Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन रु ७० हजार ५०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि रु ७०० ले वृद्धि भएर प्रतितोला रु ७० हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार २०० मा कारोवार भएको थियो । यस्तै…
काठमाडौँ: संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको भदौं ३१ मा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीदेखि सांसदहरुलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय कार्यान्वयनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीले अर्थ सचिवलाई सम्बोधन गर्दै परिपत्र गरेसँगै सरकारको यो यो निर्णय बाहिर आएको हो । सरकारले गोप्य राख्न खोजेको उक्त निर्णयमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, संघीय संसद्का पदाधिकारीहरु तथा सदस्यहरुलाई एक महिनाको तलब बराबरको रकमबापत चाडपर्व खर्च उपलब्ध गराउने भनिएको छ…
काठमाडौँ: संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ । राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ । महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन् । राष्ट्रसंघ विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो । सदस्य राष्ट्रमध्ये १३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएका छन् । अमेरिकासहित ५९ राष्ट्रले शुल्क बुझाएका छैनन् । ती राष्ट्रलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताए । विभिन्न मुलुकले गरी राष्ट्रसंघलाई १।३ अर्ब ३० करोड अमेरिकी डलर तिर्न बाँकी छ । त्यसमध्ये अमेरिकाले १…
काठमाडौँ: तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकारेका छन् । विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्द आफताब आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला उनीहरुले नै रौतहट प्रहरीको अनुसन्धान टोलीलाई बयान दिने क्रममा त्यतिबेला बम विस्फोट भएको बताएका हुन् । तत्कालिन आईजीपी राणा र एआईजीबाट अवकाश प्राप्त गौतमले रौतहटको राजपुरमा बम विस्फोट भएको जानकारी त्यतिबेला रौटहट प्रहरीबाट पाएको स्वीकार गरेका हुन् । बम…
काठमाडौँ: आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ । विश्वका आधाभन्दा बढी राष्ट्रको प्रतिनिधित्व गर्ने उक्त बैंकका १२ जना कार्यकारी निर्देशकहरूको समूहले आज अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेर नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । “शीघ्र समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने सोचसहित अघि बढेको वर्तमान सरकारको लक्ष्य प्राप्तिमा सक्दो सहयोग गर्ने दृढता बैंकको उच्च प्रतिनिधिमण्डलले व्यक्त गरेको छ”, मन्त्री खतिवडाले राससलाई बताउनुभयो । सङ्घीयता कार्यान्वयनमा भएको उत्साप्रद प्रगति, वित्तीय सङ्घीयता बुझेको…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो । यस क्रममा उहाँको हेमोडायलासिस गरिएको थियो । काठमाडौँ: काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने अस्पतालले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । प्रधानमन्त्री ओली सो अस्पतालमा हेमोडायलाइसिसका लागि हिजो भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।
काठमाडौँ: काठमाडाँै जिल्ला अदालतमा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ । निवर्तमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो । जुन आज सकिएको थियो । अदालतमा बहस…
जाजरकोट: जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उहाँको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उहाँ दैनिक कोठाना जाने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मजस्तै यहाँका सबै मानिस फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ ।” त्यस्तै मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि सदरमुकामलगायत अन्य ठाउँमा फोन गर्नुपरेमा यही लेकमा पुग्ने गरेको बताउनुहुन्छ । दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले कोठाना…
भक्तपुर: आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक बसेको नेकपा भक्तपुरको बैठकले उम्मेदावरको नामावली टुङ्गोमा पु¥याउन नसकेपछि समस्या आएको हो । नेकपा सचिवालयले उपनिर्वाचनका लागि सकेसम्म एक र बढीमा तीन जनाको नाम कात्तिक १० गतेभित्र पठाउन भने पनि १८ जनाको नाम जिल्ला कमिटीमा आएपछि नाम छनोट गर्न सकस परेको नेकपाका नेता सोमप्रसाद मिश्रले जानकारी…
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । ‘कप्तानमा फर्किन हामीले गरेको आग्रह पारसले अस्वीकार गरेपछि उहाँको राजीनामा स्वीकृत गरेका छौं र, अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएका छौं’ क्रिकेट संघका एक पदाधिकारीले भने ।