Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
निजगढ: बाराका साना तथा ठूला मालवाहक यातायात व्यवसायीहरु मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता नहुँदा सामान ओसारपसारमा समस्या आएको छ । सरकारले यही पुस १ गतेदेखि ढुवानी भाडामा अनिवार्य भ्याट लागू गरेपछि यातायात व्यवसायीहरुले सामान लोड अनलोड नगर्दा समस्या सिर्जना भएको हो । सरकारले ऐन संशोधनमार्फत चालू आर्थिक वर्षदेखि नै साना तथा ठूला मालवाहक सवारी साधनमा भ्याट अनिवार्य लगाउने निर्णय गरेको थियो । यस क्षेत्रबाट दैनिक करिब एक हजारको हाराहारीमा लोड हुने गरेका मालवाहक सवारी साधन अहिले करिब सयवटामात्र लोड हुने गरेको यातायात व्यवसायी खडकप्रसाद मैनालीले बताए । भ्याट तथा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता नभएका सवारी साधनहरुलाई मालवाहक सामान…
सिन्धुली: कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ। विसं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका किन लक नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेकोे इतिहास छ । करीब दुई हजार ५०० मिटर अग्लो उक्त स्थानबाट गोरखाली सेनाले स्थानीयवासीको सहयोगमा सोही वर्ष असोज १५ गते विजय प्राप्त गरेको थियो । कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि त्यहाँ भएको युद्ध महत्वपूर्ण रहेकाले त्यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गृहकार्य भइरहेको जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सिन्धुलीका सचिव…
नेपालगञ्ज: नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबै नेपालीको पहुँच क्रमशः बढ्दै गएको छ । कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालनमा आएपछि आँखा रोगको समस्या झण्डै आधा घटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले बताए । संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारासहित भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम तर्जुमा गरेपछि नेपालले अनुमोदनपत्रमा हस्ताक्षर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत मुलुकभरि कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २०२० सम्म सञ्चालन हुने कार्यक्रमका लागि मन्त्रालयले नेपाल नेत्र ज्योति सङ्घ, तिलगङ्गा आँखा केन्द्र र आँखा उपचारका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा…
जाजरकोट: खलङ्गा–पाँचकाटीया–फूलचाउली–बारेकोट हुँदै जुम्ला जोड्ने सडक निर्माणको विवाद सुल्झिएको छ । समयमै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नहुँदा र सामुदायिक वनको अवरोधले सडक निर्माणको काम छ वर्षदेखि रोकिएको थियो । सर्वपक्षीय बैठकले सडक निर्माण सञ्चालन गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा भएको छलफलबाट सडक निर्माणका लागि आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो । बैठकले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय र डिभिजन वन कार्यालय लगायतलाई तत्काल निर्माणको काम अगाडि बढाउन आवश्यक निर्देशन दिएको छ । छ वर्षअघिको ठेक्काको म्याद थप गरेर तत्काल निर्माण अघि बढाउन निर्देशन दिइएको…
काठमाडौँ: नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपत्यकाका सम्पदास्थलमा पैदल यात्रासहित सफाइ अभियान चलाइने भएको छ । ‘बेटर नेपाल’ नामक सामाजिक संस्थाको संयोजनमा पुस १२ गते शनिबारदेखि सम्पदा पैदलयात्रा एवं सफाइ अभियान शुरु गर्न लागिएको हो । अभियानमा राजनीतिक दलका शीर्ष नेता, पर्यटन व्यवसायी, खेलाडी, कलाकारलगायत अभियानकर्मी सहभागी हुने ‘वेटर नेपाल’ का अध्यक्ष माला खरेलले राससलाई जानकारी दिए । पुस १२ गते शनिबारदेखि चार हप्तासम्म अर्थात् माघ ४ गतेसम्म यो अभियान चलाइनेछ । पुस १२ गते शनिबार पशुपतिबाट वसन्तपुरसम्म पैदलयात्रासहित सफाइ गरिनेछ । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, कीर्तिमानी धावक…
कलैया: बारामा विभिन्न कारणले किसानले लगाएको धान उत्पादनमा यस वर्ष कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको आक्रमण जस्ता कारणले कृषकले लगाएको चैते, भदैया, अगहनी धानको उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । यो वर्ष चैते १२ हजार ११३ हेक्टर, भदैया धान ११ हजार ९३० हेक्टर र अगहनी धान ३४ हजार १६३ हेक्टरसमेत गरी कूल ५८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती भई एक लाख ३७ हजार ६२६ दशमल ३२ मेट्रिक टन धानको प्रतिक्विन्टल रु दुई हजार २०० का दरले रु तीन अर्ब…
काठमाडौँ: विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद्को यस पाँचौँ अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयक कारवाहीको प्रक्रियामा छन् । शान्ति र सुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी, राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय मानवाधिकार आयोग (पहिलो संशोधन), सार्वजनिक ऋण व्यवस्थापन, बैंक तथा वित्तिय संस्थासम्बन्धी (पहिलो संशोधन), नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन), धितो ऋणसम्बन्धी (पहिलो संशोधन, कारगार र पशु स्वास्थ्य तथा पशु सेवा…
तुलसीपुर: दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ३६ हजार ३४९ रहेकोे भन्दै कृषि ज्ञान केन्द्रका सहायक सूचना अधिकारी फिर्तुमान चौधरीले सोहीअनुसार खाद्यान्न आवश्यक पर्ने जानकारी दिए । उनका अनुसार दाङमा वार्षिक एक दशमलव ७८ प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको छ । दाङमा प्रतिव्यक्ति १८१ किलोग्रामका दरले खाद्यान्न आवश्यक पर्ने गरेको उनको भनाइ छ । बचतका हिसाबले आठ हजार ४०१.८३ मेट्रिक टन बचत हुँदै आएको छ । प्रतिव्यक्ति…
दैलेख: जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको र त्यसका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताए । वडा नं १ का वडाध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राति १५ जनाको टोली आएर अपहरण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजीकार्यमा लागेको बताए। गाउँपालिकाका उपाध्यक्ष सुस्मीता शाहीले भने घटनाको बारेमा आफूलाई प्रहरीले जानकारी दिएको उल्लेख गरे…
गाईघाट: गैरकानूनी रूपमा सिकार गर्ने कार्यले उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भिरपाखामा विगतमा पर्याप्त पाइने गरेको दुर्लभ पक्षी हुचिल हिजोआज यस क्षेत्रबाट लोप हुँदै गएको छ । बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिरपाखाको बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढी नगरपालिकाको कटुञ्जेबबला र चौदण्डीको पाखा पहरातिर व्यापक पाइने गरेको हुचिल हिजोआज गैरकानूनी रूपमा सिकार भएका कारण विस्थापित वा लोप हुँदै गएको चौदण्डी बबलाका रामबहादुर तामाङले बताए । “केही वर्षअघिसम्म चौदण्डीको कटुञ्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिलहरु पर्याप्त पाउने गरेको थियो, तर केही वर्षयता आएर यसको सिकार हुन थालेको…