Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौँ उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडकमा आवश्यक पूर्वाधार निर्माण र एक तहको कालोपत्र सकिएकाले अहिले अर्काे तहको कालोपत्र भइरहेको छ । बाइस मिटर चौडाइ कायम गर्ने गरी सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि सडकसँगैका घरधनीले घर भत्काउन र जग्गा छाड्न नमान्दा सडक निर्माणको काम लामो समयसम्म ठप्प थियो । गत वर्ष मन्त्रिपरिषद्को बैठकले ‘उपलब्ध चौडाइमा सडक निर्माण गर्ने’ भनी निर्णय गरेसँगै सडक निर्माण अघि बढेको सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । गत कात्तिक मसान्तसम्म सडकको भौतिक प्रगति ९० प्रतिशत रहेको…

Read More

भद्रपुर: प्रवीणता प्रमाणपत्र तह हटाइएपछि विद्यार्थी घटेर सात सयमा खुम्चिएको पूर्वकै पुरानो मेची बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी बढेर तीन हजार हाराहारी पुगेको छ । शैक्षिक उन्नयनमा क्याम्पसको चमक बढिरहेको यो दरिलो प्रमाण हो । पचपन्न वर्षअघि स्थापित झापाको पहिलो उच्चशिक्षा प्रदायक संस्था मेची बहुमुखी क्याम्पसमा समयानुकूल शैक्षिक र भौतिक सुधार गर्ने कार्य सफलतापूर्वक अघि बढेपछि विद्यार्थी आकर्षण वृद्धि भएको क्याम्पसका प्रमुख कमलप्रसाद गुरागाईं बताउछन् । गुरागार्इंका अनुसार भद्रपुर हाइस्कुलको एउटा कोठामा सन्ध्याकालीन पठनपाठन गराएर विसं २०२१ असोज १२ गते सञ्चालित मेची इन्टरकलेज नै त्रिभुवन विश्वविद्यालयसँग आङ्गिक क्याम्पसका रुपमा सम्बन्धन प्राप्त हालको मेची बहुमुखी क्याम्पस हो । पछिल्लो समयमा विश्वभर…

Read More

हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशिया राजमार्गका रुपमा विकास गरिने पूर्वपश्चिम राजमार्ग हेटौँडा बजारको मध्य भागबाट नलगिने बताएका छन् । नारायणी यातायात व्यवसायी प्रालिद्वारा आज आयोजित कार्यक्रममा उनले व्यस्त बजारको बीचबाट अन्तर्राष्ट्रिय मापदण्डको राजमार्ग लैजाँदा विकासशील हेटौँडाको विकास प्रक्रियासमेत रोकिने बताए । ठूला ठूला लहरी, मालवाहक वा अत्यधिक गतिमा कुद्ने मोटर व्यस्त बजारबाट गुडाउने कुराले आधुनिक विकास हुन नसक्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले ५० मिटरको फराकिलो बाटो चौकी टोल–कर्रा खोला–रातोमाटे भएर बन्न शुरु भइसकेको बताए । कसैको घर भत्किए मेरो घरअगाडि पर्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने भन्दै उनले बजार क्षेत्रमा ३२ मिटरको फराकिलो…

Read More

सर्लाही: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक (ज्याला) पाउनुपर्ने बताएका छन् । ‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको आज हरिवनमा सम्बोधन गर्दै उनले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराए । “अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा यहाँका श्रमिकले कम श्रम पाउनुहँुदैन, समान पारिश्रमिकका लागि योजना बनाउन लागेको छु,” उनले बताए। यहाँका युवालाई रोजगारीका लागि युरोप र जापान पठाउन पहल भइरहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप सिकेर जानुपर्नेमा उनको जोड थियो…

