Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ। यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन्। केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग, तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ। किमाथान्का–धनकुटा–हिले सडक निर्माण, हिल्सा नाकाको विकाससँगै…
धनगढी: नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीसहितका १२ ठाउँमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक चौथो पुस्ताको ‘फोर जी’ सेवा आजदेखि सञ्चालनमा ल्याएको छ । आज यहाँ आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशको धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चिसघर, बूढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगरमा यो सेवा शुरु भएको जानकारी दिइयो । प्रदेशका अन्य ९३ स्थानमा ‘फोरजी एलटिइ’ जडान पूरा हुने क्रममा रहेकामा ११ नयाँ स्थानमा टावर जडान कार्य जारी रहेकाले प्रदेशका थप क्षेत्रमा उक्त सेवा निकट भविश्यमै विस्तार गर्ने तयारी गरिएको जनाइएको छ । आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पु¥याउने सरकारको लक्ष्यअनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले…
काठमाडौँ: दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ । अहिलेसम्म दशैँका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेको प्रमुख ढकालले जानकारी दिनुभयो । प्रहरीले यही असोज…
काठमाडौँ: यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिए सँगै संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको नाम बुधबार दिउँसोबाट हटाइएको हो । महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन ।
काठमाडौँ: दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रागर्न बाध्य भएको बताउनुभएको छ । केही यात्रु घरमा पुग्न पाइने आशमा बढी भाडा तिर्ने गरेका छन् भने धेरै यात्रुले चाहना नहुँदानहुँदै बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन् । ट्राफिक प्रहरीले बढी भाडा लिने सवारीको निगरानी बढाए पनि यात्रु ठगिने क्रम रोकिएको छैन…
काठमाडौँ:धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अङ्कले घटेर एक हजार १४०.७१ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले घटेर २४९.७८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममा पनि सुस्तता आएको छ । आज कूल १६१ कम्पनीका सात लाख ८५ हजार ७४० कित्ता शेयर रु २० करोड ३२ लाख ८७ हजार २३७ मा खरिद बिक्री भयो । आज कारोबार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । सामूहिक लगानी कोष ०.०५ र अन्य उपसमूहको शेयर ६.०४ अङ्कले बढेको छ…
धादिङ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले सीपाइला, लामीडाँडा, गल्छी, कल्लेरी हुँदै कुम्पुर सलाङबाट बेनी दोभानको सडक निर्माण गरी वैकल्पिक राजमार्ग बनाउन लागि परेको बताउनुभएको छ । धादिङबेँसीमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले काठमाडौँ उपत्यका भित्रिने नाका नागढुङ्गा नौबिसे सडकमा जाम भइरहने र अबका दिनमा यही सडकले सवारी आवागमन धान्न नसक्ने भएकाले वैकल्पिक राजमार्ग बनाउनुपर्ने आवश्यकता आएको बताउनुभयो । काठमाडौँमा ५० लाख मानिस बस्छन् । चाडबाडको बेला उनीहरु घर जाने र फर्कने ठूलो सङ्ख्या एकै पटक ओहोरदोहोर हुने गरेको छ । यस अवस्थामा वैकल्पिक मार्ग आवश्यक भइरहेको सन्दर्भमा काठमाडौँको चाप कम गर्न र लामीडाँडादेखि गल्छी,…
काठमाडौँ : ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने उद्घोष गरेपछि अभियानकर्मी उत्साहित भएका छन् । प्रधानमन्त्री ओलीले एक्काइशौँ शताब्दीमा देशमा भोकै र नाङ्गै भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्यको सवाललाई प्राथमिकता दिँदै यस अभियानमा सामेल हुन आह्वान गर्दै आउनुभएको छ । प्रधानमन्त्रीको सङ्कल्पले स्वयंसेवी रुपमा कार्यरत आफूहरुलाई उत्साहित तुल्याएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । सो संस्थाले मुलुकका १४ जिल्लामा आश्रयम खोली करीब ८०० बेसहारालाई सडकबाट उद्धार गरी पालनपोषण गरिरहेको छ । अध्यक्ष अधिकारीले रासससँग भन्नुभयो, “सीमित स्रोत साधनको…
काठमाडौँ: नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्मविपरीत भएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको बताउँदै अनुसन्धानमा सङ्लग्न प्रहरीलाई दबाब र प्रभावमा नपरी चनाखो भएर अनुसन्धान गर्न आग्रहसमेत गर्नुभयो । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उहाँको भनाइ थियो । पार्टीका पूर्व महामन्त्रीसमेत रहनुभएका सिंहले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य भएमात्र पार्टी बलियो हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीका सबै…
काठमाडौँ: मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ५०० निर्धारण भएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ६८ हजार ९०० मा कारोवार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी…