Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

जनकपुरधाम : आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई…

Read More

भद्रपुर: नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जानुभएको छ । उहाँलाई आज बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ । यही कात्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाललगायत ९० मुलुकका खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । दुबई जाने नेपाली टोलीमा दुई जना खेलाडीसहित सात जना रहनु हुनेछ । “मुलुकलाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर दुबई जाँदैछु”, रासससँगको कुराकानीमा उहाँले भन्नुभयो । दुबईमा उहाँले ६० केजी तौल समूहबाट प्रतिष्पर्धा गर्दै…

Read More

काठमाडौँ: चीनको उहानमा भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामार्फत नेपाली सेना सैनिक कूटनीतिक सम्बन्ध विस्तार र खेलक्षेत्रमा विकसित अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न सफल भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाली सेना पदक प्राप्त गर्ने सूचीमा भने परेन । नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझी भन्छन्, “यस पटक मेडल प्राप्त गर्न सकेनौँ, तर पनि धेरै राष्ट्रलाई पछि पार्न सफल रह्यौ । विभिन्न मुलुकका सेनासँग मित्रता कायम गर्ने र ओलम्पिक विजेतासम्मका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्यो, जुन हाम्रा लागि निकै महत्वपूर्ण र गौरवको विषय हो ।” नेपालले फ्रान्स, म्यान्मा, लक्जेम्बर्ग, बुर्गीना फाँसोलगायतका देशलाई बक्सिङ र ब्याडमिन्टनजस्ता…

Read More

काठमाडौँ: नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालीममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ । कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो…

Read More

भद्रपुर: झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् । दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Read More

बनेपा: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खस्दा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो । बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।

Read More

काठमाडौँ: प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रोअर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य…

Read More

काठमाडौं: पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । सरकारी वकिलसँगको वयानमा उनले आफू पीडित भनिएकी महिलाको कोठामा प्रवेश नगरी फर्किएको बताएका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् । महराले प्रहरीलाई दिएको वयान यस्तो छ २०४७ सालदेखि झण्डै चार वर्ष रोल्पा जिल्लामा रहेको मेरो घरमा वृत्त नयाँ बानेश्वर २६(३०) २०७६/७७, बसेकी हुँदा निज (पीडित महिला) लाई पहिलेदेखि नै चिन्छु । उनी मेरो विद्यार्थीजस्तै हुन् । मलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्छिन् । म उनको अभिभावक नै हुँ । उनको…

Read More

काठमाडौं: पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा महराले आफू पीडित भनिएकी महिलाको घरमा नै नगएको जिकिर गरेका छन् । महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको छ । बयान सकिएपछि शुक्रबारदेखि नै थुनछेक बहस सुरु हुनेछ ।

Read More

काठमाडौं: जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ । जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको हो । बयान लामो भएपछि थुनछेक बहस हुन नपाएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘आज बयान सकिएको छ । आइतबार बिहान १० बजे उपस्थित गराउने गरी छाडेका छौं ।’ महराले बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ । महरालाई प्रहरीले पुनः ग्राण्डी अस्पताल लगेका छन् ।…

Read More