Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
गलकोट: अहिले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले भने, ‘‘एमसिसीको योगदान सकारात्मक हुन्छ । यो राष्ट्रको हितमा रहेको छ । यसलाई कसैले अतिरञ्जित गराउन हुँदैन ।’’ पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएको छ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताए । “एमाले र माओवादी भन्ने इतिहास हो”, श्रेष्ठले भने, “नेकपाले सक्षम नेतालाई सभामुख…
एजेन्सी: बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहने पक्का भएका छन् । बकिङघम दरबारद्वारा जारी एक विज्ञप्तीमा राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा गरिएको हो । ह्यारी र मेगनकै चाहनाअनुसार बकिङघम दरबारले उनीहरुलाई राजपरिवारको सदस्यका रुपमा पाइने जिम्मेवारीबाट ‘मुक्त’ गरेको हो । ह्यारी र मेगनले हालै मात्रै राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने तथा बेलायत र उत्तर अमेरिकामा ‘निजी जीवन’ व्यतित गर्ने घोषणा गरेका थिए । बेलयातकी महारानी एलिजाबेथले एउटा छलफल पछि ह्यारी र मेगनको राजपरिवारको सदस्यका रुपमा प्राप्त जिम्मेवारी परित्याग गर्ने घोषणामा सहमति जनाएकी हुन्…
काठमाडौँ: पछिल्लो समय बजारमा गेडागुडी तथा खाद्यान्नको भाउ आकाशिदै गएको छ । एक महिनाको अवधिमा खाद्यान्नको मूल्य झन्डै ७० प्रतिशतसम्म बढेको पाइएको छ । मासको दाल प्रति किलोग्राम ११० रुपैयाँबाट बढेर अहिले १५० रुपैयाँ पुगेको पुरोनो थिमीकी खुद्र्रा व्यापारी माया लामाले बताईन् । त्यसैगरी फरक गुणस्तरको मासको दाल प्रति किलो २४० रुपैयाँमा पाउने दाल अहिले बढेर २६० रुपैयाँ पुगेको छ । त्यसैगरी, प्रति किलो ८५ मा पाउने रातो मुसुरो दाल अहिले बढेर ११० रुपैयाँ पुगेको छ भने प्रति किलो १०० रुपैयाँमा पाउने चना अहिले बढेर ११० रुपैयाँ पुगेको छ । मिसाएको गेडागुडीको भाउमा भने केहि फरक…
मुग्लिन: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्दै उनले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनुपर्छ बताए । महानिरीक्षक खनालले भने, “सङ्गठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही भए तपाईहरुले आफ्नै सम्झेर पनि यसो गर है भनेर सम्झाउनुपर्छ, नागरिकबाट यस्तो गुनासो आएका छन् है भन्नुपर्छ ।” गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामना गाउँपालिकामा दुर्गम पहाडी क्षेत्र र व्यस्त राजमार्ग भएकाले जनशक्ति बढाउन र प्रत्येक वडामा प्रहरी एकाइ राख्न माग गरे । उद्योग वाणिज्य सङ्घ…
काठमाडौँ: पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ । हाल देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियसमा…
चितवन: पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधँै एउटै पन पाउने हुँदा दोहो¥याएर आउन छाडेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा हुने एउटै गतिविधि मात्र हुने भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या विगतका वर्षको सङ्ख्यामा हुन नसकेको बताइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारिकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले नयाँ कार्यक्रम दिन नसक्दा पर्यटक…
बेत्रावती: आंशिक क्षति ब्यहोरेका लाभग्राहीलाई घरको प्रवलीकरण गर्न रु एक लाख अनुदान उपलब्ध गराउँदै आए पनि नुवाकोटका पीडितले लिन बेवास्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेको अनुदान व्यस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको अनुसार यहाँका एक हजार ५७४ प्रवलीकरण लाभग्राही रहेकामा २२ प्रतिशतले अनुदान सम्झौता गरेको र तीमध्ये पहिलो किस्ताबापत अनुदान रकम लिने २० प्रतिशतमात्र छ । आयोजनाका प्रमुख शम्भुकुमार शाहको अनुसार जिल्लामा लाभग्राहीमध्ये ३६० घरधुरीले क्षति पुगेको घरको प्रवलीकरण गर्नको लागी अनुदान सम्झौता गरेका छन् । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पको कारण घरमा आंशिक क्षति पुगेका धनीलाई पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा सूचीकृत भएकालाई…
चिप्लेढुङ्गा: भ्रमण वर्ष सफल बनाउन देश विदेशमा विभिन्न प्रचारात्मक अभियान शुरु भएका छन् । २० लाख पर्यटक भित्र्याउने योजनासहित थालिएको यस अभियानलाई निजी क्षेत्रले पनि साथ दिँदै प्रचारात्मक अभियानमा जुटेका छन् । अहिले भ्रमण वर्षको लोगो अङ्कित स्वेटर, गलबन्दी, झोला, टोपीले आन्तरिक तथा बाह्य बजार जमाउन सुरुआत गरेका छन् । ती आकर्षक सामग्रीको माग निकै बढिरहेको छ । बुटवलको तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक सिर्जनात्मक शुरुआत गरेको छ । सो प्रालीले भिजिट नेपाल २०२० पोखरा र गण्डकी प्रदेशको लोगो अङ्कित स्वेटर र गलबन्दी, टोपी र झोला बजारमा ल्याएको छ । …
बाजुरा: एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड्न नेपाली सेनाले अहोरात्र काममा जुटिरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले कालीकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडकको निर्माण जिम्मा पाएको छ । ती मध्ये कालीकोट ४० किलोमिटर, बाजुरा ४४ किमि र बाँकी हुम्ला जिल्लामा रहेको जनाइएको छ । कर्णाली करिडोरअन्तर्गत सो खोलामा बेलिब्रिज निर्माणसँगै बाजुरा र हुम्ला सडकसँग जोडिएका हुन् । पुलले जोडेको हुम्ला र…
हेटौँडा: मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।