Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: भारतले आइतबार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आगामी सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाएको हो । नेपाल–भारतबीच कालापानीका सम्वन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने भएकाले समितिले उहाँलाई आगामी सोमबारको बैठकमा बोलाउने कार्यसूची तयार गरेको हो । त्यस्तै प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्वन्ध समितिले पनि कालापानीका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोही दिन बस्ने बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आमन्त्रण गरेको समितिका सचिव सुरजकुमार दुराले राससलाई जानकारी दिनुभयो । यद्यपि नेपाल सरकारले…
काठमाडौँ: विगतमा डेडिकेटेड र ट्रङ्क लाइन लिएर तोकिएअनुसार महसुल भुक्तानी नगरेका ग्राहकलाई किस्ताबन्दीमा महसुल तिर्न दिने नेपाल विद्युत् प्राधिकरणको निर्णय कार्यान्वयन गर्न थालिएको छ । प्राधिकरण सञ्चालक समितिको यही कात्तिक १६ र १७ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार नै उद्योगीलाई मर्का नपर्ने गरी किस्ता तय गरिएको छ । प्राधिकरणले सोही निर्णयअनुसार रघुपति जुट मिललाई ४४ किस्तामा महसुल तिर्ने गरी निर्णय गरी त्यसको जानकारीसमेत गराएको छ । प्राधिकरणले प्रति किस्ता रु २७ लाख पाँच हजार ८०० को दरमा ४४ किस्ता गरी रकम तिर्न पाउने भएको छ । प्राधिकरणलाई रघुपति जुट मिलले बुझाउन बाँकी रहेको छुट बिल रु ११ करोड ९०…
काठमाडौँ: नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लाग्नुभएको हो । “प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न बैठक आह्वान गर्नुभएको हो”, सल्लाहकार डा अर्यालले भन्नुभयो । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायतका राजनीतिक दल, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल भारत सीमाबारे जानकारहरुको सहभागिता हुनेछ । भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको…
हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतले आफ्नो नक्साभित्र समावेश गरेको भूमि कालापानी नेपालकै भूमि भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ।” यसैबीच भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाएको भन्दै विभिन्न सङ्घ संस्थाले आज हेटौँडामा विरोध कार्यक्रम आयोजना गरेका छन् । राष्ट्रिय जनसरोकार मञ्च मकवानपुर, नागरिक सरोकार समिति, मकवानपुर जागरण अभियान नेपाल, राष्ट्रिय कर्मचारी महासङ्घ प्रदेश ३, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रलगायतले विरोधजुलुस निकाल्नुका साथै विरोधसभा आयोजना गरेका थिए । भारतको उक्त कदमको यहाँका विद्यार्थीले पनि विरोध जनाएका छन् । अनेरास्ववियुले विरोध…
वालिङ: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गर्नुभएको छ । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको आज यहाँ अनावरण गर्दै मन्त्री बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताउनुभयो । “सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ”, सरकारका प्रवक्तासमेत रहनुभएका बाँस्कोटाले भन्नुभयो, “विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पु¥याउनेछौं ।” “सरकारसँग राष्ट्रप्रेमको अडान छ त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन”, प्रवक्ता बाँस्कोटाको…
घोराही: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमै दाङसहित देशका ४१ जिल्लामा विद्युतीकरण गरिने बताउनुभएको छ । उहाँले देशमा विद्युत् उत्पादनको मात्रा बढिरहेकाले देशका अंधिकांंश जिल्लाका प्रत्येक गाउँबस्तीमा विद्युत् पु¥याउने सरकारको लक्ष्य पूरा हुन लागेको बताउनुभयो । “पहिलो चरणमा ४१ जिल्ला पूर्णरुपमा विद्युतीकरण गरिन्छ”, उहाँले भन्नुभयो, “आगामी वर्ष अरु थप जिल्लामा पनि विद्युतीकरण गरिने तयारी छ ।” मन्त्री पुनले विद्युत्सँगै सौर्य, बायोग्यासलगायत वैकल्पिक ऊर्जाका माध्यमबाट देशलाई उज्यालो बनाउने अभियानमा लागिएको बताउनुभयो । प्रेस सङ्गठन दाङ शाखले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले हालसम्म केही विद्युत् भारतबाट आयात गरिए पनि आगामी वर्षदेखि भने निर्यातको चरणमा पुगिने जानकारी दिनुभयो…
काठमाडौँ: आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको छ । नेपाल एसोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ अन्तर्गत ¥याफ्टिङ र कायक प्रतियोगिता हुन लागेको हो । नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले हरेक वर्ष झैँ यस वर्ष पनि नाराले कायक र कर्पोरेट ¥याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो । यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशीमा यस्तो प्रतियोगिता गर्न लागिएको अध्यक्ष नेपालले बताउनुभयो । नाराले गत वर्ष लमजुङको मस्र्याङ्दी नदीमा कायक…
काभ्रेपलाञ्चोक: पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यालयले जनाएको छ । “यसै आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्दैछौँ, यसका लागि हामी निर्णय गरेरै तयारीमा जुटिसकेका छौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । उहाँका अनुसार पाँचखालको समग्र विकासका लागि लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्ने निर्णय गरिएको हो । नगरप्रमुख खरेलले भन्नुभयो, “पाँचखालमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विकासका काम शुरु भएको यस अवसरमा लागानी सम्मेलन फलदायी हुने अपेक्षामा छौँ ।” पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माण कार्य शुरु गरिएको, बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता भई कार्य प्रारम्भ गरिएको, राष्ट्रिय…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ । लामो समय फोहर थुपार्दा स्थानीयवासीलाई समस्या परेको भन्दै बिमा गर्ने तयारी गरेको हो । बिमाका लागि अहिले कति प्रभावित भएका छन् भनी नामावली सङ्कलन गर्ने कार्य भइरहेको छ । नामावली सकिएपछि बिमाको कार्य शुरु गर्ने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । कामपाले दुई वर्षका लागि भन्दै लामो समयसम्म फोहर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए । दीर्घकालीन फोहर व्यवस्थापन गर्नका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माणकार्य भइरहेको छ…
राजविराज: सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ । यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ । दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएको थियो ।