Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

धनगढी: कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्ष छ महीना कैद सजाय पाएर कारागारबाट विसं २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । साउदले विसं २०५५ फागुनमा साविकको लालबोझी गाउँपालिकाका रतन साउदको हत्या गरेका थिए । अदालतको फैसलापछि दिलबहादुरलाई विसं २०६० मा पक्राउ गरी कारागार चलान गरिएको थियो । तत्कालीन नेकपा(माओवादी)ले विसं २०६१ मा राति गरेको कैलाली कारागार आक्रमणका क्रममा उनी फरार थिए ।

Read More

काठमाडौँ: नक्कली विवरण तयार गरी झुटा कारोवार देखाएर आर्थिक अपराध (भ्रष्टाचार) गर्ने क्रम बढेको पाइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नक्कली फर्म दर्ता गर्ने र नक्कली कारोवार देखाउनेक्रम बढेको छ भन्दै नियामक निकायले भूमिका बढाउनुपर्ने औँल्याए । नेपाल चार्टर्ड एकाउन्टेन्सद्वारा आज यहाँ आयोजित ‘भ्रष्टाचार र ठगीविरुद्ध व्यावसायिक इमान्दारी’ विषयको अन्तक्र्रियाकमा अर्थमन्त्री डा खतिवडाले त्यस्ता नक्कली गतिविधिलाई लेखापरीक्षकले सही प्रमाणित गरेको तर्फ ध्यानाकर्षण गराए । “कतिको नागरिकता नक्कली छ, अञ्जान मान्छेको नागरिकता लिएर फर्म दर्ता गरिएको छ, तर अडिटरले कागजात र लेखा ठीक छ भनी सही गरेर हिँड्छन्, यो कसको दोष हो ?”, डा खतिवडाले भने । उनले नक्कली…

Read More

काठमाडौँ: बालअधिकार संरक्षणका क्षेत्रमा कार्यरत राष्ट्रिय साझा सञ्जाल (एनसिपिए) को चौथो अधिवेशनले स्वतन्त्र अभियान नेपालका ऋतु भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिमा चिल्ड्रेन नेपालका भीमलाल गुरुङ उपाध्यक्ष, सिविसका अनिता पाण्डे महासचिव, बालकल्याण समाजका प्रकाश खतिवडा सचिव र लुनिभा ः संस्थाका ज्ञानभक्त महर्जन कोषाध्यक्षमा चयन भएको छ । अधिवेशनको उद्घाटन शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नगरिकमन्त्री पार्वत गुरुङले गरेको थियो ।

Read More

काठमाडौँ: नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्बाट अनुमोदन जरुरी रहेको (मिलेनियम च्यालेन्ज एकाउन्ट) एमसिए नेपालले स्पष्ट पारेको छ । एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । यस्तै सो कार्यक्रमका लागि नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर बजेट उपलब्ध गराएको छ । आयोजनाको प्रमुख कार्यका रूपमा काठमाडौँको नाङ्गलेभारेदेखि बुटवलसम्म ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने रहेको छ । यस्तै कूल १०० किलोमिटर लामो सडक पूर्वाधार विकासमा समेत सहयोग उपलब्ध हुनेछ । काम गर्न सहज होस् भनेर…

Read More

कास्की: पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो । हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौँसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ । टस हारेर विराटनगरले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले पूरै ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रनको…

Read More

हेटौँडा: मकवानपुरमा २०७२ सालको भूकम्पले पूर्ण क्षति भएका ३४ हजार ३१९ घरमध्ये आधाभन्दा पनि कम १४ हजार १३५ वटा घरमात्र निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आज हेटौँडामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कूल लाभग्राही ३४ हजार ३१९ मध्ये २९ हजार ५०५ जनाले मात्र पुनःनिर्माणका लागि सम्झौता गरेर प्रथम किस्ता लगेका थिए । त्यस्तै प्रथम किस्ता लिनेमध्ये २३ हजार ४३१ ले दोस्रो किस्ता र १८ जहार ४०३ जनाले तेस्रो किस्ता लगेका थिए । तेस्रो किस्ता लगेर निर्माणसमेत सम्पन्न…

Read More

निजगढ: बाराका साना तथा ठूला मालवाहक यातायात व्यवसायीहरु मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता नहुँदा सामान ओसारपसारमा समस्या आएको छ । सरकारले यही पुस १ गतेदेखि ढुवानी भाडामा अनिवार्य भ्याट लागू गरेपछि यातायात व्यवसायीहरुले सामान लोड अनलोड नगर्दा समस्या सिर्जना भएको हो । सरकारले ऐन संशोधनमार्फत चालू आर्थिक वर्षदेखि नै साना तथा ठूला मालवाहक सवारी साधनमा भ्याट अनिवार्य लगाउने निर्णय गरेको थियो । यस क्षेत्रबाट दैनिक करिब एक हजारको हाराहारीमा लोड हुने गरेका मालवाहक सवारी साधन अहिले करिब सयवटामात्र लोड हुने गरेको यातायात व्यवसायी खडकप्रसाद मैनालीले बताए । भ्याट तथा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता नभएका सवारी साधनहरुलाई मालवाहक सामान…

Read More

सिन्धुली: कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ। विसं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका किन लक नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेकोे इतिहास छ । करीब दुई हजार ५०० मिटर अग्लो उक्त स्थानबाट गोरखाली सेनाले स्थानीयवासीको सहयोगमा सोही वर्ष असोज १५ गते विजय प्राप्त गरेको थियो । कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि त्यहाँ भएको युद्ध महत्वपूर्ण रहेकाले त्यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गृहकार्य भइरहेको जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सिन्धुलीका सचिव…

Read More

नेपालगञ्ज: नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबै नेपालीको पहुँच क्रमशः बढ्दै गएको छ । कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालनमा आएपछि आँखा रोगको समस्या झण्डै आधा घटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले बताए । संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारासहित भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम तर्जुमा गरेपछि नेपालले अनुमोदनपत्रमा हस्ताक्षर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत मुलुकभरि कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २०२० सम्म सञ्चालन हुने कार्यक्रमका लागि मन्त्रालयले नेपाल नेत्र ज्योति सङ्घ, तिलगङ्गा आँखा केन्द्र र आँखा उपचारका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा…

Read More

जाजरकोट: खलङ्गा–पाँचकाटीया–फूलचाउली–बारेकोट हुँदै जुम्ला जोड्ने सडक निर्माणको विवाद सुल्झिएको छ । समयमै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नहुँदा र सामुदायिक वनको अवरोधले सडक निर्माणको काम छ वर्षदेखि रोकिएको थियो । सर्वपक्षीय बैठकले सडक निर्माण सञ्चालन गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा भएको छलफलबाट सडक निर्माणका लागि आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो । बैठकले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय र डिभिजन वन कार्यालय लगायतलाई तत्काल निर्माणको काम अगाडि बढाउन आवश्यक निर्देशन दिएको छ । छ वर्षअघिको ठेक्काको म्याद थप गरेर तत्काल निर्माण अघि बढाउन निर्देशन दिइएको…

Read More