Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: पश्चिमी वायुले राजधानीको प्रदूषण घटाएको छ। केही दिनयता नेपाल प्रवेश गरेको यो वायुले गत साताको राजधानीको अस्वस्थकर वायु प्रदूषणको स्तरलाई स्वास्थ्यका लागि असर नपर्ने स्तरमा झारेको हो। ‘पश्चिमी वायुले धुवाँ र धुलोलाई बढारेर उपत्यकाको मौसमलाई आइतबार सफा बनाइदिएको छ,’ मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्। जाडो याममा बढ्दो प्रदूषण राजधानीको विशेषता नै हो। यो समयमा उपत्यकाको तापक्रम घट्दै जाँदा धुवाँ–धुलोले प्रदूषण बढाउँछ। राजधानीका विभिन्न स्थानमा जडान गरिएका सात वटा प्रदूषण मापन स्टेसनमध्ये अमेरिकी दूतावासले स्थापना गरेको दुई स्टेसनले वायुको गुणस्तरको सूचकांक अर्थात एयर क्वालिटी इन्डेक्स (एक्वा)लाई आइतबार अद्यावधिक गरेका छन्। तिनले वायु प्रदूषणको स्तरलाई मोडरेटू अर्थात स्वास्थको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शैयाबाटै भएपनि १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन समारोह हेरेका छन् । उनले आइतबार अस्पताल कोठाभित्र हिँडडुल पनि गरेका छन्। यस्तै आईतबारै उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आठौं पटक डायलासिस गरिएको छ । आइतबार उनको आठौं डायलासिस गरिएको हो । मंगलबार र बुधबार पनि डायलासिस गरिएको थियो । त्यसपछि शनिबार सातौं डायलासिस गरिएको थियो । उनको मंगलबार सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । सघन उपचार कक्षमा रहेको उनको स्वास्थ्यमा सुधार भइरहेको छ । उपचारमा संलग्न एक चिकित्सक भन्छन्, ‘उहाँको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ ।’
पोखरा: कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी हुनुभएको छ । उहाँ २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए । यसैबीच, निर्वाचन अधिकृतको…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाल जारी रहेको कामअनुसार तीन महिनाभित्रै १० मेगावाट क्षमताको विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो । हालै मात्र प्राधिकरणले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरिसकेको छ । आयोजना प्रमुखका अनुसार आयोजनाबाट दुई चरणमा आगामी छ महिनाभित्र शतप्रतिशत विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । “नुवाकोटको विदुर नगरपालिका ६ र १२ मा पर्ने देवीघाट जलविद्युत् केन्द्रको खाली जग्गा सम्याउने काम पूरा भइसकेको छ”, आयोजना प्रमुख रघुवंशीले भन्नुभयो,…
काठमाडौँ: स्थानीय तहमा उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको मिलेमतोमा योजना कार्यान्वयनका लागि कानूनले तोकेको आवश्यक प्रक्रिया पूरा नगरी रकम भुक्तानी गर्ने प्रवृत्ति बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उपभोक्ता समितिले पेश्की दिने, कामै नगरी फछ्र्योट गर्ने, योजना नै सम्पन्न नगरी कार्यसम्पन्न प्रतिवेदन बनाई वा नबनाई भुक्तानी दिने तथा कमिशन लिई कार्य सम्पन्न नभएका आयोजनाको फरफारकसमेत गर्ने प्रवृत्ति देखिएको छ । आयोगले पछिल्ला दिनमा स्थानीय निकायमा भ्रष्टाचार बढेको भन्दै गैरकानूनी कार्य तत्काल बन्द गरी स्थानीय सरकार सञ्चालन ऐन, तथा प्रचलित सार्वजनिक खरीद ऐन र नियमावलीबमोजिमको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । ठूलो रकम पेश्की लिई समयमा योजना…
काठमाडौँ: १३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोह सुरु भएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन् । साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका छन् । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका थिए । यसअघि समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताए। उनले भने , “यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो ।” मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्र्मा, सदस्य सचिव रमेशकुमार…
काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत भएका छन् । पुनरावेदन समितिले प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडितलाई लाभग्राही कायम गरेको हो । समितिले एक हजार ५२० मुद्दाको फैसला गरेको सदस्य अधिवक्ता भीष्मराज कडरियाले बताए । उनका अनुसार ३८९ लाई गैर लाभग्राही, ३७२ मुद्दा खारेज, ६४ लाभग्राही र १९ मुद्दालाई तामेलीमा राखिएको छ । समितिमा दर्ताका लागि छ हजार ४५ को आवेदन सङ्कलन भएको छ । जाँचबुझ गरी चार हजार ७८५ निवेदन दर्ता भएका थिए । दुई हजार ९२५ मुद्दाको प्रमाण बुझ्न आदेश…
काठमाडौं :नेपाल बंगलादेश बैंकले आफ्ना शेयरधनीलाई दिने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । सभामा बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ७ गते वार्षिक साधारण सभा बोलाएको हो । बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिन लागेको हो । साधारण सभा गर्नका लागि बैंकले मंसिर २६ गते बुक क्लोज गर्दैछ । मंसिर २५ गतेसम्म कायम सेयरधनीले नगद लाभांश पाउनेछन् । साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान ९ बजे सुरु हुनेछ । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण…
काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा डा गभर्नर नेपालले राष्ट्र बैंकले निकै मेहनतपछि लगानीमैत्री नीतिगत सुधार गरेकाले पछिल्ला वर्षमा अर्थतन्त्रका सकारात्मक सूचक देखा पर्न थालेको उल्लेख गरे । उनले भने, “मुलुकको अर्थतन्त्रलाई सबलीकरण गर्न राष्ट्र बैंकले राम्ररी अध्ययन र मेहनत गरेर विभिन्न नीतिहरु ल्याएको छ, त्यसैको परिणामस्वरुप तीन वर्षयता नेपालको अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको छ । यसको प्रभाव अझै बढ्ने देखिन्छ ।” गभर्नर नेपालले व्यापार, वाणिज्य तथा उत्पादनमूलक…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता जनाएका छन । नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उनले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पारे । अध्यक्ष दाहालले भने, “द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छ, विस्तृत शान्ति सम्झौता भएदेखि नै हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउनु हुँदैन भनेर भन्ने मै हुँ, प्रत्येक घटनाको छानबिन गरौँ भनेर मैले नै भनेको हुँ ।” …