Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : छिमेकी मुलुक चीनसँग सिधा हवाई उडान गर्न नसेकेको भनेर आलोचना भइरहँदा नेपाल वायु सेवा निगमको चीनका विभिन्न गन्तव्यमा उडान भर्ने प्रयासले सार्थकता पाएको छ । लामो समयको अन्तरालपछि अन्ततः राष्ट्रिय ध्वजावाहक नेपाल (नेपाल एयरलाइन्स)ले चीनको ग्वाङ्जाओ उडान गर्ने निश्चित भएको हो । निगमले सन् २०२० को जनवरी अन्तिमदेखि ग्वाङ्जाओ सिधा उडान गर्ने तयारी गरेको छ । उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पुरा गरिसकेको छ । चिनियाँ सिभिल एभिएसनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ एभिएसनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिएको बताइएको छ । निगमको ग्वाङ्जाओ उडान निश्चित भएको…

Read More

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताउनुभएको छ । ‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताउनुभयो । उहाँले समाजको थिचोमिचो सहँदै आएका मुक्त हलिया र दलित समुदाय अझै हिंसाको पीडा खेप्न बाध्य भएको बताउनुभयो । “महिलाहरुले हिंसा सहेर बस्नु पर्दैन”, उहाँले भन्नुभयो, “न्यायिक निकायमा पुगेर हिंसाको प्रतिकार गर्नु पर्दछ ।” हिंसाका घटनाहरु न्यायिक निकायमा पुगेपछि मेलमिलापमा टुङ्गिँदा यसले प्रश्रय पाउँदै आएकाले कानूनी उपचारमा लाग्नुनै…

Read More

काठमाडौं : विदेशी पूर्वराजदूतहरू नेपालबारे कूटनीतिक मर्यादाविपरीत बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिन थालेका छन्। नेपालका लागि राजदूत हुँदै भारतीय विदेशसचिवबाट सेवानिवृत्त श्याम शरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणीसहित आलेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरेका छन्। पूर्वराजदूत शरणले नेपाली पक्ष राजनीतिक खपतका लागि बढी राष्ट्रवादी देखिन भारतसँगका द्विपक्षीय मुद्दा चर्काउने तर वार्तामा पछि हट्ने आरोप ‘दि इन्डिएन एक्सप्रेस’मा आलेखमार्फत लगाएका थिए। उनको आलेखलाई राष्ट्रसंघको स्थायी प्रतिनिधिसमेत भएका आचार्यले रिट्विट गर्दै खण्डन गरेका हुन्। आचार्यले शरणको उक्त अभिव्यक्ति झुटो रहेको बताएका छन्। शरणको लेखमा सन् १९५० को सन्धि र कालापानीलगायत विषयलाई द्विपक्षीय वार्ताबाट नेपालले हटाएको उल्लेख छ। आचार्यले भने शरणले…

Read More

काठमाडौँ: बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन भएका छन्। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले दुई कार्यकाल संघका कार्य समिति सदस्य थिए। संघको उपाध्यक्षमा अनुकुल भटनागर चयन भएका छन्।उनी नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। संघमा सदस्यहरु गोविन्द गुरुङ, रमेशराज अर्याल र सुमन शर्माबाहेक सबै नयाँ अनुहार आएका छन्। संघको सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन्।

Read More

काठमाडौँ: विद्युत् चुहवाट रोक्नु थप विद्युत् थप गरे जस्तै हो । यसमा अर्थतन्त्र जोडिएको हुन्छ । यही धारणालाई शिरोपर गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले परिणाम देखिने गरी देशव्यापी रुपमा नै चुहावट घटाएको छ । विशेषत ः चुहावट प्राविधिक र गैरप्राविधिक हुने गरेको छ । प्राविधिक चुहावटमा प्रसारण लाइन, ट्रान्सफर्मर तथा विद्युत् गृहमा नै हुने चुहावट हो । गैर प्राविधिक चुहावटमा विद्युत् चोरी तथा अनाधिकृत प्रयोगलाई लिइन्छ । विद्युत् बचत गर्ने लक्ष्यका साथ प्राधिकरणले देशव्यापी रुपमा अभियानलाई निरन्तरता दिएको छ । सोही क्रममा प्रदेश नं २ का जिल्लामा समेत चुहावटलाई न्यून बिन्दुमा झार्ने लक्ष्यका साथ काम शुरु गरिएको प्राधिकरणको दाबी छ…

