Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । यस वर्षको तिहारमा खपत हुने मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्नेछ । अघिल्ला…

Read More

काठमाडौँ: अमेरिका र क्यानाडाबाट नेपालमा पटकपटक गाँजा र चरेस भित्य्राउने दुई पाण्डे दाजुभाईलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका राजेन्द्र प्रसाद पाण्डे र सुरेन्द्र प्रसाद पाण्डेले अमेरिका र क्यानडाबाट नेपालमा लामो समयदेखि लागूऔषध भित्राउने गरेको खुलेको हो। प्रहरीले उनीहरुलाई विदेशबाट नेपाल नेपालमा लागूऔषध भित्र्याउने मुख्य योजनाकार तथा कारोबारी भएको पनि दावी गरेको छ। उनीहरुले नेपालमा भिन्न अडियो म्युजिक सिस्टमभित्र फल्स बटन बनाउने सो लागूऔषध भित्र्याउने गरेको खुलेको ब्युरो प्रमुख दिनेश कुमार अमात्यले जानकारी दिए। यस्तो छ लागूऔषधको धन्दा १. विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले विगत लामो समयदेखिको सूचना…

Read More

काठमाडौँ: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो काम तीव्र बनाएको दाबी गरिरहँदा उपलब्धि भने सुस्त देखिएको छ । विभागमा उजुरी परेअनुसार अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रममा तीव्रता आउन सकेको छैन । विभागले आक्रामक रूपमा काम गर्न नसक्दा र ठूला केसमा मुद्दा दायर गर्ने क्रम बढाउन नसक्दा नेपाल फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ)को रेटिङमा ग्रेलिस्टमा पर्ने खतरा बढेको छ । विभागका अधिकारी पनि राजनीतिक नेतृत्व कामप्रति प्रतिबद्ध हुन नसकेमा र जिम्मेवार निकायले जिम्मेवारीअनुसारको काम नगरे नेपाल ग्रेलिस्टमा पर्न सक्ने सम्भावना औँल्याउँछन् । यदि नेपाललाई फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ)ले रेटिङ गर्दा ग्रेलिस्टमा राखे नेपालप्रति विश्वले गलत दृष्टिले हेर्ने जानकार बताउँछन्…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई अजरबैजानको राजधानी बाकुमा भेटवर्ता गर्ने भएका छन् । असंलग्न आन्दोलन(नाम)को १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिष्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् । मडुरो नामको वर्तमान अध्यक्ष हुन् । ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ । वार्ताबारे प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छैन । ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनलाई नायडुललगायतसँग भेटवार्ता गर्ने गर्नेछन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

Read More

काठमाडौँ: बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ । बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो. महताव आलमको भएको प्रहरीको दाबी छ । आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ । प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्र्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा फणि महतले लेखेका छन् ।

Read More

काठमाडौँ: नेपालमा चीनको प्रभाव बढ्दै गएको र त्यससँगै शरणार्थीका गतिविधिमाथि पनि सरकारले निगरानी बढाएको एक अमेरिकी अधिकारीले बताएका छन् । दक्षिण तथा मध्ये एसिया ब्युरोकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस डब्लु वेल्सले मंगलबार अमेरिकी संसद्को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र मामिला उपसमितिमा उक्त कुरा बताएका हुन् । ‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न नदिनेलगायत तिब्बती समुदायका गतिविधिमाथि सरकारी पक्षबाट निगरानी बढाइएको छ,’ उपसमितिमा उनले भनिन् । यो यो समाचार आजको नागरिक दैनिकमा छ ।

Read More

काठमाडौँ: नेपाली सेनाले २०७६ साउनको सैन्य भर्ना छनोट प्रक्रियामा आर्थिक अनियमितता गर्ने ४ सैनिक र २३ गैर सनिकलाई कारवाही गरेको छ । यस्तो छ प्रहरीको पूर्ण जानकारी १) मिति 2076 साउन 19 गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार नेपाली सेनाको 40 (चालिस) भर्ना केन्द्रहरुमा 5800 (पाँच हजार आठ सय) जना सैन्य पदको भर्ना छनौट प्रक्रिया भईरहेकोमा केही भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा 4 (चार) जना सैनिक तथा 23 (तेईस) जना गैर सैनिक व्यक्तिहरुको नेपाली सेनाले अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । २) नेपाली सेनाको भर्ना केन्द्र, श्री उत्तर पश्‍चिम पृतना हे.क्वा. मा संचालन भईरहेको…

Read More

राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा लिएको हो । भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा राँगालाई नियन्त्रणमा लिइएको सुरक्षा बेसक्याम्पका सहायक प्रहरी नायब निरीक्षक वीरेन्द्र महराले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका राँगाको बजार मूल्य करीब रु आठ लाख रहेको प्रहरीको अनुमान छ । नियन्त्रणमा लिइएका राँगालाई आवश्यक कारवाहीका लागि तिलाठी स्थित (बेल्ही) भन्सार कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । हतियार र मदिरा बरामद सप्तरीको दक्षिणी भेगमा रहेको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट प्रहरीले…

Read More

काठमाडौँ: जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तला (भुइँ तला) निर्माणको काम (छानाबाहेक) सकिएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले मङ्गलबार सार्वजनिक सुनुवाइ गरी पुनःनिर्माणको काम लगभग आधा सकिएको जनाएको हो । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार हालसम्म रु तीन करोड खर्च भएको छ । उपभोक्ता समितिलाई काठमाडौँ महानगरपालिकाले रु साढे पाँच करोड दिएको थियो । हालसम्म निर्माणका लागि रकम अभाव भएको छैन । हाल काष्ठमण्डपका लागि आवश्यक काठ बर्दिवास र अम्लेखगञ्जबाट ल्याइएको छ । हालसम्म चार हजार ३८ क्युफिट काठ उपयोग भइसकेको छ । सम्पदाविज्ञ डा सुर्दशन तिवारीले पुरातात्विक सामग्रीको संरक्षण गरी पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनःनिर्माण भइरहेको…

Read More

काठमाडौँ: नेपाल प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ नरसिंह चोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज न्यौपाने र केशव अर्याललाई आज पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले झोलामा बोकेर हिँडिरहेको अवस्थामा तीन फिट ११ इञ्च लम्बाइ भएको बाघको छालासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले एक किलो ४०० ग्राम सालकको खपटासमेत बरामद गरेको छ । दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ ।

Read More