Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुर्खेत: नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हकसम्बन्धी संवैधानिक प्रावधानको व्यवहारमा कार्यान्वयन हुन नसकेको सरोकारवालाले बताएका छन् । वीरेन्द्रनगरमा आयोजित खानेपानी तथा सरसफाइ क्षेत्रको नीतिगत अवस्था विषयक प्रदेशस्तरीय गोष्ठीका सहभागीले खाने पानीसम्बन्धी मौलिक हक कार्यान्वयनमा राज्यका तीन वटै तहका सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी मौलिक हकका रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेको बताए । “सङ्घ, प्रदेश र स्थानीय तहले खानेपानी र सरसफाइसम्बन्धी कानून निर्माण गरी नागरिकको आधारभूत खानेपानीको हकलाई सम्मान, संरक्षक र…
बेझाड: पाल्पामै पहिलो पटक प्राविधिक शिक्षातर्फ अटोमोबाइल्स शिक्षा सञ्चालनका लागि तिनाउ माविमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ । तिनाउ गाउँपालिका–३ झुम्सामा गत मङ्सिर ११ गतेदेखि सञ्चालन भएको महायज्ञमा हालसम्म रु एक करोड बढीको दान सङ्कलन भएको प्रधानाध्यापक झवीन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । सांसद सोमप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष रु ३० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य डा पुरनमान बज्राचार्य र तुलाराम घर्तीमगरले प्रदेश सरकारबाट भवन निर्माणका लागि रु एक करोड २८ लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । तिनाऊ गाउँपालिकाले यो…
काठमाडौं : महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। लघुवित्त सञ्चालक समितिको मंसिर १६ गते सम्पन्न ९७ औं बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। यो सस्थाले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट अघिल्लो आवको तुलनामा १२ प्रतिशत धेरै लाभांश दिन लागेको हो । गत आवको चौंथो त्रैमाससम्म लघुवित्तको सञ्चित मुनाफा २ करोड ४३ लाख ३२ हजार ३७ रहेको थियो। जसबाट कम्पनीले २ करोड ४२ लाख रुपैयाँ लाभांश बाँड्न लागेको हो। लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल…
“दिगो विकासको लक्ष्य अपाङ्गमैत्री भविस्य” भन्ने नाराका साथ २८ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् । सन् १९९२ देखि अपांगता दिवस मनाउन थालिएको हो राष्ट्रिय महासंघले । नेपालमा भने १९९३ देखि मनाउन थालिएको हो ।
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (९साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल, श्रीलंकासंग ६ विकेटले पराजीत भएको छ । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पच्छ्याउँदै जवाफी व्याटिङमा आएको श्रीलंकाले १९ ओभर एक बलमा ४ विकेटको क्षतिमा १७५ रन जोडेर जीत दर्ता गर्यो । टियु क्रिकेट मैदानमा यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । नेपालको खेलमा उप कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कष्ट ब्याटिङ रह्यो । उनी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध…
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकालाई १ सय ७३ रनको चुनौती दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । नेपालको खेलमा उप कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कष्ट ब्याटिङ रह्यो । उनी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए । १८ औं ओभरको चौथो बलमा आसिता फ्रर्नान्डोलाई चौका प्रहार गर्दै अर्ध शतक पुरा गरेका थिए । पवन सरार्फ…
विराटनगर: हिउँदे खेतीका लागि प्रदेश नं–१ मा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ । प्रदेशका १४ जिल्ला र प्रदेश नं–२ को सिरहा र सप्तरी गरी १६ जिल्लामा कम्पनीमार्फत किसानलाई सरकारी अनुदान प्राप्त रासायनिक मल आपूर्ति भइरहेको कम्पनीका सहायक प्रबन्धक नवरत्न गौतमले जानकारी दिए । हिउँदे मौसमका लागि १३ हजार ५०० मेट्रिक टन युरिया र ११ हजार मेट्रिक टन डिएपी विराटनगरको कार्यालयमा आउने र अहिले चार हजार १५८ मेट्रिक टन युरिया र एक हजार ६१३ मेट्रिक टन डिएपी गोदाममा आइसकेको सहायक प्रबन्धक गौतमले थपे। अहिले दैनिक २५ देखि ३० वटा ट्रकमा कोलकाताबाट मल आइरहेको बताइएको छ…
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा धाविका सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । एथलेटिक्समा यो पहिलो स्वर्ण पदक हो । सन्तोषीले ३५ मिनेट ७।९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् । सन्तोषीले भारतकी कविता यादवलाई पछि पार्दै पहिलो स्थान हात पारिन् । पहिलो ल्यापदेखि नै सन्तोषीले अग्रता बनाएकी थिइन् । सुरुवातदेखि नै सन्तोषीलाई पछ्याएकी कविताले अन्तिम १ सय मिटरमा अग्रता लिएपनि सन्तोषीले अन्तिम सेकेन्डमा पदक जित्न सफल भइन् । कविता सन्तोषीभन्दा १ मिलिसेकेन्डले पछि परेकी हुन् । त्यसअघि धावक टंक कार्कीले १३ औं दक्षिण एसियाली खेलकुद ९साग०…
डोटी: नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्करूपमा अति दु्रतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण गर्ने कार्य शुरु गरेको छ । जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलोपटक फोरजी सिमकार्ड वितरणको कार्य शुरु गरेकोे हो । सो कार्यालयले सूचना प्रकाशित गरी आज बिहान ८ बजेदेखि फोरजी तथा विद्यार्थी सिमकार्ड निःशुल्क वितरण गर्न थालेको हो । फोरजी सिम लिन दर्जनौँ स्थानीयवासी तथा विद्यार्थीले आवेदन दिएका छन् । विद्यार्थी तथा स्थानीयवासी बिहानैदेखि कार्यालयमा लाइन लागेका छन् । फोरजी सेवाको सिमकार्ड लिन विद्यार्थीको हकमा एसइई दिएको प्रवेशपत्र, नागरिकता प्रमाणपत्र तथा एकप्रति फोटो अनिर्वाय हुनुपर्ने तथा अन्यको हकमा नागरिकता प्रमाणपत्र र…
काठमाडौं ः १३ औं साग अन्तर्गत पोखरामा जारी डुवाथोलनमा नेपालले स्वर्ण र रजत पदक जितेको छ । आज मंगलबार भएको प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत पदक जिते । नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठका अनुसार श्रीलंकाका असेस परेराले कास्य पदक जितेका छन् । डुवाथोलनमा सुरुमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र अन्त्यमा २।५ किलोमिटर दौड पुरा गर्नुपर्ने हुन्छ । ट्रायथोलनमा नेपालको पदक संख्या ४ पुगेको छ ।