Read More

ताप्लेजुङ: सीता एयरले १ नं प्रदेशका तीनवटा विमानस्थलमा आज परीक्षण उडान गरेको छ । ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटारमा परीक्षण उडान गरेको हो । आगामी मङ्सिर २७ गतेदेखि ताप्लेजुङस्थित पाथीभरा र खोटाङको हलेसीमा तीर्थयात्री ओहोरदोहोर गराउने योजनाका साथ परीक्षण उडान गरिएको एयरलाइन्सका प्रबन्धक रिजेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटै ठाउँमा सफल परीक्षण गरिएको छ । परीक्षणका क्रममा प्रदेश राजधानी विराटनगरबाट २० मिनेटको समयमा ताप्लेजुङको सुकेटार विमानस्थलमा जहाज अवतरण भएको थियो । काठमाडाँैबाट उडेको जहाज रुम्जाटार र त्यसपछि लामिडाँडा गएको थियो । लामिडाँडाबाट सिधै ताप्लेजुङ आउने प्रयास भए पनि मौसमका कारण विराटनगर अवतरण भई मौसम अनुकूलपछि त्यहाँबाट…

Read More

काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदकमै सिमित भएको छ । नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट १७–२५ अङ्कले गुमायो । नेपालले लगातार दोस्रो र तेस्रो सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । नेपालले दोस्रो सेट २५–२४ अङ्कले तथा तेस्रो सेट २५–२१ अङ्कले जितेको हो । चौथो सेट नेपालले २०÷२५ अङ्कले गुमायो । अन्तिम सेट एकतर्फी रुपमा भारतलाई सुम्पिए पछि नेपाल इतिहास रच्नबाट चुक्यो । भारतले उक्त सेट १५÷६ अङ्कले जित्यो । नेपालले सागमा महिला भलिबलमा रजत पदक हात पारेको पहिलो…

Read More

काठमाडौँ: धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको शेयर कारोबार मापक नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले बढेर २४६.३४ पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । स्टकका अनुसार आज कुल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भयो । कारोबार भएका १२ उपसमूहमध्ये चार उपसमूहको शेयर घटेको छ । बैङ्किङ २.२९, होटल ६.९४, हाइड्रोपावर ६.०५, निर्जीवन बीमा १९.६४, उत्पादन २२.८९, माइक्रो फाइनान्स १४.६४,…

Read More

काठमाडौँ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली चाँडै ल्याइने बताएका छन् । “अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधाबाट वञ्चित हुन नदिन चाँडै नियमावली ल्याउने तयारी भइरहेको छ, त्यसका लागि सरोकारवाला सबै निकायको साथ र सहयोगको जरुरी छ”, मन्त्री गुरुङले भने, “मन्त्रालयले पहिलोपटक राष्ट्रिय प्रतिवेदन निकाल्ने तयारी गरिरहेको छ, हालसम्म अपाङ्गता भएका व्यक्तिको राष्ट्रियस्तरको छुट्टै प्रतिवेदन बन्न सकेको छैन ।” राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिको २८ औँ अन्तर्राष्ट्रिय दिवसका अवसर आज आयोजित कार्यक्रममा उनले अपाङ्गतासम्बन्धी नीति तथा कानूनलाई समावेशी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्न सरकार तयार रहेको स्पष्ट पार्यो ।…

Read More

काठमाडौैं : १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा करातेको ६८ केजी तौल समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छिन्। सातदोबोटोस्थित कराते हलमा मंगलबार भएको फाइनलमा सुनिताले पाकिस्तानकी कुल्सुनलाई ८–२ अंकले पराजित गर्दै स्वर्ण जितिन्। यसअघि सुनिता महर्जनले बंगलादेशकी मोरेम खातुनलाई १०–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन्। यता, पाकिस्तानी कुल्सुन भने श्रीलंकाकी खेलाडीलाई पराजित गर्दै फाइनलमा पुगेकी थिइन्।

Read More