Read More

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन् । काठमाडौँमा आज भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलिन नहुन आग्रह गरे । उनले भने, “प्रहरीको सानो लापरबाही सिङ्गो सङगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ, राज्यले दिएको जिम्मेवारीबाट विमुख हुने अधिकार तपाइँहरुलाई छैन ।” उनले सङ्गठनमाथिको विश्वासलाई थप सुदृढ बनाउन प्रहरीले व्यक्तिगत अफ्ठेरालाई थाँती राखेर कर्तव्यपालन गर्नुको अर्काे विकल्प नरहेको बताए । गृहमन्त्री थापाले नेपाल प्रहरीको पहिलो प्राथमिकता लोकतान्त्रिक पद्धतिमा आएका सामाजिक असन्तुष्टि, प्रशासनिक अड्चन र राजनीतिक तथा व्यक्तिगत अधिकारका द्वन्द्वका बीचमा आफुलाई संयमित बनाई निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक…

Read More

चितवन : पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो । कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान ११ः१० बजे भएको हो ।

Read More

भक्तपुर: सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरीबृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उनले बताए । दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र…

Read More

काठमाडौँ: सडक बोर्ड नेपालले काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन । बिभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक मर्मतमा भन्दा नयाँ निर्माणमा लाग्दा मर्मतको काम योजनाभन्दा कम सम्पन्न भएको छ । केही वर्षदेखि बर्सेनि ८० देखि ८५ प्रतिशतसम्म मात्रै बजेट खर्च भइरहेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले बताए । उनका अनुसार एकातिर सडक बोर्डले अझै पनि नेपाल सरकारबाट पाउनुपर्ने जति रकम पाइरहेको छैन भने अर्कातिर भएको बजेट पनि खर्च हुन सकिरहेको छैन । सडक डिभिजनलाई सडक विभागले नयाँ निर्माणमा लगाइरहेको छ । उनले भने, “नयाँ निर्माणको काम…

Read More

सिमकोट: हुम्लाका उच्च हिमाली क्षेत्रका लामा बस्ती यतिबेला सुनसान हुन थालेका छन् । चिसो अत्यधिक बढेपछि नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका लामा समुदाय बसोबास गर्दै आएका बस्तीहरु सुनसान भएका हुन् । उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ का तिल जाङ्घ, हल्जि र लिमीका बासिन्दाहरु चिसो छल्न र व्यापार व्यवसाय गर्न जिल्ला बाहिर निस्किएका हुन् । सिमकोट गाउँपालिका वडा नं ३ (साविक ७, ८ र ९) मा पर्ने लिमाटाङ्ग गाउँ सुनसान बनेको छ । कुल ४५ घरधुरी रहेको लिमाटाङ्ग गाउँमा एक जना घर कुरुवा बाहेक दुई÷तीन वर्षयतादेखि अरु कोही पनि नबसेको स्थानीयवासी ज्याम्फाल लामाले बताए । वृद्ध लामाका अनुसार आफ्नो परिवारका सबै…

Read More

जनकपुरधाम: जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियान सञ्चालनमा जोड दिइएको छ । आगामी पुस १२ देखि १६ गते पोखरामा हुने २१औँ पोखरा सडक महोत्सवका सन्दर्भमा आज यहाँ आयोजित सञ्चारकर्मीसँग छलफल कार्यक्रममा उक्त अभियानमा जोड दिइएको हो । धार्मिक पर्यटकीय प्रवद्र्धनका दृष्टिले जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिर महत्वपूर्ण तीर्थस्थल भएकाले तीनवटै स्थललाई पर्यटक यात्रा प्याकेजका रूपमा प्रवद्र्धनमुखी अभियान सञ्चालन आवश्यक भएको स्पष्ट गरिएको छ । जनकपुरधाम मिथिला संस्कृतिको उद्गमस्थल भए पनि अन्तरदेशीय पर्यटक यात्रा प्याकेजअन्तर्गत नरहेका कारण जनकपुरधाममा तीर्थयात्रीको बसाइ न्यून हुने भएकाले त्रिस्थलीय पर्यटक यात्रा प्याकेज कोसेढुङ्गे साबित हुने विश्वास…

Read More