Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको बताएको छ । लुम्बिनी विकास कोषले त्यस क्षेत्रको बृहत्तर विकासका लागि बनाउन लागेको गुरुयोजनाका विषयमा आज आयोजित छलफलमा उनले मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटलगायत बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्नेमा जोड दिए । विगतमा त्यस क्षेत्रको विकास जुन गतिमा हुनपर्ने थियो, त्यो हुन नसकेकाले नयाँ योजना बनाएर पूर्वाधार विकासका लागि लगानीलाई आकर्षित गर्न सकिने बताउँदै उनले प्रादेशिक र स्थानीय तहका सरकारले पनि त्यस क्षेत्रका ऐतिहासिक पक्ष, सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्ने उल्लेख गरे । कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले त्यस क्षेत्रको विकासका लागि…

Read More

काठमाडौँ: देशभरका ७५३ स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्ने गरी योजना अघि बढाइएको छ । सबै स्थानीय तहका केन्द्रसम्म जोड्ने चार हजार दुई सय किमी सडक निर्माण र स्तरोन्नति गर्न तयारी अघि बढाइएको छ । देशभरका सबै स्थानीय तहका केन्द्रसम्म एउटै स्तरको सडक निर्माणका लागि नेपाल सरकारले नै सडक निर्माणको योजना बनाएको स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । उनका अनुसार देशभरका सबै तहमा कालोपत्र सडक निर्माणका लागि झण्डै रु डेढ खर्ब लागत लाग्ने अनुमान गरिएको छ । निर्माण गर्न लागिएका सडकमा सबैभन्दा बढी प्रदेश सरकारको अधिकार क्षेत्रअन्तर्गत रहेका सडक भएका उनले बताए । सडक निर्माणपछि त्यसको मर्मत…

Read More

काठमाडौँ: महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सो टोलीले काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट रु एक हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगरलाई आज बिहान पक्राउ गरेको हो । महानगर।ीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले नक्कली नोट झोलामा बोेकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिँदै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

Read More

काठमाडौँ: सार्वजनिक सवारीप्रति सर्वसाधारणको गुनासो बढ्न थालेपछि अवस्था सुधार्न ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालकसँग लिखित प्रतिबद्धता लिन थालेको छ । प्रहरीले स्थलगतरुपमा सवारीको अनुगमन गरी प्रत्यक्ष देखिएको समस्या पहिचान गरी यात्रुको गुनासोसमेत समेटेर लिखित प्रतिबद्धता लिन थालिएको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक सवारीलाई यात्रुमैत्री बनाउने अभियानअन्तर्गत यातायत व्यवसायीसँगको सहकार्यमा चालकहरुलाई लिखित प्रतिबद्धता गराउन थालिएको जानकारी दिए । “हाम्रो टोली हरेक दिन सार्वजनिक यातायातमा आफैँ चढेर अनुगमन गर्छन्, यात्रुहरुँग जानकारी लिन्छन्, के के कमजोरी छ सबै उल्लेख गरेर उनीहरुलाई प्रतिबद्धतापत्र वितरण गर्ने गरिएको छ, त्यसमा सुधार गर्नुपर्ने कुरा उल्लेख छ, एक हप्तामा कार्यान्वयन गर्न भनिन्छ,…

Read More

रसुवा: हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ । एक सयभन्दा बढी ठूला मालवाहक सवारीसाधन गुड्ने रसुवागढी क्षेत्रमा हिमपातले सडक अवरुद्व भएपछि अहोरात्र पहरा दिने सुरक्षाकर्मीलाई आराम गर्ने मौका मिलेको स्थानीय बासिन्दाले बताएका छन् । केरुङमा रहेका नेपालीमध्ये तीनजना कठोर यात्राका साथ शनिबार रसुवागढी आइपुगेको र सडक खुल्न अझै केही…

Read More

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक÷एक गोल गरे । एनआरटीका खेलाडी आन्द्रे थेरीले खेलको २४औँ मिनेटमा पहिलो गोल गरे । खेलमा एक शून्य गोलको अग्रता बनाएको एनआरटी खेलको ४१औँ मिनेटमा एक गोल खान पुग्यो । जसमा एपिएफका आशिष लामाले गोल गरे । खेलको पहिलो हाफसम्म एक एक गोलको…

Read More

दाङ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएको छ । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताए । नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौँता विकासका लागि महत्वपूर्ण रहेको देउवाको दाबी छ । उनले अमेरिकी राजदूतावासले एमसीसी इन्डोप्यासिफिक जस्तो सैन्य गतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे । एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले विश्वास…

Read More

डोटी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएको छ । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुगेका उनले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्नो सान उच्च राख्न भए पनि सबै मिलेर छाउपडी अन्त्य गर्नुपर्ने बताए । सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले भने, “छाउपडी प्रथाकाकै कारण कयौँ महिला दिदीबहिनीको अकालमै ज्यान गइसकेको छ, ज्यान जाने प्रथा किन मान्ने ?” उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित हुने पनि बताए । उनले भने, “एमसीसी नेपाल र नेपालीको हितमा छ, अनावश्यक विवाद गर्नु जरुरी छैन् ।”…

Read More

पर्वत: सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी भन्ने समूह नै नभएको बताएको छ । प्रेस सङ्गठनले कुस्माबजारमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा पूर्वसमूह भन्ने नै नरहेको बताएको हो । “पार्टीमा पूर्व समूह भन्ने नै छैन”, उनले भने, “पूर्वसमूह भन्ने विषय अब पार्टीमा इतिहास लेख्ने बेला मात्रै आउँछ ।” पार्टीमा स्थायी गुट र शिविर राख्ने कुरा गलत भएको र आफू त्यसको विपक्षमा रहेको उनले स्पष्ट पारे । “स्थायीरुपमा गुटबन्दी गर्न जरुरी छैन”, उनले भने, “म सधैँ त्यसको विपक्षमा नै छु ।” उनले मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्रहितमा हुने गरी पार्टीको…

Read More

काभ्रेपलाञ्चोक: सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए । “सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, उनले भने । उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिनेछ । यसअघि, यही माघ १ गते रितिरिवाज, चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे सङ्क्रान्ति (माघी पर्व)का अवसरमा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत र रोशी गाउँपालिकाले…

Read More