Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
दैलेख: सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस (फोर्स) गाडी दैलेखको गुराँस गाउँपालिका–४ मग्रा भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पुरानो घर दैलेख भई हाल बर्दिया बस्ने नामबहादुर बडुवाल र उहाँकी श्रीमती कमला बडुवाल रहनुभएको छ । अर्का मृतक वीरेन्द्रनगर नगरपालिका बस्ने थिरे कामी रहेको जिल्लाप्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी सडकबाट २५० मिटर तल खसेको छ । हाइसमा १९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरी सहायक निरीक्षक चन्द्रलाल गिरीको कमाण्डमा गएको प्रहरी टोलीले तत्कालै उद्धारकार्यलाई प्रभावकारी…
चितवन: नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो । कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको छ । पार्किङस्थल फराकिलो बनाइने बताइएको छ । ठेकेदार कम्पनीले रातको समयमा काम गर्दै आएको थियो । विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्र गरिने छ । गौतमका अनुसार तापक्रम घट्दै गएकाले रातमा कालोपत्र उपयुक्त नभएको र स्थानीयवासीले…
काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा आज बिहान उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणका क्रममा दुवै देशका समकक्षीसँग भेटवार्ता भएको र सो अवसरमा द्विपक्षीय आपसी हित तथा साझा चासोका विषयमा विचार विमर्श भएको जानकारी दिनुभयो । सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली नेपालले आगामी चैत २१ र २२ गते आयोजना गर्ने विश्वस्तरको संवाद मञ्च सगरमाथा संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वतीय पर्यावरण र मानव जातिको भविष्य’ शीर्षकमा बौद्धिक बहस हुने जानकारी दिँदै त्यसमा सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभएको थियो । रुसका परराष्ट्रमन्त्रीसँगको औपचारिक छलफलमा…
काठमाडौं: नव नियुक्त कृषि बिकास तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्नैन, कृषिलाई विकसित गर्ने भनेको आधुनिकीकरण, यान्त्रीकरण,व्यवसायीकरण जे भने पनि मेरो प्रयत्न कृषिलाई उद्यमसँग गाँस्ने नै हो ।’ गाउँका मान्छेको जुन प्राथमिक उत्पादन छ त्यो उत्पादनको प्रारम्भिक प्रशोधनमात्रै शुरु भइदिने हो भने त्यसले किसानको श्रमलाई उद्यमशीलतातर्फ लैजाने भन्दै मन्त्री भुसालले भने– ‘किसानले दुध उत्पादन गर्ने कुरा महत्वपूर्ण…
काठमाडौँ: एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। शुक्रवार प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजि चिकित्सक डाक्टर दिव्या सिंहले सोचेको भन्दाबढी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको जानकारी दिएकी हुन् । ‘हामीले अपेक्षा गरेको भन्दाबढी स्वास्थ्यमा सुधार आएको छ। उहाँ अहिले खाना खान थाल्नु भएको छ। ‘ डाक्टर सिंहले भनिन्। सिंहले ओलीको मृगाैलाले अलिअलि काम गरिरहेको र समस्या आउन नदिन अप्रेशन गरिएको बताउँदै भनिने, ‘ उहाँको बिहिवार डायलासिस गरिएको थियो।आवश्यक परेमा थप डायलासिस गरिनेछ।’ स्वास्थ्यमा सुधार आएको बताइएपनि ओली अझै एक साता अस्पतालमा नै बस्नु पर्ने बताइएको छ। अहिलेको अनुपातमा स्वास्थ्यमा सुधार आए…
काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सन् २०२० को मार्च महिनाभित्रै विमानस्थल सञ्चालन गर्नेगरी आयोजनाको कामको गति बढाइएको छ । पूर्वाधार निर्माण सकेर त्यसको तीन महिनापछि व्यावसायिक उडान थाल्ने योजना बनाएको यो आयोजनालाई प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विशेष प्राथमिकतामा राखेर उच्च अधिकारीलाई…
भद्रपुर: जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ । झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला जङ्गली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीय जलथल जङ्गलबाट हात्ती गाउँतिर नपसोस् भनेर गरिएको विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई गए राति ७ बजे हात्तीले आक्रमण गरेको थियो । मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पु¥याएपछि स्थानीयवासीले घटना थाहा पाएका थिए । मृतकलाई घेरेर बसेको हात्तीलाई तत्कालै डिभिजन बन कार्यालय, नेपाल प्रहरी,…
जाजरकोट: विकास निर्माणका काम बजेट अभावले पूरा गर्न मुस्किल भएपछि जाजरकोटका जनप्रतिनिधि सङ्घीय सरकारको ढोका घचघच्याउन बाध्य भएका छन् । जिल्लाका स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सडक निर्माण गर्नका लागि स्थानीय तहका प्रमुख सङ्घीय सरकारसँग बजेट माग गरेका हुन् । स्थानीय तहले काम तीव्रताका साथ गर्नका लागि बोलपत्र आह्वान गरिसकेको तर सङ्घीय सरकारले पठाउनुपर्ने बजेट नपठाउँदा काम अवरुद्ध भएपछि उनीहरु बजेट माग्न काठमाडौँ आएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । रावलका अनुसार नलगाड नगरपालिका वडा नं १, ४, ५, ६, ९, १० र १२ मा निर्माण हुन लागेका स्वास्थ्य संस्थामा बजेट नहुँदा निर्माणको काम अगाडि बढ्न सकेको छैन ।…
काठमाडौँ: त्रिभुवन विमानस्थलबाट भंसार तथा नेपाल प्रहरीले हंगकंगबाट नेपाल ल्याईदै गरेको ८ किलो अवैध सुन समातेको छ। बिहीबार राती नेपाल एयरलाइन्सबाट नेपाल आएका दुई चिनियाँ नागरिकबाट उक्त सुन बरामद भएको हो। आरए ४१० जहाजबाट आएका चेन होङयाङ र चेन क्वीनहाङ नामका उनीहरू सुनसहित समातिएको विमानस्थल श्रोतले जनाएको छ। समातिएका दुबै चिनियाँ चीनको फुजियान प्रान्तका नागरिक हुन्।
काठमाडौँ : प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको मङ्सिर १४ गते उपनिर्वाचनमा खटिएका मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित खटाइएको स्थानमा पुगेर मतदानस्थल व्यवस्थापनको कार्यमा जुट्नुभएको छ । निर्वाचन आयोगका अनुसार, आगामी शनिबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि निर्वाचन सामग्री पुगेसँगै मतदानस्थल व्यवस्थापनको काम पनि शुरु भएको हो । मतदान केन्द्रमा कर्मचारी पुगेसँगै नयाँ मतदाताका लागि मतदाता परिचयपत्र वितरणको काम पनि शुरु भएको छ । उपनिर्वाचमा मतदाता शिक्षाका लागि खटिएका मतदाता शिक्षा कार्यकर्ताबाट घरदैलोमा पुगेर सहीरुपमा मतदान गर्ने काम भइसकेको छ । उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान…