Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बेत्रावती : नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययन गरेर फर्कदै गरेका नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएपछि खोजी गरिए पनि आज बिहानसम्म फेला परेका थिएनन् । विद्यालयबाट फर्कदै गरेका तीनमध्ये सरोजलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ । किस्पाङको वडा नं १ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा नं ३ को काहुलेतर्फ जाने उक्त खोलामा पुल नहँुदा वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हुदैँ आएको स्थानीय भीमबहादुर घलेले बताए…
काठमाडौँ ः पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९०० का दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार ३०० कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार…
ललितपुर : ललितपुर उद्योग वाञ्जिय सङ्घले आगामी असोज २६ गते पदयात्रा गर्ने भएको छ । सो क्षेत्रका एक महानगरपालिका र दुई नगरपालिकाभित्र सङ्घले पदयात्रा आयोजना गरी पर्यटन वर्ष २०२० का लागि प्रचार–प्रसारमा जोड दिने भएको हो । ‘हाम्रो सम्पदा, हामी आफैँ बनाऔँ’ भन्ने नारालाई अघि सार्दै सङ्घले जिल्लाका सम्पदा क्षेत्रबारे जानकारी गराउन र यस क्षेत्रमा बढीभन्दा बढी स्वदेशीलगायत विदेशी पर्यटक भित्र्याउन लागिपरेका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । “पदयात्रामा हामीले महालक्ष्मी नगरपालिकाको सानागाउँ, लूभू, लपु महानगरपालिकाको पाटनदरबार परिसर, हरिसिद्धि, धापाखेल, सुनाकोठी, बुङ्मती, खोकनालगायत गोदावरी नगरपालिकाका आसपासका क्षेत्रमा घुमाउने छाँै”, महर्जनले भने, “करीब दुई हजार मानिसलाई भित्र्याउने उद्देश्य लिइएको पदयात्रामा…
इनरुवा : कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन दिइरहेका छन । कोशी नदी कटान डुबान सङ्घर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी रखेको सङ्घर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताए । कोशी ब्यारेज निर्माण भएका बेला इसं १९५४ मा भारत र नेपाल सरकारका प्रतिनिधिबीच भएको सम्झौताअनुसारको क्षतिपूर्तिको रकम पाउनुपर्ने माग गर्दै आफूहरुले रिले अनशन शुरु गरेको उनले बताए । कोशीपीडितले आफूहरुको ५३ हजार बिघाभन्दा बढी जग्गा क्षति भएकामा सात हजार बिघा जग्गाको ‘भेरिफिकेशन’ गरेर त्यसवापतको क्षतिपूर्ति रकम दिन भारतीय अधिकारीले नेपाल सरकारलाई रु ८० करोड उपलब्ध गराएको थियो । तर…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस थालिएको छ । हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ । मंगलबार फेरि गरिदैँ छ । यस अघि साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाएको थियो । यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।
काठमाडौँ: गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली गोगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवको मुख्य सहयोगी छन् । पथल्जली योगपीठ नेपालमा पनि सक्रिय छ । आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन् । कृष्ण जन्माष्टीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा उनी अचानक विरामी परेका थिए । अहिले उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गरे । यसमध्ये आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणाले तत्काल चर्चा पाएको छ । सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र यो घोषणा कार्यान्वयन गराउने मन्त्री भट्टराईले बताएका छन् । ‘यसको कार्यान्वयनमा वायुसेवा कम्पनीको समेत भूमिका हुने भएकाले सरोकारवालासँग छलफल आवश्यक छ,’ उनले भने । न्त्रालयले यस घोषणाको कार्यान्वयनमा मन्त्रालय, प्राधिकरण र वायुसेवा कम्पनीहरुलाई जिम्मेवार निकाय तोकेको छ । यो कार्यक्रम वित्तीय अनुशासनभित्रै बसेर गरिएको भन्दै मन्त्री भट्टराईले स्रोतको व्यवस्थापनमा समस्या नहुने समेत आश्वासन दिएका छन् । सरकारले चालु आर्थिक वर्ष भित्रै अन्तर…
काठमाडौं: पत्रकार शालिकराम पुडासैनीलाई आत्मत्याका लागि दुरुत्साहन गरेको अभियोग लागेका सञ्चारकर्मी रवि लामिछाने चितवन जिल्ला अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले न्युज २४ टेलिभिजनका सञ्चारकर्मी रवि लामिछानेलाई ५ लाख, सोही टेलिभिजनका कार्यरत पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यस्तै अर्की अभियुक्त अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।
काठमाडौँ: चितवन नारायणगढको पोखरा बसपार्क स्थित कंगारु होटलमा गत साउन २० गते आत्महत्या गरेका माउन्टेन टेलिभिजनका पत्रकार किन चितवन नै पुगेका थिए भन्ने तथ्य खुलेको छैन । तर प्रहरी बयानमा माउन्टेन टेलिभिजनका क्यामेरामेन ओमबहादुर भुजेलले शालिकरामले आफू चितवनको रामनगरस्थित एक होटलमा स्टिङ गर्न जान्छु भनेर चितवन गएको बताएका छन् । भुजेल मृतक पत्रकार शालिकरामले नै चलाउने कार्यक्रम मिसन न्युजसँग आवद्ध थिए । पहिलोक्लिकलाई प्राप्त अदालत र प्रहरी स्रोतबाट प्राप्त विभिन्न कागजातहरुमा शालिकराम चितवन किन गएका थिए भन्ने तथ्य भने खुल्न सकेन। तर चितवन जानु पूर्व पत्रकार शालिकराम मानसिक रुपमा समेत तनावग्रस्त रहेको देखिन्छ। आत्महत्या प्रकरणमा थुनामा…
काठमाडौँ : १२ औं पटकको शेयर बिक्रीपछि लाग्ने पूँजिगत लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलको माग अनुसार सार्वोच्च अदालतले फैसला सुनाएको छ । ५ न्यायाधीशहरुको बृहत पूर्ण इजलासले गरेको फैसलाको निर्णय सोमबार सुनाउँदै ठूला करदाता कार्यालयले यसअघि गरेको कर निर्धारण बदर गरिदिएको छ । अब ठूला करदाता कार्यालयले पुनः नयाँ कर निर्धारणको प्रक्रिया अघि बढाउनुपर्ने छ । ‘निवेदकलाई आयकर ऐनको दफा १२० (क) बमोजिम लगाएको शुल्क उक्त दफाको विपरित देखिँदा सो हदसम्म ठूला करदाता कार्यालयको मिती २०७६/०१/०३ को कर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ,’ सर्वोच्चको फैसलामा भनिएको छ । गत बैशाख ३…