Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । घटनाका आरोपी तीन जना चिनियाँ नागरिक हुन् । राजश्व चुहावट गरेको अभियोगमा रु १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उनीहरु अहिले प्रहरी…
काठमाडौँ; वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रिया पूरा नगरी विभिन्न बहानामा शुल्क लिनु अनुचित भएको ठहर गर्दै विभागले कुनै पनि व्यक्ति तथा संस्थालाई अनुचित कार्य नगर्न÷नगराउन सूचित गराएको छ । विभागले ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग लिएको रकम ससम्मान फिर्ता गर्नसमेत निर्देशन दिएको छ । पूर्वस्वीकृति लिई विज्ञापन गरी छनोट प्रक्रिया पूरा नगरेका कामदारलाई स्वास्थ्य परीक्षण तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’लगायत प्रक्रियामा सहभागी गराउनु अनुचित भएको विभागले जनाएको छ । विभागले पूर्वस्वीकृति बमोजिम विज्ञापन भई…
भद्रपुर: वर्षांैदेखि गाईगोरु तस्करीमा संलग्न दक्षिण झापास्थित कचनकबलका पाँच जनालाई अब उप्रान्त तस्करी नगर्न भन्दै प्रहरी, जनप्रतिनिधि र समुदायसमक्ष शपथ खुवाइएको छ । यही तिहारअघि गोरु तस्करी गर्दागर्दै प्रहरीले पक्राउ गरेका उनीहरुलाई अबदेखि तस्करी नगर्ने शपथ खुवाएर छाडिएको हो । जिल्लाका प्रहरी प्रमुख दिनेश मैनालीको उपस्थितिमा समुदाय प्रहरी साझेदारी झापाको आयोजनामा आज भएको विशेष कार्यक्रममा कचनकबल गाउँपालिकाका प्रमुख अन्जार आलमले शपथ गराउनुभएको थियो । कचनकबल गाउँपालिकाको सदरमुकाम बनियानी बजारमा गाईगोरुको तस्करी रोक्ने विषयमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पदाधिकारीलाई शपथग्रहण गराए जसरी नै तस्करीमा संलग्न व्यक्तिलाई शपथग्रहण गराइएको थियो । गाउँपालिकाका अध्यक्ष आलमले शपथ गराउँदै माइकबाट ‘म आजदेखि…
काठमाडौं: प्रदेश ५ को सूचना प्रविधी प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटा नियुक्त भएका छन। बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले बाँस्कोटालाई आगामी ५ बर्षको कार्यकालका लागि नियुक्त गरेको हो। बिगतमा राष्ट्रिय सूचना प्रविधी केन्द्र, सिंहदरबारमा कार्यकारी निर्देशकको ४ बर्षे जिम्मेवारी पुरा गरिसकेका उनले आफ्नो कार्यकालमा राष्ट्रको दुरगामी महत्व राख्ने राष्ट्रिय परिचयपत्र , सवारी अनुमती पत्र, राष्ट्रिय डाटासेन्टर , बिपत ब्यबस्थापन केन्द्र , सरकारी नेटवर्क तथा बिध्युतीय मानक जस्ता पारीयोजनाहरुको सफल कार्वान्वयन गरेका थिए। त्यस्तै, एसियाली बिकास बैंकको सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत सन्चालन भएको सूचना प्रविधी बिकास पारीयोजनाको कार्यक्रम निर्देशक भई बिध्युतीय सरकार गुरुयोजनाको कार्यन्वयन गरेका थिए। झन्डै २ दशक…
काठमाडौँ : छठ पर्वमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी क्षेत्रमा फालिएको फोहर तीन दिनको निरन्तर प्रयासपछि सफाइ गरिएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वका बेला राजधानीको गुह्येश्वरी क्षेत्रमा मात्र लाखौँ भक्तजन आउने गरेका छन् । यसवर्ष कात्तिक १४ देखि १७ गतेसम्म मनाइएको छठमा धुपका बट्टा, प्लाष्टिक, दूधका प्लाष्टिक, माटोका दियो, फलफूल र अन्य वनस्पतिजन्य वस्तु ज्याँदा भएको वाग्मती सुन्दरता सरोकारमञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । फालिएका सबै वस्तुलाई वर्गिकृत गर्दै जाँदा १० प्रतिशत बिक्री हुने फोहर फेला परेको थियो । बाँकी फलफूल, वनस्पतिजन्य, परालजस्ता चीजबीज गाईबाछाका आहारका रुपमा प्रयोग…
काठमाडौँ : आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ । सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती…
न्युयोर्क– संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ । केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्ने भन्दै विश्वका नेताहरुको सहभागितामा बनाइएको पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गरेका थिए । यस सम्झौतामा भएका कतिपय प्रावधानका कारणले अमेरिकालाई अनावश्यक रुपमा आर्थिक भार थपेको अमेरिकाको भनाई थियो । प्राप्त समाचारअनुसार यस प्रयोजनका लागि संयुक्तराज्य अमेरिकाले संयुक्त राष्ट्रसंघलाई मङ्गलबार औपचारिक पत्र पठाएको हो । यस निर्णयसम्बन्धी आफ्नो जानकारीका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मङ्गलबार पत्र लेखेर औपचारिक रुपमै जानकारी…
काठमाडौं : बम उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योग गरेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको बयान शुरु भएको छ । जिल्ला अदालत रौतहटमा उनको सुरुवाती बयान भइरहेको छ । जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले आलमको बयान शुरु भएको जानकारी दिएका छन । जिल्ला न्यायाधीश दीपक ढकालको इजलाशमा आलमको बयान शुरु भएको पराजुलीले जानकारी दिए । आलममाथि २७ चैत २०६४ मा बम विस्फोट गराइ बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर कर्तव्य ज्यान गरी मारेको आरोप लागेको छ । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार आलमसहितका १०…
जलेश्वर : आउँदो मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको चार पदका लागि उप निर्वाचन हुनेभएको छ । एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको स्थान रिक्त रहेको छ । पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा नगरपालिकाको वडा नं– २ र ८ का वडाध्यक्षको मृत्यु भएकाले सो पदका लागि निर्वाचन हुनेछ । त्यस्तै मटिहानी नगरपालिका–६ का वडाध्यक्षको नाम लोकसेवामा सिफारिस भएपछि रिक्त स्थानमा निर्वाचन हुने झाले बताइन । सो उपनिर्वाचनमा २४ हजार ४९२ मतदाता…
काठमाडौँ: नेपालको जलविद्युत् इतिहासमा कम्पनी ढाँचाबाट आयोजना निर्माण गर्ने श्रेय पाएको चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । कम्पनीले रु २३ करोड ७९ लाख छ हजार ७८९ बराबरको नगद लाभांश र रु ९५ करोड १६ लाख २७ हजार १५६ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी मङ्सिर ११ गते बस्ने २३ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्ने छ ।…