीय…

Read More

काठमाडौं: गायिका आस्था राउतविरुद्ध प्रहरीले जिल्ला प्रशाशन कार्यालय काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरेको छ । महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउतविरुद्ध प्रशासनमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरिएको उनले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि गायिका राउतलाई आजै पक्राउ गर्ने तयारी रहेको प्रहरीले जनाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा एक वर्षसम्म कैद र १० हजारसम्मको जरिवाना वा दुवै सजायको व्यवस्था रहेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी…

Read More