Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सुरुङ्गा: पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् । सडक छेउमा रोकीराखिएको ना५ख ७६६ नं को ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नं को कारसँग ठक्कर खाँदा मोटरसाइकल चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : सामान्य रुपमा मौसम परिवर्तनले होस् या तातो चिसो खानेकुरा नमिलेर होस् प्राय मान्छे रुघा खोकीको सिकार हुने गरेका छन् । हरेक मौसममा रुघाखोकीले हरेक उमेर समूहका मानिसहरुलाई सताउने गर्दछ तर पनि धेरै जसोलाई यसले जाडो महिनामा सताउने गर्छ । रुघा लाग्नुको प्रमुख कारण भनेको ‘rhino virus ‘ नै हो । अरु दुई सयभन्दा बढी प्रकारका भाइरसबाट पनि यो रोग लग्न सक्छ । रुघाखोकी लाई प्राय सामान्य रोगमा नै गनिने गर्दछ तर सामान्य भन्दै हेल्चक्राई भने पक्कै गर्न हुन्न । लक्षणहरु : घाटी खस्खसाउने, दुख्ने, शरीर गल्ने, नाखबाट पातलो सिंगान बग्ने, खोकी लाग्ने, ज्वरो…

Read More

काठमाडौं : १३ औँ सागको पुरुष फुटबलको फाइनलको टिकट किन्ने दर्शक प्रहरीबाट कुटिएका छन्। आज मंगलबार १३ औँ सागको पुरुष फुटबलको फाइलन हेर्नका लागि टिकट लिन पुगेका दर्शक रंगशालाबाहिरै प्रहरीबाट कुटिएका हुन्। नेपाल र भुटानबीच हुने पुरुष फुटबलको फाइनल हेर्न बिहानैदेखि दर्शकहरु दशरथ रंगशाला बाहिर पुगेका थिए। टिकटका लागि उनीहरु बिहानै रंगशाला पुगेका हुन्। यसअघि नै आयोजकले टिकट सकिएको बताएको थियो। टिकट लिन जानेको भीड बढ्दै गएपछि प्रहरीले उनीहरुलाई हट्न पटक पटक आग्रह गरेको र नहटेपछि लाठी प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताए। प्रहरीले केही व्यक्तिलाई घेरा हालेर लात्तीले समेत कुटेको थियो। प्रहरीबाट भएको दमनको फोटो खिचिरहेका नागरिक दैनिकका…

Read More

बैतडी: पाटन नगरपालिकाले वडा कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको छ । भवन नभएका र पुराना जीर्ण भवन भएका वडा कार्यालयका भवन निर्माणमा प्राथमिकता दिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । दश वडा रहेको नगरपालिकाका तीन वटा वडाका नयाँ भवन निर्माण सम्पन्न भएको र चालू आवमा थप तीन वडाका भवन निर्माण गर्न बजेट विनियोजन भएको छ । नगरप्रवक्ता लोकबहादुर भण्डारीका अनुसार रु ४०÷४० लाखको लागतमा वडा कार्यालयका भवन निर्माण सम्पन्न भएका हुन् । उनले भने, “वडा नं ३, ७ र ९ का वडा कार्यालय भवन निर्माण भएर सेवा सञ्चालनमा आइसकेका छन् ।” वडा कार्यालयको भवन निर्माण भएपछि दैनिक कामकाज…

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले माग्ने पेशामा लागेका व्यक्तिलाई कडा कारबाहीको चेतावनी दिएको छ । महानरपलिकाले आजदेखि तीन दिनभित्र माग्ने वा असहायमार्फत माग्न लगाउने व्यक्तिलाई यस्ता गतिविधि रोक्न चेतावनी सहितको सार्वजनिक अपिल जारी गरेको छ । मुलुकी अपराध संहितामा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय, कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र रु दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने संहितामा रहेको छ । कामनपा प्रमुख विद्यासुन्दर शाक्य भन्छन, “माग्ने पेशा गर्न नपाइने कानूनलाई…

Read More

चिप्लेढुङ्गा: गण्डकी प्रदेशका प्रदेशसभा सदस्य महिलाले समान पदमा पनि विभेदको सामना गर्नुपरेको अनुभव सुनाएका छन् । मिडिया हाउस र युएनडिपीको सहयोगमा पोखरामा भएको लैङ्गिक सवालमा संसदीय निगरानी कार्यक्रममा प्रदेशसभा सदस्यले मिश्रित र प्रत्यक्ष प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यलाई विभेदको दृष्टिकोणले हेरिने गरेको अनुभव सुनाएका हुन् । प्रदेशसभा सदस्य धनमाया लामाले भनिन, “हामी एउटै रङको कोट लगाउँछौँ, एउटै लोगो छ तर पनि प्रत्यक्ष र समानुपातिक भन्दै विभेद गरिन्छ, यसले हाम्रो आत्मसम्मान चोट पुगेको छ, प्रत्यक्षमा अधिकांश पुरुष निर्वाचित हुनुहुन्छ, स्वभाविक पनि हो प्रत्यक्षमा पुरुषले नै टिकट पाउनुभएको छ । राजनीतिमा निरन्तर योगदानसहित समानुपातिकबाट सभा सदस्य बने पनि दयामायाबाट मात्रै अवसर पाएजस्तो…

Read More

पोखरा:  पोखरा महापालिका–२३ चापाकोटमा यही मङ्सिर २५ देखि २९ गतेसम्म हुने ‘चापाकोट देउराली सामुदायिक घरवास सांस्कृृतिक महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भए पनि ओझेल परेका कारण चापाकोटको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको र सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए । पोखराबाट १३ किलोमिटर पश्चिमतर्फ रहेको उक्त ठाउँमा चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक घरवास र पोखरा महानगरपालिका वडा नं २३ ले संयुक्तरूपमा महोत्सव गर्न लागेका हुन् । महोत्सवमा स्थानीय संस्कृति, राष्ट्रिय कलाकारको लोकदोहोरी तथा हास्य कलाकारको प्रस्तुतिका साथै नौमतीबाजा, भजन चुड्का…

Read More

बैतडी: जिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ । जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाइ हुने ८७ र ४४ माध्यमिक विद्यालय दरबन्दीविहीन रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए । यी विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका उनले बताए । उनले थपे, “विसं २०५२ पछि स्थापना भएका धेरै विद्यालयमा दरबन्दी नभएका हुन् ।” राजनीतिक पहुँचका आधारमा विद्यालय सञ्चालनको अनुमति प्रदान हुँदा…

Read More

काठमाडौँ: १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् । आज दशरथ रंगशालामा हुने समापन समारोहलाई प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले जानकारी दिए । प्रधानमन्त्री ओलीले १३ औं सागको उद्घाटन समारोह अस्पतालमा बसेर टिभीमार्फत हेरेका थिए । सिलवालका अनुसार प्रधानमन्त्रीले बुधबार खेलाडीको नाममा सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्नेछन् । उक्त प्याकेज खेलाडीका लागि हालसम्मकै ठूलो प्याकेज हुने सिलवालले बताए । समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा…

Read More

काठमाडौं : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज समापन हुँदैछ । आज अन्तिम दिन विभिन्न ५ खेलहरु फुटबल, बास्केटबल, बक्सिङ, जुडो र स्क्वासमा प्रतिस्पर्धाहरु हुँदैछन । फुटबलतर्फ पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल अपरान्ह ३ बजे हुनेछ । बास्केटबलको पनि फाइनल खेल आज हुनेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल अपरान्ह १ बजे हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह ३ ः३० बजे शुरु हुनेछ । त्यसैगरी महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष…

Read More