Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ । नेपालका मौलिक खेलहरुको पुनःजागरणका लागि सरकार तथा अन्य सरोकार भएका निकायलाई पहल गर्न अनुरोध गर्दै पार्टीले त्यसका लागि सहयोग गर्न तयार रहेको जनाएको छ । पार्टीका खेलकुद विभाग संयोजक प्रवीण बस्नेतले विज्ञप्ति जारी गर्दै नेपालका मौलिक खेललाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरेर मौलिक खेलको पुनःजागरण गर्नुपर्ने उल्लेख गरेको छ । पार्टीले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्न सफल भएकामा नेपाली खेलाडीलाई बधाई दिएको छ । साग खेलकुद…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्तिमार्फत उक्त विधेयकमा भएका व्यवस्थाले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने उल्लेख छ । प्रमुख सचेतक बालकृष्ण खाणले विधेयकबाट नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भङ्ग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने भन्दै संविधान प्रतिकूल ऐन बनाउने कार्य काँग्रेसलाई स्वीकार्य नभएको उल्लेख गरेको छ । प्रस्तुत भएको विधेयक संविधानमा उल्लिखित मौलिक हकको प्रतिकूल भएको टिप्पणी गर्दै विधेयकलाई तत्काल…
कलैया: यस वर्ष बारामा आलु खेतीको क्षेत्रफल कमी भएका कारणले उत्पादनमा समेत कमी भएको छ । कृषि ज्ञानकेन्दका अनुसार यहाँका कृषक नगदेबालीका रुपमा माछापालन र उखु खेतीतर्फ अग्रसर भइरहेका कारण बिस्तारै खेतीमा कमी आइरहेको हो । ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले गत वर्षको तुलनामा यस वर्ष पनि आलुको क्षेत्रफल र उत्पादनमा समेत कमी आएको बताए । आव २०७६÷७७ मा कृषकले कूल सात हजार ४७० हेकटर क्षेत्रफलमा सी ४० खुमलटार रातो जातको आलु खेती गरिएको छ । जिल्लाको हरिहरपुर, गोलागञ्ज, देवापुर, उचिडिह, पिपरपाती, बरियापुर, मटियर्वा लगायतका ठाउँ आलुका लागि पकेट क्षेत्र मानिए पनि जिल्लाका अधिकांश ठाउँमा पनि आलु खेतीको थालनी…
जाजरकोट: बर्सेनि हिउँदेबाली लगाएर परिवार पाल्दै आएका मुड्केचुला गाउँपालिका–६ का सन्तोष सिंह यो वर्ष भने भारी खुशी भएका छन् । उनले लगाएको गहुँ, जौ र अन्य तरकारीबाली सिँचाइको अभावमा सुक्न थालेको थियो । आकाशे पानीका भरमा लगाइएको हिउँदेबाली सुक्न थालेपछि दुःखी भएका सिंहको हिमपाले एकै पटक खुशी थपिदियो । उनले भने, “अघिल्ला वर्षभन्दा यो वर्ष समयमै हिमपात हुँदा खेतबारीमा लगाएको अन्नबाली सोचेकै जस्तै गरी उत्पादन हुने पक्का भएको छ ।” खेती लगाएर सिँचाइ सुविधा नभएपछि निरास भएका नर्कुका हरिबहादुर सिंहलाई पनि खुशीको सीमा छैन । उनले भने, “अघिल्लो वर्ष बीउसम्म उठेको थिएन, यो वर्ष समयमै हिमपात भएपछि साचेको आम्दानी…
काठमाडौँ: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो कमिटी बैठकको दोस्रो दिन आज अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्नेछन । आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार गर्नुभएको प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गर्दै सरकार र पार्टी कामलाई प्रभावकारी बनाउन जोड दिएको थियो । प्रतिवेदनमा राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारका कामकारवाही र उपनिर्वाचनको समीक्षा, यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन र पार्टीको आगामी कार्ययोजनासम्बन्धी विषय उल्लेख छ । बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र…
कैलाली: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आव २०७६÷७७ को चार महिनाको अवधिमा कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यान्न तथा दलहन खाद्यपदार्थ जफत गरी नष्ट गरेको छ । कार्यालयले साउनदेखि कात्तिक महिनाको मसान्तसम्म गरेको बजार अनुगमनबाट म्याद गुज्रेका तथा खानका लागि अयोग्य २५६ किलोग्राम खाद्यान्न जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख सुमन धितालले जानकारी दिए । त्यसैगरी कृत्रिम चुक ६०० लिटर, हल्का पेयपदार्थ ४१३ लिटर, माछामासु ४० किलोग्राम, तेल तथा घीउ १२ लिटर र मसलाजन्य वस्तु पाँच किलोग्राम जफत गरी…
चितवन: नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले गिरफ्तारमा परेका अगुवा कृषकको रिहाइको माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका पाँच कृषकको रिहाइको माग गरेको हो । सङ्घका अध्यक्ष शिवराम केसीले सप्लायर्सले आफूखुशी मूल्य निर्धारण गरेको विषयमा छलफलका क्रममा भनाभन भएको र सोही विषयलाई लिई कृषकलाई झुटो मुद्दा लगाई फसाउने काम गरिएको दाबी गरे । सङ्घले निर्धारण गरेको मूल्यभन्दा कम मूल्यमा अण्डा खरिद गर्ने गरी उनीहरुले निर्णय गरेको सङ्घको आरोप छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रहरीले कुखुरापालक कृषक प्रकाश अधिकारी, आनन्द मास्के, रामहरि केसी, दीपेश्वर केसी र राजेन्द्र साँखीलाई अभद्र व्यवहार गरेको…
भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी मुनाफा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गरेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका तुलसीरामले तरकारीबाटै छोराछोरीको पढाई र घर खर्च चलेको बताए । एकचालीस परिवार राना थारुको बसोबास रहेको नयाँ कटानमा ३८ परिवारले आफूसित भएको खेतमा तरकारी फलाएर भीमदत्तनगर बजार, सब्जीमण्डी र स्थानीय बस्तीमा बिक्री वितरण गर्दै आएका छन । गत वर्ष तरकारीबाट रु दुई लाख आम्दानी भएको बताउँदै तुलसीरामले तरकारीबाटै आएको आम्दानीले माइलो छोरा कपिललाई भीमदत्तनगरमा इन्जिनीयरिङ विषय पढाइरहेको बताए । “जेठो छोरा मजदुरीका लागि वैदेशिक…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको बताएका छन । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भने, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।
स्याङ्जा: जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीहरुले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले कैदीबन्दीहरुलाई शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागार प्रमुख चूडामणि भण्डारीले बताए । पचास जनाको क्षमता भएको जिल्ला कारागारमा हाल १५७ कैदीबन्दीलाई राखिएको छ । कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाइँले पानीको समस्याले सरसफाइमा समेत समस्या परेको बताए । चापागाइँले भने, “यहाँ यति धेरै जना कैदीबन्दी छौँ तर पर्याप्त शौचालय नहुँदा शौचालय जाँदा लाइन लागेर बस्नु पर्ने बाध्यता छ ।” चापागाइँका अनुसार शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नु पर्ने हुन्छ । अर्का कैदीबन्दी दिनेश गुरुङले कारागारमा सुत्ने ठाउँको…