Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

राजदमार (मकवानपुर): नेपाली सेनाले काठमाडौँ तराई/मधेश द्रूत मार्गमा पर्ने कूल ३८ हजार बढी काट्नु पर्ने रूखमध्ये २७ हजारी बढी काटी सकेको जनाएको छ। उसले सडकको मार्गधिकार अर्थात (राइट अफ वे) को बीच भागबाट समथर ठाउँमा तराईमा १०० मिटर र पहाडी ठाउँमा भिर र खोलामा ५० मिटरभित्र पर्ने रुखहरु (सरकारी र सामुदायिक बनका) रुख हाल आयोजना क्षेत्रमा काट्दै आएको छ। “अहिले हाम्रो राइट अफ वेमा काटे हुने रुख चाहिँ हामीलाई ३८ हजार ६ सय ६४ मात्रै हो र त्यसमा हामीले २७ हजार ६९ रुख चाहिं काटिसकेका छौं,” आयोजनाका कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख तथा प्राविधिक प्रमुख सेनानी (प्रसे) विश्वबन्धु…

Read More

कञ्चनपुर: कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमल सिंह ठगुनाको कोठा बाट चरेससहित चार जनालाई पक्राउ गरेको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । उनका अनुसार दार्चुलाको मार्मा गाँउपालिका–१ घरभै डेरा गरी बस्दै आएका ठगुन्नासहित वकिल सिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्नालाई पक्राउ गरिएको छ । पक्राउ परेकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

Read More

काठमाडौँ: नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भूटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशिकिरण रायमाझीले आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । लिगकम नकआउटका आधारमा सञ्चालन…

Read More

काठमाडौँ: साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ११.१७ अङ्कले बढेर एक हजार १७२.६४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४१ अङ्कले बढेर २५५.६० पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज कुल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर रु ७६ करोड ४० लाख २५ लाख २१३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १९, होटल ३.७, उत्पादन ४४.९८, अन्य १.९४, माइक्रोफाइनान्स उपसमूहको शेयर ८.२२ अङ्कले…

Read More

भरतपुर: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले रङ्गशाला निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको बताए । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि विनियोजन गरेको रु पाँच करोड भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिए । रङ्गशाला निर्माणस्थलमा भएको प्रगतिले उत्साह जागेको उनले बताए । “रङ्गशाला निर्माणमा दृढताका साथमा लाग्नुहोस्, हामी सहयोगमा कुनै कसर बाँकी राख्दैनौँ”,मुख्यमन्त्री पौडेलले भने । उनले विकास निर्माणमा परम्परागत सोच अन्य गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे । हरेक विकास निर्माणमा अवरोध हुन नुहुने भन्दै उनले त्यसको सुरक्षा राज्यले गर्ने…

Read More

काठमाडौँ: एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला रु ४०० र चाँदीमा प्रतितोला रु १० वृद्धि भएको छ । महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ८४० निर्धारण गरिएको छ । अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला रु ७० हजार ८००, तेजाबी सुन प्रतितोला रु ७० हजार ५०० र चाँदी प्रतितोला रु…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ । सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई हजार ५०० सवारी चालकलाई तालीम दिइने महानगरपालिकाले जनाएको छ । तालीममा उनिहरुलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागू गराउनका लागि प्रशिक्षण दिन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । सार्वजनिक यातायात चालकलाई दिइन लागिएको उक्त प्रशिक्षणका लागि काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न यातायात व्यवसायी प्रालिलाई पत्राचार गरिएको उनको भनाइ छ । प्रालिले सहभागी गराउनका लागि चालकको नामावली…

Read More

पोखरा: पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपरका स्थानीयले विमानस्थलका लागि थप १४८ रोपनी जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग गरेका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासीले विमानस्थलका लागि जग्गा अधिग्रहणका नाममा एउटै व्यक्तिलाई पटक पटक उठीबास हुनुपर्ने अवस्था आएको भन्दै दुःखेसो व्यक्त गरेका छन् । समितिका अध्यक्ष गनेस पौडेलले विमानस्थल परियोजनाका लागि थातथलो दिएका स्थानीयलाई आतङ्कित गराउने गरी पुनः जग्गा अधिग्रहणको सूचना जारी गरी आतङ्कित बनाइएको बताए । विमानस्थल क्षेत्रमा गरिएको जग्गा अधिग्रहणले सर्वसाधारणलाई विस्थापित गरेकोे उल्लेख गर्दै उनले विस्थापितको अधिकार सम्बन्धमा भएको डब्लुटिओको प्रावधान पूरा गर्न माग गरे ।…

Read More

काठमाडौँ: गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेला, मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त मेलामा स्थानीय कृषिजन्य उत्पादन, हस्तकलाका वस्तु, सूचना प्रविधि, दैनिक घरायसी सरसामान, लत्ता कपडा, श्रृङ्गारका सामग्रीलगायत प्रदर्शन गरिने छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पर्यटन उद्योगका लागि धेरै सम्भावना रहेको पोखरामा आउने पर्यटकलाई स्थानीय उत्पादन तथा संस्कृतिकाबारे जानकारी गराउन मेला महत्वपूर्ण हुने बताए । मेला…

Read More

डोटी: जिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्या भएको छ । भएका डाक्टर समायोजनमा परेपछि जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर छैनन् । डाक्टर नहुँदा बिरामीको जाँचदेखि शवको परीक्षण नहुँदा स्थानीयलाई निकै समस्या भएको छ । कूल चार सरकारी डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले शव परीक्षण गर्ने डाक्टर छैनन् । शवको परीक्षण गर्ने जिम्मेवारी पाएका डा भूषण मिश्रको समायोजनामा काठमाडाँै सरुवा भएपछि अहिले यहाँको अस्पतालमा शव परीक्षण गर्ने अधिकार पाएका डाक्टर छैनन् । डाक्टर नहुँदा शव परीक्षणका लागि जिल्ला बाहिरका अस्पताल लैजानुपर्ने बाध्यता भएको छ । यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिका–१ मा खार खोप केन्द्रमा मङ्गलबार खोप लगाएका स्थानीय टेकबहादुर मल्लका…

Read More