Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिज फिर्ता दिन माग राखेका छन । उनले महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गरेका हुन। प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार एक ज्ञापनपत्र बुझाउँदै एशियन टेक्स्टाइल एण्ड गार्मेन्टस् काउन्सिलकासमेत पूर्वअध्यक्ष रहेका इनानीले राष्ट्रिय वाणिज्य बैंकले आफ्नो उद्योगको सम्पूर्ण सम्पत्ति २०५८ सालदेखि कब्जा गरेकाले आफू मर्कामा परेको गुनासो गर्दै सो माग राखेका हुन । नेपाल सरकारबाट जाँचबुझ समिति गठन गरी सम्बन्धित दोषीमाथि कारवाही गरी आफ्नो सम्पत्तिको क्षतिपूर्तिसहित फिर्ता दिलाउनु पर्ने उनको दाबी छ । सन् २००० मा स्थापना भएको…
चितवन ः चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ आउँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नंको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेको उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले दुर्घटनामा परेका ट्रक र बसलाई सडकबाट हटाई दुईतर्फी सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उहाँको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । विसं १९८९ असोजमा जन्मिनुभएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्भाल्नुभएको उहाँका छोरा सुमनप्रसाद सिंहले जानकारी दिनुभयो । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहनुभएको थियो । उहाँका दुई छोरा र छोरी छन् । उहाँको जेठो डा रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक हुनुहुन्छ ।स्व सिंहको…
हेटौँडा: प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका १४ कलङ्की निवासी उहाँलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिनुभको थियो । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ । बत्तीस वर्षअघि अभिवक्ता बनेर कानूनी क्षेत्रमा लाग्नुभएका थपलिया विसं २०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा क्रियाशील हुँदै दुई वर्षअघि वरिष्ठ अधिवक्ता हुनुभएको थियो । तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गर्नुभएका उहाँलेले राजनीति शास्त्रमा एमए र कानून विषयमा एलएलएम…
काठमाडौँ: मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् । अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ । …
फिदिम: पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् । सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक्ष्यका साथ पाँचथरबाट उक्त परिचयपत्रका लागि विवरण सङ्कलन गरेकामा अधिकांश युवा वैदेशिक रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहनाका साथै अन्य कारणले लक्ष्यभन्दा २४ हजार कम जिल्लावासीले विवरण दर्ता गराएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बुलेटिनअनुसार सो अवधिमा ८३ हजार १०२को राष्ट्रिय परिचयपत्र छपाइ भएकोे र तीमध्ये…
काठमाडौँ: प्रधानन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहिबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन् । प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको थिएन । यतिमात्र होइन, ट्विटरमा प्रयोग भएको भाषा पनि अशुद्धता देखिएको छ । ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो । पहिलो ट्विटमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ । तर दोस्रो ट्विटमा पनि हिज्जे गलत लेखेपछि तेस्रो ट्विटमार्फत सच्चाइएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन…
काठमाडौँ: पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो । घलेले गाउँका बुढापाकासँग सोधे । गोठालाहरुले ताल छ भनेपनि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैर गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो । उनीहरु दुई दिनमा तालछेउ पुगे । त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित…
काठमाडौँ: वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन् । निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ती निकायले नौ महिनादेखि ऋणको किस्ता तिरेका छैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक वर्ष अगाडि भित्र्याएको एयरबसको ए ३३०–२०० नामको वाइडबडी जहाज पूर्णक्षमतामा उडान गर्न नसक्दा तीनवटा किस्ता तिर्न सकेको छैन । निगमले उडान व्यवस्थापन मिलाउन नसक्दा र व्यवसायिक योजनाअनुसार उडान नहुँदा गत आवमा मात्रै करिब दुई अर्ब घाटा भएको छ…
काठमाडौँ: क्षेत्राधिकार नभएका विषयमा मुद्दा हेरेको भन्दै सर्वोच्च अदालतले उच्च अदालतका तीन न्यायाधीशलाई छानबिन र कारबाही गर्न आदेश दिएको छ । चिवतनको आन्तरिक राजस्व कार्यालयले गरेको निर्णयविरुद्ध परेको निवेदनमा सुनुवाइ गरेको भनी सर्वोच्चले जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवलाई दायित्वविमुख गरी न्यायपरिषद्मा झिकाउन भनेको हो । ‘प्रादेशिक क्षेत्राधिकारका विषयमा गम्भीर त्रुटि गरी आदेश गरेको देखिएकाले अन्तरिम आदेश गर्ने तीनै जना न्यायाधीशलाई’ प्रधानन्यायाशीश चोलेन्द्रशमशेर जबराको एकल इजलासको आदेशमा भनिएको छ,‘न्यायपरिषद् ऐन बमोजिम छानबिन र कारबाही गर्ने प्रयोजनका लागि उच्च अदालत पोखराबाट भएको आदेशको प्रतिलिपिसमेत साथै राखी न्यायपरिषद्मा लेखी पठाउनू ।’ यो समाचार कान्तिपुर दैनिक दैनिकमा छ…