Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
खाँदबारी: सङ्खुवासभाको अति दुर्गम क्षेत्र भोटखोलाको किमाथाङ्कामा पहिलोपटक इन्टरनेट सेवा सञ्चालन भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्रदेश नं १ का सङ्खुवासभा, ताप्लेजुङ र सोलुखुम्बुमा ब्रोडब्याण्ड परियोजनाअन्तर्गत मर्कन्टायल कम्युनिकेशन प्रालिले इन्टरनेट सेवा विस्तार गरेपछि भोटखोलामा इन्टरनेट सेवा सहज भएको हो । दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा इन्टरनेट सेवा विस्तारको कार्य द्रुतगतिमा अघि बढेको सेवाप्रदायक संस्था मर्कन्टायलका जिल्ला प्रतिनिधि सुगन श्रेष्ठले बताए । किमाथाङ्का नेपाल–चीनबीचको द्विदेशीय व्यापारिक नाका हो । जिल्लाकै अति दुर्गम मानिने चीनको सीमावर्ती क्षेत्र भोटखोलाको हटियामा पनि पहिलोपटक इन्टरनेट सेवा सञ्चालन भएको छ । यहाँ पहिलोपटक फाइवर टु द होम (एफटिटीएच) सेवा शुरु गरिएको हो ।…
भीमदत्तनगर: सुदूरपश्चिम प्रदेशबाट भारत हँुदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग ८० प्रतिशतले बढेको बताए । “बेचबिखनको खोजीमा परेका र पर्नसक्ने सम्भावना रहेका २३९ महिला तथा बालबालिकाको यो वर्ष उद्धार गरी पारिवारिक मिलनसमेत गरायौँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने, “दलालहरुका लागि सामाजिक सञ्जाल सजिलो माध्यमका रूपमा देखिएकाले यसबारे गम्भीर हुन जरुरी छ ।” भारतीय युवकको…
बेझाड: चार महिनाअघिसम्म अस्तव्यस्त बनेको पाल्पाको तानसेन बसपार्कको स्वरूप अहिले फेरिएको छ । पाल्पाको सदरमुकाम तानसेन प्रवेश गर्ने नाकाका रूपमा तानसेन बसपार्क रहेको छ । यही बसपार्क भएर विभिन्न जिल्लामा सवारी साधन आवतजावत गर्छन् । यात्रु तथा पर्यटक, व्यवसायीले जथभावी रूपमा फोहर फालेर बसपार्कको स्वरुप नै अस्तव्यस्त बनेको थियो । अहिले भने तानसेन बसपार्क प्रवेश गर्ने यात्रु तथा पर्यटक यहाँको फेरिएको वातावरण देखेर दङ्ग पर्छन् । बसपार्कमा आउने यात्रु, पर्यटक तथा व्यवसायीले यत्रतत्र फाल्ने फोहरलाई बसपार्क सरसफाइ तथा व्यवस्थापन समितिले तानसेन नगरपालिकाले उपलब्ध गराएको डस्टबिनमा सङ्कलन गर्न थालिएको छ । डस्टबिनमा सङ्कलित फोहर निश्चित ठाउँमा व्यवस्थापनका लागि समितिले…
काठमाडौं: काठमाडौं उपत्यका थप चिसिँदै गएको छ । बुधबार न्यूनतम तापक्रम २.९ मापन भएको काठमाडौंको तापक्रम बिहीबार अझै घटेर ०.९ मा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन भएको हो । मौसमविद् सजिना शाक्यका अनुसार, बिहीबार बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री थियो । त्यसको ३ घण्टापछि गरिएको अर्को मापनमा अझै घटेर ०.९ पुगेको छ । दिउँसोको समयमा भने तापक्रम बढ्ने मौसमविद्को प्रक्षेपण छ । मौसमविद्का अनुसार, आज काठमाडौंको अधिकतम तापक्रम १६.७ डिग्री सेन्टिग्रेडसम्म उक्लन सक्छ । ०.९ काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम…
भरतपुर: चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताए । उनले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी दिए । घाँस काट्न गएका स्थानीयवासीले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । “मृतावस्थामा फेला परेको बाघको शरीरभरि नै घाउ छन्”, रुपाखेतीले भने, “वयस्क बाघ एकापसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।” बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको…
सर्लाही: चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् । घाइते साहको उपचारका क्रममा गए राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै चिसोबाट बच्न घर अगाडि बालिएको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन् ।…
काठमाडौँ: कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपाल विच वित्तिय तथा सामाजिक, सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसंग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामिण क्षेत्रहरुमा रहेका कृषक समुह तथा कृषि सहकारीमा आवद्ध विशेष गरी सिमान्तकृत, भुमीहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जाका प्रदान गर्नुका अलावा विभिन्न सामाजिक सामुदायिक कार्यक्रम संचालन गरी…
काठमाडौँ: ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको छ । अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ । उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले…
काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्। संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ। सत्तारुढ नेकपाले सभामुख लिन तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुख छाड्न लागेको हो। उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुनेछन्। दुवै पद खाली हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरि निर्वाचन प्रक्रिया सुरु गर्नेछन्। ‘उपसभामुखज्यूले भोलि (बिहीबार) राजीनामा दिने तयारी छ,’ उनको सचिवालय स्रोतले भन्यो, ‘भोलि (शुक्रबार) निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने भएकाले आजनै उपसभामुखज्यूले…
काठमाडौं: पौष कृष्ण औंसी अर्थात् बिहीबार (आज) बिहान ८ः४२ बजेदेखि खण्डग्रास सूर्यग्रहण लाग्दै छ। पश्चिम र नैऋत्य कोणको मध्य भागबाट सुरु हुने सो ग्रहण बिहान १०ः०१ मा मध्य र ११ः३१ बजे मोक्ष हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार सूर्यग्रहण नेपाल, भारतलगायत एसियाका सबै देश, हिन्द महासागर, मलेसिया, पूर्वी युरोप, उत्तररपश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रिकासहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ। सूर्य ग्रहणको समयमा सूर्यबाट विभिन्न प्रकारका विकिरण आउने, वायुमण्डलमा रहेका कीटाणु सक्रिय हुने र तिनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पु-याउने भएकाले घरबाहिर निस्किन नहुने ज्योतिषीय मान्यता छ। सो समयमा खाद्यवस्तु, पानी आदिमा सूक्ष्म कीटाणु एकत्रित भई दूषित गर्छन्।…