Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । शनिबार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले राजनीतिक परिवर्तनका लागि कांग्रेस र एमालेले असाधारण योगदान गरेको बताए । ‘अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरुमा यी पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिवद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन्’, उनले भने । प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले…
काठमाडौं । सरकारले आफूहरुलाई बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले फेरि वृहत राष्ट्रिय आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज एक विज्ञप्ति जारी गरी सरकारले बचत फिर्ताको जिम्मा नलिएसम्म आफूहरूको रकम फिर्ता हुने अवस्था नदेखिएकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएको हो । ‘सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ’, अभियानका अध्यक्ष कुशलब केसीले भनेका छन्, ‘त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो । हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो ।’ सहकारी पीडितले बुधबार डिपुटी गर्भनरसहित बसेको क्याबिनेट छलफलमा पनि आफूहरूको प्रतिनिधि…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शनलाई स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्ने रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी गराए । श्रेष्ठले भने, ‘पोखराबाट सुरु भएको विरोध प्रदर्शनलाई आज काठमाडौंमा निरन्तरता दियौं । अबका कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्छौं ।’ काठमाडौं जिल्ला समिति आयोजक र केन्द्रीय सदस्य पुकार बम संयोजक भएर शुक्रबारको विरोध कार्यक्रम गरिएको थियो । विरोध प्रदर्शनलाई उपत्यकाव्यापी बनाउने गरी पार्टीले…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको बताएका छन् । शुक्रबार सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँको बानेश्वरमा विरोध प्रदर्शनपछि आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै सांसद पराजुलीले सहकारी छानबिन प्रतिवेदनमा ८७ अर्ब अपचलनबारे नखोजी रवि लामिछानेलाई मात्र पक्राउ गरेको बताए । उनले सरकार भ्रष्टाचारीलाई जोगाउन लागि परेको दाबी समेत गरे ‘जीबी राई एक्लैले १६ अर्ब ठगे’ भन्दै उनले जीबी राई पक्राउ गर्न कसले रोक्यो भनेर सरकारलाई प्रश्न गरे । उनले संसदीय छानबिन समितिका सभापति सूर्य थापाले रवि लामिछानले कुनैपनि सहकारीबाट रकम नलिएको भनेको भन्दै प्रतिवेदनमा समेत सोही कुरा लेखिएपनि सरकारले…
काठमाडौँ । सत्तापक्षीय सात राजनीतिक दलले लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र भएको भन्दै सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश मात्र हुनसक्ने बताएका छन् । शुक्रबार बसेको सत्तापक्षीय सात दलको बैठकपछि जारी संयुक्त वक्तव्यमा विपक्षी दलहरूले सरकारको विकल्प सडकबाट खोजेको ठहर गर्दै सरकारको विकल्प संसद् र नयाँ जनादेश बाहेक अन्यत्रबाट नखोज्न सुझाव दिएका हुन् ।सात दलले भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यता विपरीत हुने समेत स्पष्ट पारेका छन् । ‘त्यो भन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यता विपरीत हुने कुरा स्पष्ट छ । यसप्रति सचेत र सजग रहन हामी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछौँ’,…
काठमाडौँ:नेपाल विद्युत् प्राधिकरणले शुक्रबार दुई उद्योगको काटिएको बिजुली पुनः जोडिदिएको छ। जीबी टेक्स्टाइल र जीबी टेक्स्टाइलले बक्यौताको पहिलो किस्ता तिरेपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ। यी दुवै उद्योग बुटवल वितरण केन्द्रअन्तर्गतका रहेका छन्। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली लिएर महशुल नतिरेको भन्दै ताकेता गर्दै आएको थियो। ताकेताको बेवास्ता गर्दै महशुल नतिरेपछि पुनः लाइन नै काटिदिएको थियो। दुई उद्योगले क्रमशः ३५ लाख ३७ हजार र १४ लाख १२ हजार रुपैयाँ बक्यौताको पहिलो किस्ता शुक्रबार बुझाएलगत्तै प्राधिकरणले लाइन जोडिदिएको हो। बिहीबार प्राधिकरणले बक्यौता रहेका ३४ उद्योगको बिजुली काटिदिएको थियो। वटा उद्योगले भने हिजै किस्ताबन्दीमा बक्यौता चुक्ता गर्न थालेकाले उनीहरूको लाइन काटिएको थिएन।…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन सुविधाबाट विद्युत् उपभोग गरेर लामो समयदेखि महसुल नतिरेका ३४ वटा उद्योगको लाइन गएराति (बिहीबार) काटिदिएको छ। पटकपटक सूचना दिएर पर्याप्त म्याद दिँदा पनि महसुल नतिरेपछि लाइन काट्न बाध्य भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बिहीबार अबेरसम्म पनि किस्ताबन्दीको सुविधा लिएर रकम तिर्न उद्योगीहरूलाई सुझाव दिएका थिए। पछिल्लोपल्ट असोज २४ गते फूलापतीका दिन १५ दिनको म्याद दिएर प्राधिकरणले बक्यौता रहेका ४९ वटा उद्योगको नाम सार्वजनिक गरेको थियो। ती उद्योगमध्ये यसबीचमा ६ वटा मात्र सम्पर्कमा आएर किस्ताबन्दीको सुविधा लिएका छन्। उनीहरुले अब किस्ता–किस्तामा बक्यौता तिर्नेछन्। दुईवटा सरकारी उद्योग नै रहेका छन्। हेटौँडा…
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् ।फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले कार्तिक ७ गते मन्त्रीस्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालयमातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् ।स्वास्थ्यका लागिसमेत हानीकारक मानिने एक्सरे फिल्म प्रयोगमा भैरहेको ठूलो धनराशी खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।यस्तो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत…
काठमाडौँ । वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सञ्चालन हुने भएको छ । सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग खुल्ला गरिएको हो । बुधवारदेखि राजमार्ग २४ सै घण्टा सुचारु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । असोज ३० देखि राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै भने, ‘सय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन् । बितेका एक सय दिनमा हामीले विपत्तिका बिच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन् ।’ सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना…