Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

गलकोट: बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव शुरु भएको छ । सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि मन्त्री थापाले बाँझो जग्गालाई एकीकरण गरी ठूलो मात्रामा कृषिउपज उत्पादन गर्नुपर्ने बताउनुभयो । मन्त्री थापाले जग्गा धनीले जमिनलाई प्रयोगविहीन बनाउने र काम गर्नेको जग्गा नभएका कारण उत्पादनमा कमी हुन थालेका कारण बाँजो जग्गालाई एकीकरण गरी स्थानीय सरकार तथा सहकारीमार्फत सामूहिक खेती गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले खेतीयोग्य जग्गालाई एकीकृत गरी सामूहिक उत्पादनमा लाग्ने कृषकलाई गण्डकी प्रदेश सरकारले अनुदानका कार्यक्रम ल्याउने बताउनुभयो । सुन्तलालाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षदेखि सिगानामा…

Read More

कलैया: बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताउनुयो । शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटनाका बारेमा अनुसन्धान…

Read More

काठमाडौँ: सङ्घीय संसद्अन्तर्गत शुक्रबार शुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनमा विभिन्न २७ विधेयकमाथि कारवाही हुने भएको छ । राष्ट्रियसभामा दर्ता भएका १०, समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयकले अन्तिम रुप पाउन लागेको हो । राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको बचाउ र विरोधमा वादप्रतिवाद गर्नुभएको छ । सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएपछि सत्तारूढ दल नेकपा संसदीय दलका नेता दीनानाथ शर्माको पालो आएपछि उहाँले पाँचाँै अधिवेशनको शुभकामनाका साथ स्वागत मन्तव्य व्यक्त गर्नुभयो । उहाँले केही महत्वपूर्ण विधेयकलाई निकास दिनुपर्ने…

Read More

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको झन्डै एक सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ। जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्। ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केही दिनमै परिणाम आउला,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले भने, ‘प्रक्रिया पूरा हुन बाँकी रहेको र अनुसन्धान गोप्य हुने भएकाले सबै तथ्य अहिल्यै भन्न मिलेन।’ अनुसन्धान सकिएकाले छिट्टै मुद्दा लैजाने तयारीमा आयोग छ। अख्तियारका साक्षी र कतिपय आरोपित व्यक्तिको कागजमा सनाखत गर्न बाँकी रहेका कारण निर्णय परिपक्व नभएको स्रोतले बतायो। यो प्रकरणमा अख्तियारले ६ महिना लगाएर अनुसन्धान गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)…

Read More

काठमाडौँ : बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो । जिएमआरका निर्माण परियोजना प्रमुख केके शर्माले विद्युत् खरीद सम्झौता गर्ने निर्णय भएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बंगलादेश सरकारले जिएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी एनभिभिएनमार्फत खरीद गर्नेछ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरीद समितिले विद्युत् खरीद गर्ने निर्णयलाई स्वीकृत गरेको छ । निर्णय अनुसार बंगलादेशले प्रतियुनिट ७.७ सेन्टमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरीद गर्नेछ ।…

Read More

काठमाडौँ : प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा उपसभामुख डा।शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ । संघीय संसद ९प्रतिनिधिसभा र राष्ट्रियसभा०को पाँचौ अधिवेशन शुरु हनुअघि आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफे राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गर्नुभएको थियो । आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र र शोक प्रस्तावबोहक अन्य कार्यसूचीमा प्रवेश नगर्नुले यही पुस ११ गतेका लागि तोकिएको दोस्रो बैठकमा सभामुख निर्वाचनको मिति तोकिने…

Read More

काठमाडौँ: नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले एकान्त स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा कीर्तिपुरका मदन तामाङ, चितवनका सोम सुनार र सन्दीप गुरुङ, मकवानपुरका सन्तोष गोले, नवलपरासीका भरत थापा, चन्द्रागिरिका रिन्जेन मोक्तान, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम भुजेल, बर्दियाका राजु पौडेललगायत छन् । चोरी मुद्दा दर्ता गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

Read More

काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष र सुदृढ अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ । महान्यायधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’ मा उहाँले अनुसन्धानकर्ता र अभियोजनकर्ताले सक्षमता र विश्वसनीयताका साथ अनुसन्धान गर्नुपर्ने बताउनुभएको हो । “समाजमा न्याय र कानूनको शासनका लागि अपराध अनुसन्धान स्वतन्त्र, निष्पक्ष हुनुपर्छ”, उहाँले भन्नुभयो । फौजदारी न्याय प्रणालीको मेरुदण्ड नेपाल प्रहरी भएको उहाँको भनाइ छ । प्रधानन्यायाधीश जबराले प्रविधिको विकास र अपराधको बदलिदो परिस्थितिमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको जनशक्ति र क्षमता अभिवृद्धिमा विकास गर्नुपर्ने बताउनुभयो । एउटा निकायको सक्षमताले मात्र सुदृढ र सक्षम न्याय प्रणालीको…

Read More

कास्की: पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले आफ्नो अविजित यात्रालाई कायमै राखेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो तेस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार तीन खेलमा जीत हासिल गरेर अङ्क तालिकामा छ अङ्क जोडेर शीर्ष स्थानमा रहन सफल भयो । खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभर पूरै खेल्दै पाँच विकेटको नोक्सानीमा १८१ रनको विशाल योगफल तयार गरेको थियो । अघिल्लो दिनको खेलमा पराजित धनगढी आजको खेल जित्नका लागि १८२ रनको लक्ष्य पछ्याउने क्रममा पूरै ओभर खेलेर आठ विकेट गुमाउँदै १२९ रनमा…

Read More

काठमाडौँ: सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गरे । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो । नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । विधेयक अधिवेशनलाई यस पटक सभामुख चयन गर्नेुपर्ने दायित्वसमेत थपिएको छ । सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि हाल सभामुख पद खाली छ । सभामुख रिक्त…

Read More