Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: जलपरीको नामले चिनिने पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जित्न सफल भएकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान समेत आफ्नै नाममा बनाएकी छन् । गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई पछि पारिन् । शिवा‌ंगीको समय ५८.१५ सेकेन्ड रह्यो । सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।…

Read More

काठमाडौँ: तेह्राँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएको हो । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेको हो । यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो । सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेको थियो । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो । त्यसैगरी महिला ४८ केजी तौलसमूहमा ललिता महर्जनले रजत पदक हात पारिन । उनी…

Read More

काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान निरु थापा र मनमाया लिम्बु अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै निरु र मनमायाले सन्यासको घोषणा गरेका हुन् । निरु फरवार्ड र मनमाया डिफेन्स हुन् । निरुले सागमा टोलीलाई स्वर्ण पदक दिलाएर सन्यास लिने चाहना रहेको बताउँदै आएकी थिइन् । तर, उनको इच्छा भने पुरा हुन सकेन ।

Read More

हेटौँडा: प्रदेश ३ का प्रमुख सचिव तोयम रायले प्रदेश सरकारको भ्रष्टाचार विरुद्धको कार्ययोजना निर्माण कार्य प्रारम्भ भएको जानकारी दिएका छन् । प्रमुख सचिव रायले प्रदेश सुशासन ऐन तर्जुमाको चरणमा रहेको तथा स्थानीय तहबाट सम्पत्तिको विवरण लिएर राखिएको बताए । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाद्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका तर्फबाट भ्रष्टाचार नियन्त्रणका लागि भएका र हुन गइरहेका गतिविधिका बारेमा प्रस्तुतीकरण गर्दै प्रमुख सचिव रायले खरिद प्रक्रियालाई चुस्त–दुरुस्त र पारदर्शी बनाउन सरकारले सार्वजनिक खरिद नियमावली, २०७६ स्वीकृत गराइसकेको जानकारी दिए । उनले सरकारले सम्पादन गर्ने कार्यहरुको जानकारी आदानप्रदान गरी गुणस्तरीय सेवा प्रवाह गर्ने…

Read More

काठमाडौं : साग महिला फुटबलको फाइनल खेल हारेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट हरि खड्काले राजिनामा दिने घोषणा गरेका छन् । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएको छ । अप्रत्यासित नतिजालाई स्विकार्दै नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्काले आफू सबै जिम्मेवारीबाट राजीनामा पदने निर्णयमा पुगेको बताएका छन । उनको नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो । खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो । मुख्य प्रशिक्षकबाट राजिनामा दिएपछि महिला फुटबलको…

Read More

काठमाडौँ :राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले आजै सरकारलाई परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिए । निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गतेबाट पदावधि सकिँदैछ । तीमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एक सदस्यको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५…

Read More

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक पाइएको छ । चालू आव २०७६र७७ को प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनअनुसार मन्त्रालयका पाँच राष्ट्रिय गौरवका आयोजनाको काम प्रगति उन्मुख पाइएको हो । मुलुकका राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत २२ वटा आयोजनामध्ये पर्यटन मन्त्रालय मातहत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८४ दशमलव २५ र वित्तीय प्रगति ५४ प्रतिशत रहेको छ । सन् २०२० को मार्च महिनाभित्रै सञ्चालनको तयारीमा रहेको टर्मिनल भवन फिनिसिङ, प्राविधिक…

Read More

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदकमै चित्त बुझाउनु परेको छ । पोखरा रंगशालामा आज सोमबार भएको फाइनलमा नेपाल भारतसँग २(० ले पराजित भएपछि नेपाल उपविजेता बनेको हो । भारतका लागि बाला देवीले २ गोल गरिन् । १६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी डिफेन्डर स्विटी देवीले ब्लक गरिन् । उक्त ब्लकपछि काउन्टर अट्याकमा दाङमेइ ग्रेसको प्रहारले पोस्टको दिशा लिन सकेन । १८ औं मिनेटमा भारतले अग्रता लियो । डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा बालादेवीले गोल गर्दै भारतलाई अगाडि बढाइन् । ३४ औं मिनेटमा अमृता जैसीको…

Read More

काठमाडौँ: साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५०० ले घटेको सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७० हजार ७०० कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला रु ७० हजार ९०० मा कारोवार भएको थियो । स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ । महाससङ्घले चाँदीको मूल्य प्रतितोला रु…

Read More

लहान: पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स.१च ६९३ नंको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । महराको घटनास्थलमै र मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । मृतक दुवैको शवपरीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको जनाइएको छ ।

Read More