Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा नेपालले रेल, सुरुङ र ट्रान्समिसन लाइनलाई प्राथमिकताका साथ उठाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी २५ असोजमा काठमाडौं आउनेछन् । दुई देशका राष्ट्रपतिबीच त्यही दिन भेटवार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि मण्डलसहित वार्ता हुनेछ । लगत्तै दुई देशबीच विभिन्न सम्झौता तथा समझदारीहरुमा हस्ताक्षर गर्ने तयारी छ । के–के छन् नेपालका एजेण्डा ? सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा उठाउने विषय र सहमतिबारे नेपालको तयारी पूरा भएको छ । उनका अनुसार नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई पहिलो प्राथमिकतामा राखेको छ…

Read More

काठमाडौं: चिनियाँ राष्ट्रपति सी चिनफ़िङलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफैं विमानस्थल जाने भएकी छन् । उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि नेपाल आउन लागेका राष्ट्रपति तहको भ्रमणलाई ऐतिहासिक बनाउने सरकारको निर्णय छ । स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबारको बैठकमा सीलाई विमानस्थलमा गर्ने स्वागतबारे छलफल भएको थियो । स्रोतका अनुसार राष्ट्रपति स्वयंम स्वागतमा जाने भएकी हुन् । राष्ट्रपति भण्डारी सीको विमानसम्मै जानेछिन् । प्रधानमन्त्रीसहित मन्त्रीहरु भने केही वर रहनेछन् । उच्च स्रोतले भन्यो, ‘दुई दशकभन्दा लामो समयपछि हुन लागेको उच्चस्तरीय भ्रमणलाई ऐतिहासिक बनाउन दुवै पक्षले निकै तयारी गरेका छौं । भ्रमणलाई ऐतिहासिक बनाउन राष्ट्रपति नै स्वागतका लागि जाने तयारी…

Read More

मेलम्ची: इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना भएको हो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा…

Read More

काठमाडौं । भोलि शनिबारबाट नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौं आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई सडकमा उपस्थित हुन उर्दिनै जारी गरिएको छ। राष्ट्रपति सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार कर्मचारीले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्नेछन् । त्यसका लागि निजामती कर्मचारीहरुलाई निजामती पोसाक लगाएर शनिबार दिउँसो ३ः४५ बजे र आइतबार विहान ११ : १५ बजे आउन भनिएको छ । तोकिएको ठाउँमा कर्मचारी आए नआएको हेर्न सडकमै हाजिर गर्ने व्यवस्था समेत मिलाइएको छ । स्रोतका अनुसार सबै मन्त्रालयलाई १०० जना कर्मचारी ल्याउनपर्ने कोटा तोकिएको छ ।…

Read More

काठमाडौं: नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठ गोल्ड अवार्डद्वारा सम्मानित भएका छन् । अन्तराष्ट्रिय मार्सल आर्ट्स महासंघ, स्विट्जरल्याण्डद्वारा नेपालका फुल कन्ट्याक्ट विधामा श्रेष्ठ ‘सिनियर मास्टर अफ द इयर–२०१९’ तथा ‘एक्सेलेन्ट एजुकेशनल वक्र्स अफ मार्शल आर्ट्स–२०१९’ को गोल्ड अवार्डद्वारा पुरस्कृत भएका हुन् । सिहान श्रेष्ठलाई विश्व भरीका मार्सल आर्ट्स क्षेत्रका विभिन्न विधामा विशिष्ट योगदान पुर्याएका प्रशिक्षक तथा खेलाडीहरुलाई विशिष्ट तहकोे अन्तर्रा्ष्ट्रिय अवार्डले सम्मान गरिने कार्यक्रम ‘स्विस हल अफ अनर–२०१९’ मा पुरस्कृत गरिएको हो । उक्त अन्तर्रा्ष्ट्रिय अवार्ड कार्यक्रममा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स महासंघका अध्यक्ष डा.सोके हेइन्ज कोहनेन तथा अन्तर्राष्ट्रिय संयोजक पीएचडी…

Read More

काठमाडौँ: आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष…

Read More

भक्तपुर: भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपु¥याई सञ्चालन गरेको पाइएको छ । अनुगमनमा हरिकृष्ण खड्गीले राँगाको मासु पसल पटक पटक गरेको अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखिराखेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । टोलीले उक्त पसलबाट कुहिएको र सडेको मासु नष्ट गरेको, फ्रिज सफा गर्न, पसल सरसफाइ गरी व्यवस्थित गर्न, मासु धुलो र झिँगा नभन्किने गरी जालीले छोपेर राख्न, बासी…

Read More

काठमाडौँ: तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । कलङ्की खण्डको विकराल जाम अब इतिहास भइसकेको छ । कलङ्कीमा बनेको अण्डरपास धेरैका लागि नयाँ र नौलो प्रयोग पनि भएको छ । डेढवर्ष पहिलेसम्म कोटेश्वर– कलङ्की खण्डमा घण्टांै सवारीको जाम हुन्थ्यो । कार्यालय हिँडेका, अत्यावश्यक कामका लागि निस्केका, अस्पताल जान लागेका बिरामी तथा सर्वसाधारणले ठूलो हैरानी भोग्नु परेको थियो । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलङ्की–चक्रपथ विस्तार सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यतिखेर कलङ्कीको…

Read More

काठमाडौँ: दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिनुभयो । यो बीचमा झण्डै सात लाख यात्रुु राजधानी भित्रिएका पौडेलले बताउनुभयो । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ । उहाँका अनुसार पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन् । “समग्रमा आजसम्म…

Read More

काठमाडौँ: चीनका राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीनको सम्बन्धका बारेमा दश वर्षदेखि निरन्तर रुपमा क्रियाशील भएर नेपाल–चीन हिमालयमैत्री समाज स्थापना गरी काम गर्दै आउनुभएका समाजका संरक्षक तथा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसँग राससकर्मी कालिका खड्काले गर्नुभएको कुराकानी- १. नेपाल–चीन सम्बन्धलाई यहाँले कसरी लिनुभएको छ ? नेपाल–चीन सम्बन्धलाई दुई ढङ्गले परिभाषित गर्नुपर्छ, एउटा जनता र जनताबीचको सम्बन्ध छ जुन पाँचाँै शताब्दीमा बुद्धभद्रदेखि शुरु भएको छ । चीनका भिक्षु हुएन साङ, फाहियानमार्फत लुम्बिनीमा गौतम बुद्ध नेपालमा जन्मिएको भनेर प्रमाणित गर्ने आधार पनि बनेको छ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि विवादरहित सम्बन्ध रहेको छ । हिमाली क्षेत्रमा लामो सीमा जोडिएको…

Read More