Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सक्रियतापूर्वक सहभागी हुने पुनः प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज भएको छलफलमा महासङ्घका पदाधिकारीले त्रिपक्षीय सहमतिका आधारमा कार्यक्रम सञ्चालन गरिएकाले योजनामा सहभागिताका लागि सातै प्रदेशमा जागरण अभियान चलाउने बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले वर्तमान सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन महासङ्घले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले श्रमिकको सहभागितालाई उत्साहजनक बनाउन रोजगारदाता, श्रमिक सङ्घ सङ्गठनले योजनाबाट प्राप्त हुने फाइदाका बारेमा व्यापक छलफल चलाउनुपर्ने बताउनुभयो । महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले…
काठमाडौँ: नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड १२ लाख तथा आयकरतर्फ रु आठ करोड सात लाख गरी कूल रु ११ करोड १९ लाख ८४ हजार बिगो बराबरको राजस्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । बङ्शलले काठमाडौँमा सञ्चालन गरेको हस्पी केयर इन्टरनेशनल र श्री श्याम ट्रेडर्सले वस्तु तथा सेवा खरीद नै नगरी झुठो तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरीद गरी मूल्य अभिवृद्धि…
हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गर्नुभएको छ । आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा आज हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले “राजधानी र नामकरणको विषयको चर्चा धेरै भयो, अबको १५ दिनभित्र टुङ्ग्याउँछु”, भन्नुभयो । कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उहाँले आग्रह गर्नुभयो । “देश ऋण र अनुदानबाट होइन, जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो, “कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “जनताले तिरेको कर सदुपयोग…
काठमाडौँ: नेपाल भ्रमण वर्ष, २०२० अभियानको प्रवद्र्धनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘टेलिभिजन शो’ प्रसारण हुने भएको छ । निजी क्षेत्रको साझेदारीमा ‘पल्सर द नेक्ट डेस्टिनेसन’ पाक्षिक टेलिभिजन ‘ट्राभल शो’ निर्माण गरी प्रसारणको तयारी गरेको भ्रमण वर्ष सचिवालयलले आज यहाँ आयोजित पत्रकार सममेलनमा जानकारी दियो । नेपाल टेलिभिजन र हिमालय टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रममा नेपालका २६ पर्यटकीय गन्तव्यलाई समेटिएको छ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचारप्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य छ । गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक स्थलसँगै त्यहाँको जीवनशैली, खानपान र कथा व्यथालाई समेटिएको छ । भ्रमण वर्षलाई सफल बनाउन र नेपालप्रति सकारात्मक भाव जगाउने…
काठमाडौं : निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्याइएको छ । हाल निजामती सेवाका कर्मचारीको उमेर हद ५८ बर्ष कायम रहेकोमा २ बर्ष उमेर थप गरी उमेद हद ६० पुर्याइएको हो । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेपछि २०२१ सालदेखि पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने निर्णय गरेको छ । हाल स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारी र शिक्षकको उमेर हद ६० वर्ष रहेको छ भने न्यायाधीशको उमेर हद ६३ वर्ष रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीले सबै राष्ट्रसेवकको उमेरमा समानता कायम गर्नुपर्ने प्रस्ताव…
पोखरा: बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गर्नुभएको छ । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उहाँको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ । उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ । त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौ : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज बिहीबार पनि छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँ पुगेको छ । हिजो बुधबार पनि छापावाला सुनको भाउ २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँ नै बढेर ७१ हजार ७ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँ थियो । चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ बढेर ८ सय ६० रुपैयाँमा आइपुगेको छ । सुनचाँदीको बजार भाउ…
काठमाडौं : हिमालयन बैंकले २२प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०प्रतिशत बोनस सेयर र १२प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । बैंकले ८५ करोड २० लाख २५ हजार ५८४ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब २ करोड २४ लाख ३० हजार ७०१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष हिमालयनले ५प्रतिशत बोनस सेयर र १०.७९प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ८…
काठमाडौं : एसीसी इमिर्जिङ टिम्स कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले अर्धशतकीय योगदान दिए । उनले ५६ रन बनाएका थिए । पवनले ४०औं ओभरको पहिलो बलमा यस राठोरको बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । खेलमा पवनले ४९ बलमा सात चौका र दुई छक्का प्रहार गरेका थिए । त्यसअघि शरद भेषावकरले ४४ रनको योगदान दिए । ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल दुई बल सामना गरेर शुन्यमै आउट…
काठमाडौँ: नेपालमा वित्तीय पहुँच तीब्र रुपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अकोतर्फ वित्तीय प्रविधिको प्रयोग तीब्र रुपमा बढ्दैगएकोले वित्तीय पहुँच विस्तार हुँदै गएको नेपाल राष्ट्र बैंकले जनाएको हो । बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३३०० मा आइपुगेको छ । निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ । मोवाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको छ । पछिल्लो समयमा नेपालमा बैंकिङ्ग सेवामा पहुँच उल्लेख्य…