काठमाडौं, असोज ३० : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा सर्वाधिक मत पाएर विजयी भएका छन्।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार महर्जनले पाँच हजार ३३० मत प्राप्त गरेका हुन्।
प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेत निष्कल राईले चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन्।
त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्राडा गोविन्दराज पोखरेलले चार हजार ४६०, इन्जिनियर मोहन आचार्यले चार हजार ३७०, जितनारायण श्रेष्ठले चार हजार ३४७ र प्रवल थापाले चार हजार १७५ मत प्राप्त गरेका छन्।
