Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ। संसद्मा दुईतिहाइ समर्थन रहेको केपी ओली नेतृत्वको सरकार समाजवादी पार्टी फिर्ता भएसँगै सामान्य बहुमतमा झरेको छ।प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना छन्। दुईतिहाइ पुग्न एक सय ८४ जना सांसद आवश्यक पर्छ। नेकपासँग एक सय ७४ सांसद छन्। समाजवादी पार्टी १९ महिनाअघि सरकारमा सहभागी भएको थियो। संविधान संशोधनसहित दुईबुँदे सहमति गरेर सरकारमा सहभागी भए पनि त्यसमा नेकपा तयार नभएको भन्दै समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्रीबाट राजीनामा गरेका छन्। उनीसँगै सो दलबाट सरकारमा सहभागी मन्त्री इस्तिायक राईले पनि राजीनामा गरेका छन्। उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका यादवलाई मंसिर…

Read More

सिमकोट: हुम्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २० वटा सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । चिसो छल्न पुस महिनाको पहिलो सातामै कार्यालयका प्रमुखले जिल्ला छोड्न थालेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । जिल्लाको नियमनकारी निकायको प्रमुख मानिने जिल्ला प्रशासन कार्यालयसमेत प्रमुखविहीन बनेको छ । दैनिकजसो नागरिकता, भिसा बनाउन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीडभाड हुने भएता पनि प्रमुख जिल्ला अधिकारी नहुँदा समस्या भएको छ । मङ्सिर अन्तिम सातामा भारी हिमपात भएपछि चिसो बढ्दै गएपछि सरकारी कार्यालयहरुका प्रमुख जिल्ला बाहिर जान थालेपछि सेवा प्रभावित भएको छ । प्रमुखविहीन सरकारी कार्यालयमा…

Read More

काठमाडौँ:  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एतिहासिक धरहरा पुनःनिर्माणको काम सन्तोषजनक रहेको बताउनुभएको छ । आज धरहराको पुनःनिर्माणबारे स्थलगत अवलोकनको क्रममा प्रमुख ज्ञवालीले अहिलेकै अनुरुप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन दिनुभएको छ । सो अवसरमा प्रमुख ज्ञवालीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले हालसम्ममा ३२ प्रतिशत काम सम्पन्न भएको र त्यसका लागि रु ७५ करोड खर्च भएको जानकारी गराउनुभयो । भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । निर्माणको लागि जम्मा रु…

Read More

काठमाडौँ: राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई नेपालको संविधानमा व्यवस्था गरिएको मौलिक हकको कार्यान्वयनका लागि २० बुँदे सिफारिस गरेको छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष पूरा भएको सन्दर्भमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज सो सिफारिस गरेको आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो । सिफारिसमा मौलिक हक कार्यान्वयन सम्बन्धमा पारित ऐनमा रहेका त्रुटिलाई आयोग तथा अन्य सरोकारवाला निकायको सहभागितामा मानवअधिकारका अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल संशोधन गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने, मौलिक हक कार्यान्वयन सम्बन्धमा जारी भएका ऐनको पूर्ण कार्यान्वयनका लागि नियमावली र निर्देशिकासमेत निर्माण गरिनुपर्ने देखिँदा सरोकारवालाको परामर्श र सहभागितामा निर्माण गर्नुपर्ने रहेको छ । केही मौलिक हकको पूर्णरूपमा कार्यान्वयनको सुनिश्चितताका…

Read More

दमौली: नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल–भारतबीच देखिँदै आएको सीमा विवाद विषय कूटनीतिक तवरले सुल्झाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले नेपालको सीमाको विषय राष्ट्रियतासँग जोडिएकाले आफ्नो पार्टी त्यसका लागि सरकारलाई सहयोग गर्न तयार बताउनुभयो । उहाँले जनताको हितमा नरहेका विधेयकहरु रोक्न जनताको साथ आवश्यक भएको उल्लेख गर्नुभयो । नेता थापाले भन्नुभयो, “अधिकार खोस्नेगरी ल्याउन लागिएको विधेयक रोक्नका लागि जनताको साथ र सहयोग आवश्यक पर्छ ।”

Read More

काठमाडौँ: साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जनप्रशासन संघले संयुक्त रुपमा प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिलगंगा आखा अस्पतालबाट कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । हेमबहादुर मल्ल सम्मान २०७३ बाट घिसिङ र २०७४ बाट डा रुइतलाई सम्मान गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । पुरस्कार उपराष्ट्रपति नन्दकिशोर पुनको हातबाट शुक्रबार प्रदान गरिने जनाइएको छ । सम्मान छनौट समितिका संयोजक एवं राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले देशमा लोडसेडिङ हटाउन अतुलनिय योगदान गरेको भन्दै घिसिङ र आँखा उपचारमा अतुलनीय योगदानका लागि…

Read More

काठमाडौं : समाजवादी पार्टीले सरकार त्यागेको छ । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । त्यसको भोलिपल्ट उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् । त्यस्तै सहरी विकासमन्त्री मोहम्मद इस्तियाक रार्इले पनि प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पेश गरेका छन ।

Read More

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ । सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउने कानूनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने १४ निजी सवारी साधनलाई कारवाही गरेको छ । निजी नम्बर प्लेटका सवारी साधनले नयाँ बसपार्कबाट यात्रुलाई उपत्यकाका विभिन्न ठाउँमा पु¥याएर भाडा लिँदै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले निजी नम्बर प्लेटका सवारी साधनले…

Read More

काठमाडौँ : सङ्घीय संंसद् संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्य पदमा प्रस्तावित लक्ष्मीबहादुर ‘निराला’ खड्काको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सुुनुवाइ प्रक्रियालाई अघि बढाउने सन्दर्भमा बैठकले उक्त पदका लागि प्रस्तावित निरालाप्रति कुनै सिकायत भए १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । परिषद्का सदस्य पदम वैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले निरालाको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएका थिए ।, निराला पुराना र वरिष्ठ वकिल हुन । यसअघि केही समय उनले महान्यायाधिवक्ताको जिम्मेवारीसमेत सम्हालेका थिए । समितिले…

Read More

बुटवल : अर्घाखाँचीको नरपानीमा १८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण तीब्र गति र चालकको हतारो भएको छानबिन समितिले निश्कर्ष निकालेको छ । गत मंसिर ११ गते भएको दुर्घटनाको छानबिन गर्न अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा समिति गठन गरिएको थियो । दुर्घटनास्थलको अवलोकन र अन्य सम्बन्धित पक्षसंगको अध्ययन गर्दा घुम्ती मोडमा तीब्र गतिको कारण चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको छानबिन समितिका सदस्य पत्रकार गणेश खनालले जानकारी दिए । अगाडिका यात्रु चढाउने लोभमा ट्रकलाई ओभरटेक गर्दा बस दुर्घटना भएको बयान प्रत्यक्षदर्शीले छानबिन समितिलाई दिएका छन् । चालकले बोनटमा बसेकी महिलासंग…

Read More