Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदान नाउ क्याम्पमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै, क्लेमेन्ट लेङलेट, आर्थुरो भिडाल र लुइस स्वारेजले गोल गरे । रियल भालाडोलिडका लागि किकोले गोल फर्काएका थिए । खेलको दोस्रो मिनेटमा नै क्लेमेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर खेलको १५औं मिनेटमा किकोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । खेलको २९ औं मिनेटमा भिडाल…

Read More

बैतडी: सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीय तथा जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो “सबैतिर तिहारको रौनक छ तर यहाँका बोहरा गाउँ भने शोकमा डुबेको छ ।” रोजगारीको लागि भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिङ्ग…

Read More

काठमाडौँ: नव वर्ष नेपाल संवत् ११४० आजदेखि शुरु भएको छ । यो संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”–उहाँले भन्नुभयो । विसं २००७ मा प्रजातन्त्रको स्थापना…

Read More

दमौली:  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नंको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा६६प ९३८४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बानियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा स्कुटर चालक २४ वर्षीय अमृत बानियाँ घाइते भएका छन् । मृत्यु हुने महिला आमा र घाइते युवा छोरा हुन् । स्कुटरलाई ठक्कर दिने स्कोरपियो र चालक प्रहरी नियन्त्रणमा छन् ।

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिहारको शुभसाइतमा आफ्ना दिदी बहिनीहरुबाट भाइटीका ग्रहण गर्नुभएको छ । खुमलटारस्थित निवासमा अध्यक्ष दाहालले बहिनीहरु कमला, अप्सरा, सरस्वती, विष्णु र मिठुको हातबाट टीका लगाउनुभएको हो । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नी दिदी कालिका भण्डारी तथा र बहिनीद्वय इन्दिरा न्यौपाने र वसुधा पोखरेलको…

Read More

याङ्गुन: म्यानमारका रखाइन विद्रोहीद्वारा शनिबार अपहरण गरेका केही सुरक्षाकर्मीलाई उक्त समूहले हत्या गरेको सेनाले जनाएको छ । तर विद्रोहीले उनीहरूको मृत्युमा सरकारी सुरक्षाकर्मी दोषी रहेको जनाएको छ । रखाइन बुद्धमार्गी म्यानमारी आराकन सशस्त्र समूह स्वायत्तताका लागि आन्दोलनरत रहेको छ । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० भन्दा बढी सुरक्षाकर्मीलाई अपहरण गरी लगेका सेनाले जनाएको थियो । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाएको छ । उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेको छ । विद्रोहीको एक नदीको किनारा लुकीबसेको एक समूहले काममा खटिएका…

Read More

निजगढ: दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तरराष्ट्रियरूपमै विवादित बनाइरहेका बेला आयोजनाले यस्तो बताएको हो । न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । आयोजना प्रमुख शर्माले वातावरणलाई ठूलो प्रभाव नपर्ने गरी विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो । दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि एक लाख २० हजार मात्र रुख काट्दा पुग्ने शर्माले बताउनुभयो । अन्तरराष्ट्रिय मापदण्ड बमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढीमा…

Read More

काठमाडौँ: नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उहाँको जन्म भएको थियो । लक्ष्मीपूजाका दिन जन्मिएकाले उहाँको नाम लक्ष्मीप्रसाद राखिए पनि उहाँ सरस्वतीको प्रसाद बन्न पुग्नुभयो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निवन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ…

Read More

काभ्रेपलाञ्चोक: ‘गौरवको आयोजना’को रुपमा लिइएको सुनकोशी–तेस्रो जलाशययुक्त आयोजना निर्माण प्रक्रिया शुरु भएको छ । आयोजना निर्माण थाल्नुअघिको प्रक्रियाअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि क्षेत्र निर्धारणका लागि प्रक्रिया शुरु गरिएको हो । प्रदेश नं ३ अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना तथा रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । यसका लागि आयोजनाबाट प्रभावित हुन सक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट…

Read More

काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको जनाउनुभएको छ । असंलग्न आन्दोलन(नाम)को अजरबैजानको बाकुमा सम्पन्न १८औंँ शिखर सम्मेलनमा नेपाली प्रमण्डलको नेतृत्व गरी आज स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालसँग दूरी बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले उक्त जवाफ दिनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँ काठमाडौँमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो । किनकी दूरी नै टाढा छ । त्योभन्दा अरु टाढा केही पनि छैन । दूरी बढ्ने स्थिति र सम्भावना पनि छैन ।”…

Read More