Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चौतारा: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो । सूचना अटेर…

Read More

काठमाडौँ: विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने सहमति मेडिकल कलेज सञ्चालकले पालना गरेका छैनन्। बर्सेनि ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनीहरूले अभिभावकलाई जिल्याउँदै आएका छन्। सरकारको निर्देशनसमेत अटेर गरेका छन्। उनीहरूले अतिरिक्त शुल्क समायोजन वा फिर्ता जुन अनुकूल हुन्छ त्यही गर्ने सहमति शिक्षा मन्त्रालयसँग मंसिर १० गते गरेका थिए। त्यो काम भोलिपल्टदेखि नै गर्ने प्रतिबद्धता उनीहरूले जनाएका थिए। तर, विद्यार्थीलाई भर्पाई नदिई शुल्क असुलेका कलेजले फिर्ता दिनुको साटो मानसिक तनाव दिँदै थप शुल्क लिएको पाइएको छ। कलेजले प्रयोगात्मक परीक्षामा फेल गराइदिने धम्की दिएका छन्। केहीले समायोजन गर्ने आश्वासन दिँदै विद्यार्थी झुलाइरहेका छन्। केहीमा फिर्ता वा समायोजनमध्ये के गर्ने भन्ने…

Read More

डोटी: छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नं ३ को सिदुरेपानीमा २८ ,वडा नं १ र २ को बिपिनगर, बर्छैन र बिठारा गााउँमा ३६ तथा जोरायल गाउँपालिका–५ धुपारी गाउँमा तीन ती छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी रहेको छ । प्रहरीले छाउगोठ भए नभएको अवस्थाका बारेमा समेत अनुगमनसमेत गरिरहेको जनाएको छ । अनुगमनका क्रममा यी दुई गाउँपालिकामा मात्रै ११३ वटा छाउपडी गोठ रहेको भेटिएको प्रहरीले जनाएको छ ।उहाँले भन्नुभयो, “गाउँपालिकाबाट छाउपडी…

Read More

तुलसीपुर: कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । “यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?” भन्दै खिसिट्यूरी गर्नेहरु भने चकित परेका छन् । खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र विष्टमगरसहित तीनजनाले ड्रागनखेती गरेपछि त्यो ठाउँ अहिले हरियाली बनेको हो । “ड्रागन फ्रुटको बिरुवा लगाएको दुई÷तीन वर्षपछि मात्रै फल दिन्छ”, मगरले भन्नुभयो, “तर हामीहरुले छिप्पिएका बिरुवा लगाएर होला, नौ महिनामै फल दियो ।” नौ महिनामै फलेपनि अझै परिपक्क भएको छैन । पहिलो चरणमा थोरै फल दिए पनि आगामी असार, साउन, भदौमा राम्रो उत्पादन दिने मगरको भनाइ थियो । “एउटै बोटबाट तीन÷चार…

Read More

काठमाडौँ : पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अङ्कले हरायो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटले हरायो । यस्तै अर्को खेलमा आर्मीले भरतपुरलाई २५–८, २५–२० र २५–१० अङ्कले पराजित गरेको हो । विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही…

Read More

बाँके: रु १० मा खाना ! त्यो पनि आजको महँगो समयमा ? असम्भव लाग्ने काम सम्भव गराउनुभएको छ, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आउनुभएको छ । सदरलाइनस्थित नगर भवनअगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर रु १० मै एक छाक खाना बाँड्ने गरिएको छ । पाँच सयसम्म सर्वसाधारण खाना खान पुग्छन् । “आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान पुग्छन्, खानामा भात, दालका साथै मिठाई पनि दिइन्छ”,…

Read More

गलेश्वर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताउनुभएको छ । प्रेस सङ्गठन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेको सन्दर्भमा राष्ट्रियहितलाई केन्द्रमा राखेर निर्णय गरिने बताउनुभएको हो । “पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपूर्वक ढङ्गबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अब लामो समयसम्म एमसीसी प्रस्तावलाई के गर्ने भनेर बस्ने अवस्था रहँदैन, पार्टीको सचिवालय बैठकलाई…

Read More

पोखरा: अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई आज हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका एक सयभन्दा बढी पर्यटकलाई उद्धार गर्नेक्रम जारी रहेको जानकारी दिनुभयो । प्रभु, सिम्रिक र डाइनाष्टिक कम्पनीका तीन वटा हेलिकप्टर मार्फत् अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकलाई उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका मध्ये ३०…

Read More

काठमाडौँ :गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम ग¥यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’ लाई स्थापित ग¥यो । लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन् । साताभर पाँच कारोवार दिनमा बजार नयाँ विन्दुमा पुगेर बन्द भएको छ । साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयर रु छ अर्ब ६७ करोड २० लाख ६१ हजार ९३२ मा खरिदबिक्री भयो । साताको…

Read More

पोखरा: अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उहाँले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिनुभयो । अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । मोबाइलको चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनसक्दछ, सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र…

Read More