काठमाडौँ:
स्थानीय तहको उपनिर्वाचन अन्तर विभिन्न ४१ पदका लागि आज मतदान सम्पन्न भएको छ।
देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदना सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।
आयोगले केही बेरअघि विज्ञप्ती निकालेर निर्वाचनमा ६२ प्रतिशत मत खसेको जानकारी दिएको हो।
आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटाले उम्मेदवारी दिएका थिए।
उनका अनुसार मतदान सम्पन्न भएर सुरक्षित रुपमा मतपेटिका संकलन भएपछि तत्काल मतगणना सुरु गर्न आयोगले निर्देशन दिएको छ।
Facebook Comments Box
