Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले अनलाईन ठगी अनुसन्धान गर्ने क्रममा उनीहरु बैंक ह्याकिङमा संलग्न भएको देखिएको जनाए । महाशाखाले पक्राउ परेकाहरुबारे जानकारी दिन आज १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ । थापाका अनुसार पक्राउ पर्ने तीनै जना नेपाली हुन् । तर उनीहरुको सम्पर्क बैंक प्रणाली ह्याकिङ गर्ने विदेशी समूहसँग देखिएको छ । केही समयअघि राजधानीको दरबारमार्ग लगायतका स्थानमा एटीएम ह्याक गरी करोडौं रकम लुटिएको थियो ।
राजविराज : सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।, उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरिएको हो । स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताए । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं : नेपाल तरुण दलले १३ औँ दक्षिण एसियाली खेलकुदमा भ्रष्टाचार गरेको भन्दै खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई बर्खास्त गर्न माग गरेको छ । सागका खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गरेको भन्दै दुवैजनालाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कारवाही गर्न तरुण दलले माग गरेको हो । नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरिद गर्नुले देशकै बदनाम भएको ठहरसहित नेपाल तरुण दलको ध्यान आकर्षण भएको छ । नेपाली खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ…
काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई वित्तीय स्थायित्वमा आँच पुग्ने काम गरेको भन्ने आरोपमा दोषी ठहर गरिएको छ । हिजो श्रेष्ठ उपर छानबिन गर्न बनेको समितिले मंसिर २४ गते राष्ट्र बैंक सञ्चालक समितिमा प्रतिवेदन बुझाएको छ। श्रेष्ठमाथि लागेको आरोप छानबिन गर्न राष्ट्र बैंकले सञ्चालक डा। श्रीराम पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले राष्ट्र बैंकमा बुझाएको प्रतिवेदनमा उनलाई दोषी ठहर गरिएको छ। छानबिन समितिले तत्कालिन ग्राण्ड बैंकको साढे २ करोडभन्दा बढी र तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको २ अर्ब कर्जा घोटाला लुकाएको, एनसेललाई लगानीको तुलनामा करिब २ अर्ब लाभांश लिन सहयोग गरेको र विदेश भ्रमणमा गई दोहोरो…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई भेट्दै छन । भेटघाटका लागि उनीहरुलाई प्रधानमन्त्री ओलीले आज बुधबार बालुवाटारस्थित निवासमा दिउँसो सवा २ बजे बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई बधाइ दिने प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी रहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण सागको उदघाटन र समापन समारोहमा सहभागी हुन पाएका थिएनन् । उनले समापन समारोहको दिन हिजो मंगलबार भिडियो सन्देशमार्फत् खेलाडीहरुलाई बधाई दिएका थिए । नेपाल साग प्रतियोगितामा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोस्रो…
काठमाडौँ: शिक्षा, स्वास्थ्य एवम् रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १३० दशमलब पाँच प्रतिशतले वृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले आज सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि भएको पाइएको हो । उक्त प्रतिवेदन एक कार्यक्रमका बीच आज अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गर्नुभयो । उक्त प्रतिवेदनमा सन् १९९० देखि २०१८ बीचमा करिव १३०.५ प्रतिशत वृद्धि भएको उललेख छ । नेपालको मानव विकास सुचकाङ्क मूल्य र श्रेणी मानव विकास सुचकाङ्क मूल्य सन् २०१८ का लागि ०.५७९ छ । यसले देशलाई मध्यम मानव विकास सुचकाङ्क श्रेणीमा…
काठमाडौँ: सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभाङ्श दिने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट बैंकले छ प्रतिशत शेयर लाभाङ्श र २४ प्रतिशत नगद लाभाङ्श दिने भएको हो । वितरणयोग्य मुनाफाबाट उक्त लाभाङ्श वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएका छ । नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएकाले उक्त लाभाङ्श वितरण गरिनेछ । सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक छ प्रतिशतले हुने नगद लाभाङ्श रकमसमेत प्रदान गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
काठमाडौँ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत् परियोजनामा देखिएका समस्या समाधान गर्न सरोकार भएका सबै पक्ष एकमत भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र कार्यान्वयनमा लैजाने र समस्या समाधानका लागि मिलेर अगाडि बढ्ने सहमति भएको छ । छलफलमा विभिन्न चार बुँदे सहमतिसमेत भएको छ । कूल १ हजार २०० मेगावाट क्षमताको सो आयोजनाका प्रभावितमध्ये बाँकी रहेका धादिङको खहरे बजार र गोरखाको आरुघाट तथा आर्खेत बजारको यही मङ्सिर १५ र १६ गते छुट्टा–छुट्टै रुपमा मुआब्जा निर्धारण गरिएको थियो । प्रतिरोपनी रु ५० हजारदेखि रु ७ लाखसम्म मुआब्जा निर्धारण गरिएको छ ।…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न मंगलबार अपराह्न टिचिङ्ग अस्पताल पुगेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् । ‘नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो, ‘ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो । उनी १० दिन अस्पताल बसेर १९ मंसिरमा बालुवाटार फर्किएका थिए । प्रधानमन्त्री ओलीको करिजव १२ वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको छ । उनको मिर्गौला पुनः…