Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए । कुल ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा ९२४ मत खसेको थियो । खानेपानी मन्त्री बीना मगरले यस वडामा मतदान गरेकी थिइन् ।
काठमाडौँ: एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ । प्रधानमन्त्री ओलीलाई केपी शर्मा ओली डटकमडटएनपी (kpsharmaoli.com.np) मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेवसाइटबाट स्वास्थ्यलाभको कामना गर्नसक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । धेरैले प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेको र भेट्न चाहेकाले वेवसाइटमार्फत आफ्ना भावना प्रकट गर्न सकिने व्यवस्था गरिएको हो । प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने यो पहिलो प्रयोग हो । यसअघिका कुनैपनि प्रधानमन्त्रीको ९बिरामी भएको अवस्थामा० स्वास्थ्यबारे वेवसाइटबाट स्वास्थ्यलाभको…
काठमाडौँ : नेपाल टेलिकमले यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरेर काठमाडौँ, जनकपुर र पोखरामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि चार हजार पाँच सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको जनाएको छ । सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउन्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा…
बाँके: सरकारले यस वर्ष समयमै धानको मूल्य निर्धारण गरेपछि नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान खरिद गर्न भ्याईनभ्याई भएको छ । धान बिक्री गर्ने किसानको पनि उत्तिकै घुइँचो छ । दैनिक धान बिक्रीका लागि आउने किसानले पालो पर्खिनुपर्ने अवस्था आएको छ भने निश्चित कोटा तोकेर खरिद खुला गरेको खाद्यमा किसानले ल्याएको धान व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । खाद्यले मोटो र मध्यम किसिमको धान खरिद गरिरहेको छ । खाद्यले ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेर गत कात्तिक २७ गतेदेखि खरिद शुरु गरेको थियो । हालसम्म १० हजार क्विन्टल धान खरिद गरिएको खाद्यले जनाएको छ ।…
काठमाडौँ: वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गर्दैछ । इ–टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा पाउन सकिनेछ । आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो अनलाइनबाटै रोज्न सकिने छ । कुन कार्यालयमा छिट्टै पालो आउँछ, त्यो कार्यालयसमेत रोज्न सकिने छ । जसले गर्दा तपाईको फाराम स्वीकृत हुने वित्तिकै कार्यालयमा पर्खिरहनुपर्ने छैन । अहिले सरकारले सातै प्रदेशस्थित श्रम कार्यालयमार्फत श्रम स्वीकृति जारी गर्दै आएको छ । प्रदेश नं…
काठमाडौँ नेपालमा हाल करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहेपनि यसको सङ्ख्या घट्दो दरमा छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१०को तुलनामा सन् २०१८ सम्ममा ५८ प्रतिशतले नयाँ सङ्क्रमण घटेको छ । हाल नेपालमा कूल २९ हजार ९४४ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । केन्द्रका निर्देशक डा अनुज भट्टचनले तीमध्ये पुरुष १७ हजार ७३२ र महिला १२ हजार २१२ जना रहेको बताउनुभयो । हाल विश्वभर तीन करोड ७९ लाख जना एचआइभी सङ्क्रमण भएको जनाइएको छ । भट्टचनका अनुसार नेपालका वयस्क (१५ देखि ४९ वर्ष) उमेर समूहको जनसङ्ख्यामध्ये ०.१४ प्रतिशत एचआइभीबाट सङ्क्रमित भएक छन् भने ७१…
काठमाडौँ: धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार मात्रै बजारले केही सुधारको सङ्केत गरेको भए पनि अन्य दिन नकारात्मक नै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १६८ कम्पनीको शेयर कारोवार भयो । कूल ५१ लाख ५१ हजार २२७ कित्ता शेयर रु एक अर्ब ३२ करोड १० लाख १७ हजार १३५ मा कारोवार भयो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से १०.५४ बिन्दुले घटेर एक हजार ११०.०८ बिन्दुमा पुग्यो । कूल…
काठमाडौँ: दक्षिण एसियाली खेलकुद प्रतियोगिताको एथ्लेटिक्समा महिला तर्फ मध्यम दूरीमा पदकको संभावना बोकेकी खेलाडी तुलसा खत्री सागको मुखैमा विदेश पलायन भएकी छिन् । उनी सागको बन्द प्रशिक्षणमा रहेकै बेला प्रशिक्षण छोडेर कामका लागि कतार लागेकी हुन । ४ सय मिटर र ४ सय मिटर रिलेमा टिममा रहेकी तुलसाले अन्तिम समयमा कसैलाइ जानकारी नदिइ एकाएक कतार उडेकी हुन । बुधबारसम्म प्रशिक्षणमा रहेकी उनी बिहीबार बिहानबाट टिमबाट बाहिर भएकी थिइन् । अचानक प्रशिक्षणमा नआएपछि उनको खोजी गर्दा उनी कतार उडिसकेकी थिइन् । तुलसाले सागकाे मुखमै देश छाेडेपछि यतिबेला एथ्लेटिक्समा ठूलो अन्याेल छाएको छ । अब यो विधामा कसलाइ खेलाउने भनेर संघका…
कास्की: यही मङ्सिर १५ गतेदेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को धनुकाँण (आर्चरी)मा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत गरिरहेका छन् । श्रीलङ्कामा सम्पन्न दशौँ संस्करणदेखि नेपालले आर्चरीमा सहभागिता जनाउन शुरु गरेको थियो । पहिलो सहभागितामै मात्र सीमित रहेकामा बङ्गलादेशमा भएको ११औँ संस्करणमा टिम रिकर्भ विधामा कास्य तथा अघिल्लो पटक भारतमा भएको १२औँ संस्करणमा व्यक्तिगत विधामा कास्य पदक जितेको नेपाल घरेलु मैदानमा हुने प्रतियोगितामा भने कम्तीमा पनि तीन स्वर्ण हात पार्ने लक्ष्यमा छ । पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा ७० मिटर ‘कम्पाउन्ड’ र ५० मिटर ‘रिकर्भ’ गरी दुई इभेन्टमा महिला तथा पुरुषतर्फ १०…
पोखरा: कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो । आज बिहान अर्मलाको शान्ति मावि मतदान केन्द्र, पोखरा–९ स्थित नवप्रभात मावि मतदान केन्द्र र पोखरा–३३ स्थित सरस्वती टीका माविस्थित मतदान केन्द्र नजिक पटाकाजस्तो आवाज भएको विष्फोटक पदार्थ पड्किएको थियो । त्यसबाट मतदानमा कुनै असर नपरेको र मतदाताहरु निर्भीक भएर मतदानमा सहभागी भएको प्रजिअ केसीले बताउनुभउयो । अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।