Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
कावासोती : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूभाग नेपाली भूमि भएको बताउनुभएको छ । नेपाल पे्रस युनियन नवलपुर शाखाले आज आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उहाँले कालीपूर्वको कालापानीसहितको भूभाग नेपालको भएको दावी गर्नुभयो । महाकाली सन्धिमा समेत स्पष्ट रुपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको बताउँदै उहाँले यसको पूर्वको भूभाग नेपालको भएकोे स्पष्ट पार्नुभयो । भारतले काली नदी र नेपालले महाकाली भन्ने गरेको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको उहाँले उल्लेख गर्नुभयो । सभापति देउवाले अङ्गे्रजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी भन्ने…
काठमाडौँ: सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम यथास्थितिमा राख्न आदेश जारी गरेको छ । न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले आज बारामा निमार्णाधीन विमानस्थलमा निर्माण प्रक्रिया यथास्थितिमा राख्न आदेश जारी गरेको हो । निजगढ वन संरक्षण समितिका तर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी र भरत बस्नेतलगायतले संयुक्तरुपमा बिहीबार दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइमा अन्तरिम आदेशका लागि सबै पक्षलाई बोलाएर छलफल गर्न भनिएको छ । सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निजगढमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । यसअघि पनि सर्वोच्च अदालतमा विमानस्थल निर्माण गर्दा रुख काटिनेविरुद्ध रिट दायर गरिएको थियो । यसअघि…
काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रले खेलेको भूमिकाको चर्चा गर्दै प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्ने बताउनुभएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ लिमिटेडको आज सम्पन्न आठौँ स्थापना दिवस र सातौँ वार्षिक साधारणसभामा उहाँले भन्नुभयो, “तपाईँहरुले दुःख आन्दोलन गरेर प्राप्त गरेको उपलब्धिलाई जोगाउन सबै सहकारीकर्मी एकजुट हुनुको विकल्प छैन, त्यसैले नियमअनुसार अघि बढ्नुस् ।” अन्तर सहकारी भुक्तानी प्रणालीको शुरुआत गर्न आग्रह गर्दै मन्त्री अर्यालले त्यसो भए मात्र सहकारी संस्थाको थप विकास हुने बताउनुभयो । राम्रो कारोवार गर्ने सहकारीको वार्षिक विवरण सार्वजनिक गर्नुुपर्ने धारणा राख्दै उहाँले सबै सदस्यलाई आकर्षण गर्न कूल पूँजीको…
कान्दाहार (सिन्हवा): अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन् । बिहीबार अपराह्न कान्दाहार प्रान्तको नेश जिल्लामा गरिएको हवाई कारबाहीमा नौ लडाकू मारिएका थिए । त्यसैगरी हेलमण्ड प्रान्तका नहर ए साराज जिल्लामा भएको हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिएका छन् । उक्त प्रान्तहरुमा सक्रिय रहेका तालिबानी लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । हेलमण्ड र कान्दाहार तालिबानी लडाकू समूहको बलियो प्रभाव रहेको प्रान्त मानिन्छ । तर हाल सुरक्षाबलले पटक पटक यी लडाकू विरुद्ध गरेको कारबाहीको क्रममा सो प्रान्तका कैयौं…
घोराही: राजनीति, समाजसेवा र अधिकारकर्मीको परिचय बनाउनुभएकी सुशीला पौडेल हिजोआज गाउँघरमा उत्पादित सामग्री खोज्न तल्लिन हुनुहुन्छ । उनले पुराना सामग्रीको सङ्कलन गरी यहाँ बिक्री केन्द्रसमेत स्थापना गरेकी छिन । पछिल्लो पुस्ताले बिर्सन लागेको चिउरीको घिउ, सिन्की, मकै, कोदो, फापरको पीठो र सातु बिक्री केन्द्रमा राखीएको छ । साल र मालुका पातको टपरी, टपरी गास्न आवश्यक पात, बाँसको सिन्का , बेसार, गाईको घिउ जस्ता सामग्री केन्द्रमा रहेका छन् । बरी (मस्यौरा), मुलाको चाना, पिँडालु, लट्टे पाप्रो सहित दैनिक पूजा आजामा प्रयोग हुने सामग्रीले केन्द्रमा पाईन्छ । उनी भन्छन “रुकुम, रोल्पा, सल्यान र प्यूठानबाट कोदो, फापर, आटो, पीठो, सिन्कामारी खोजेर…
कास्की: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ । पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो । नेपालकी कप्तान रुविना क्षेत्रीले टोलीका लागि सर्वाधिक १९ रन जोडिन् भने कविता कुँवरले अविजित १३ रन जोडेकी थिइन् । सोनु खड्का र सरस्वती चौधरीले…
डोटी: जोरायल गाउँपालिका वडा नं २ स्थित कफलकटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । रावलले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयमा छिमेकी राष्ट्र भारतको इलाहावादबाट प्राप्त उच्च शिक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी नियुक्त लिएको भन्दै परेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रावलमाथि अनुसन्धान थालेको थियो । अख्तियारको अनुसन्धानपछि रावलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट रावल दोषी देखिएपछि विशेष अदालतमा कारवाहीको मागसहित मुद्दा दायर गरिएको आयोगको क्षेत्रीय कार्यालयले जनाएक
खलङ्ग: नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ । नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो । बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुगेका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर प्रेमबहादुर क्षेत्रीले बताए । नेपाल टेलिकमका वरिष्ठ इञ्जिनीयर क्षेत्रीसहित चार जनाको टोली अहिले फोरजी सेवा सञ्चालन गर्न रारामै रहेको छ । उनले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर टेलिकमले दु्रत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो । चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको उक्त फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा दुई…
पोखरा: साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३औँ संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन् । पोखरामा आज भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कूल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लिन एन्ड जर्कतर्फ १४० तौल गरी कूल २५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलङ्काका खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लिन एन्ड जर्कमा दबाबमा परेका थिए । प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लिन एन्ड जर्कमा १५२ गरी कूल २९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलङ्काका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लिन…
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ । शनिबार बिहान ७ः०० देखि ११ः०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । म्याराथन दौड शनिबार बिहान ७ः०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ…