Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । सुनको मूल्य आज २,२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । शुक्रबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो । चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँ कायम भएको हो । मङ्सिर नजिकिएसँगै बजारमा सुनचाँदीको सिजन सुरु भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बनारमा सुन सस्तो बन्दै जाँदा सर्वसाधारणले राहतको महसुस गरेका छन् ।
काठमाडौँ: भारतीय स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। प्रधान सेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन्। उनी मंसिर ५ गते नेपाल आएर ९ गते फर्किने नेपाली सेनाले बताएको छ। उक्त भ्रमणमा उनले प्रधानमन्त्री र रक्षामन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ। उनी नेपाल भ्रमणका क्रममा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगीअड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति महारथी सिग्देलसँगको भेटघाट र छलफल गर्ने कार्यक्रम छ।
काठमाडौँ:डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेका उद्योगहरूलाई मंसिर १२ भित्र बक्यौता महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरणले सूचना गरेको छ। अन्यथा नियमअनुसार कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ। बिहीबार जरुरी सूचना जारी गरी मन्त्रिपरिषद् र विद्युत् प्राधिकरण सञ्चालक समितिका बैठकले बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय गरेको जानकारी गराउँदै सोबमोजिम बाँकी रकम तिर्न प्राधिकरणले उद्योगहरूलाई ताकेता गरेको हो। सूचनामा भनिएको छ- बिलअनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०८१ मंसिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनु हुन अनुरोध गरिन्छ। तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने बेहोरासमेत जानकारी गराइन्छ।
काठमाडौँ: अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरका एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन्। आइतबार गोली प्रहारबाट मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ निवासी प्रधानाध्यापक प्रेम बहादुर बोम्जन गम्भीर घाइते भएका हुन्। सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६, स्थित जंगलको बाटोमा अज्ञात समूहले प्रहार गरेको गोली बोम्जनको बायाँ बंगारा मुनी अड्किएको प्रहरीले जनाएको छ। जंगलमा लुटेराहरूले लुकेर गोली प्रहार गरेको बताइएको छ। घाइतेलाई तत्काल उद्धार गरी सर्लाहीको बागमती स्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बारा रिफर गरिएको प्रहरीले जनाएको छ। बोम्जन रौतहटको गैयाटार स्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना ४० प ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए। सो क्रममा…
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा करिब १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक ६२.५४ अंकको वृद्धि पछि दुई हजार सात सय ३८.०६ को अंकमा कायम भएको हो । तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता सेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी ४.२६ प्रतिशतको वृद्धि देखिएको छ । बैंकिङ एक दशमलव ६२, विकास बैंक २.७१, वित्त २.४८, होटल तथा पर्यटन ०.९६…
बिराटनगर: मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन लीलाबल्लभ अधिकारीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । सत्तारुढ नेकपा (एमाले)ले शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको अवस्थामा अधिकारीलाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउने गरी नियन्त्रणमा लिइएको हो । अधिकारीलाई आइतबार दिउँसो साढे १ बजेको जहाजमार्फत् विराटनगरबाट काठमाडौं ल्याएर प्रहरीमा उपस्थित गराइँदैछ । जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनलाई कारबाही गर्न नेकपा एमालेमाथि चर्को दबाब परेको थियो । एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई निलम्बन…
काठमाडौं: हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो । बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो…
काठमाडौँ:गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । विमानस्थल उदघाटन भएको साढे दुई वर्षपछि स्वदेशी र विदेशी गरी चारवटा कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेका हुन् । एकैपटक धेरैवटा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि यहाँका पर्यटन व्यवसायीमा खुसीयाली छाएको छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गरेको विमानस्थलका प्रवक्ता विनोद रावतले बताउनुभयो । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान…
काठमाडौँ: हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार बसेको प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा यस्तो सहमति भएको हो । सहमति अनुसार एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिदिएको छ । त्यस्तै, एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडादर कायम गर्ने सहमति समेत भएको छ । बैठकले हवाइ टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमामात्रै गर्ने समेत निर्णय…