Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : मनसुन शुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जाने यात्रुका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिन्थ्यो । पहिराका कारण दैनिकजसो नै सवारी साधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्यु मार्ग जस्तै बनेको यथार्थता भोग्नेलाई मात्र थाहा छ । पटकपटक सरकार फेरिए, मन्त्री फेरिए, आयोजनाका प्रमुख फेरिए, सडक विभागका उच्चपदस्थ कर्मचारीसमेत बदलिए । स्थानीयवासी सधैँ समस्यामा नै परिरहे । पहिरामा परेका कतिका परिवार बिते, कति टुहुरा भए । अनि अपाङ्गताको जीवन अझै बाँचिरहेका पनि छन् । तिनलाई सरकार भएको र नभएको कुनै फरक परेन । सडकले जीवन लिएकाले समस्याबाट कहिले मुक्ति पाइएला भनेर बस्नुको विकल्प थिएन । किनकी राज्यले…

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ । आइतबार पनि ओरालो लागेको नेप्सेले आफ्नै लय पछ्याउँदै आज पनि नेप्से ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५३ विन्दुले घटेर २४८.६० विन्दुमा पुगेको छ । नेप्से झिनो अङ्कले घटेपनि कारोबार रकम भने औसतमा रहेको छ । कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर रु ३५ करोड ६८ लाख ६१ हजार ८५७ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहका शेयर ओरालो लागेको छ…

Read More

काठमाडौँ : सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनुपर्ने उनले बताए । विभागका अनुसार सडकमा कस्ता र कति क्षमताका ट्याक्सी आवश्यक छ भनी अध्ययन भइरहेको छ । ट्याक्सीको दर्ता नियमितरूपमा खुलाउनेभन्दा पनि केही समयका लागि खुलाइने उनको भनाइ छ । उनले भने, “अहिले केही समयका लागि र सीमित…

Read More

काठमाडौँ: बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा आज भएको समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्यलाई बङ्गलादेशले २४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै लगातार तेस्रो जित निकालेको बङ्गलादेश समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यसअघि बङ्गलादेशले हङकङ र भारतलाई पराजित गरेको थियो । बङ्गलादेशको जितमा नजमोल हुसेनले सर्वाधिक ५९ रनको योगदान दिए । छपन्न बल खेल्दै उनले दुई छक्का र छ चौका प्रहार गर्दै अविजित ५९ रनको…

Read More

नेपालगञ्ज : नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालयले बाँकेका किसानसँग धान खरिद शुरु गरेको छ । संस्थानको खरिद केन्द्रबाट धान खरिद गर्न थालिएको छ । मोटा र मध्यम गरी आजसम्म करिब एक हजार ७०० क्विन्टल धान खरिद गरिसकिएको कार्यालय प्रमुख भरतराज खनियाले जानकारी दिए । उनका अनुसार कार्यालयले यस वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार ५३२ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ६७३ मा खरिद गर्न मूल्य निर्धारण गरेको छ । कात्तिक २७ गतेबाट खरिद शुरु गरेको कार्यालयले यस वर्र्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको छ ।…

Read More

काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई संविधानको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाइने बताएका छन । प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उनले स्थानीय तहमा केही समस्या रहेको र त्यसको समाधान गर्नतिर सरकार लागेकोसमेत बताए । “अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न सकेका छैनन् । हामीले पनि कानून बनाएर दिन ढिलो गर्‍यौं”, उनले भने, “अब भने स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने छौं ।” मन्त्री पण्डितले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई…

Read More

काठमाडौँ: ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ साताँै शौचालय दिवस भोलि विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र रहेको छ । तर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा चुनौती रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन्तरालमा सार्वजानिक शौचालय हुनुपर्ने प्रावधान रहेको छ । नेपालका अधिकांश शहरी क्षेत्रमा सो प्रावधानको कार्यान्वयन त परै जावोस् सार्वजानिक शौचालय पनि सीमितरुपमा मात्र छन् । लामो सयमदेखि काठमाडौँ उपत्यकाको सार्वजनिक शौचालयको सुधारमा निरन्तर पैरवी गर्दै आउनुभएका गुठी नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशक प्रकाश अमात्य भन्नुहुन्छ, “नयाँ सार्वजानिक शौचालय बनाउन र भएका…

Read More

काठमाडौँ: बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ । समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमात्र बनायो । नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । जसमा सोमपालले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ६३ बलमा ४ चौकासहित ३८ रन बनाएका हुन् । त्यस्तै ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा करण केसीले १८ रन जोडे । कुशल भुर्तेलले १०, करण केसीले १८, आरिफ शेखले ११, पवन सरार्फले नौ, विनोद भण्डारीले आठ, उपकप्तान…

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने, तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो । यस्तो प्रवृत्तिले विकास निर्माणको काममा ढिलाइ हुने गरेको छ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट ‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत्’ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय हितका आयोजनामा नियमानुसार कम मात्रै मुआब्जा तथा क्षतिपूर्ति लिनेतर्फ आम नागरिकसमेत लाग्नुपर्ने बताउनुभयो । सरकारको हैसियतअनुसार नै मुआब्जा माग्ने र विकास निर्माणको कामलाई सहज बनाउनेतर्फ…

Read More

सुरुङ्गा : गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको थियो । त्यस्तै हिजो मङ्सिर १ गते आइतबार पनि मेचीनगर–९ निवासी ५७ वर्षीय बुद्धिमाया तामाङको हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भयो । गाई वस्तु धपाउने क्रममा तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार…

Read More