Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा योगेश भट्टराईले पदबहाली गरेका छन् । पदबहाली गर्दै उनले आफूले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिने भन्दा पनि उनीहरुबाट सिक्ने बताए । मन्त्री भट्टराइले जिम्मेवारी सम्हाल्दै आफूले के–के गर्ने भन्ने सन्र्दभमा प्रधानमन्त्रीसँग करार सम्झौता गर्नुपर्ने बताउँदै सल्लाह गरेर केही दिनभित्र गर्ने बताए । आउने एक बर्ष के गर्ने हो प्रधानमन्त्रीले त्यो खोजेको बताउँदै अन्य मन्त्रालयले आज सम्झौता गरेपनि आफ्नो मन्त्रालयले केही दिन पछि गर्ने उल्लेख गरे । उनले जे हुन सक्छ त्यो गर्ने र गर्न नसकेको कुरा पारदर्शी ढंगले बताउने उल्लेख गरे । उनले सञ्चार जगतसँग नभाग्ने बताउँदै सञ्चार जगतको भूमिका…

Read More

काठमाडौँ: पार्टीको चौथो महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच अर्को आरोप–प्रत्यारोप चलेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभि महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई ‘भिलेन’ बनाउन खोजिएको भन्दै देउवाले पौडेलको टिप्पणीप्रति आपत्ति जनाए । कार्यतालिकाकै विवादले बुधबार छलफलका लागि तय भएका अन्य एजेन्डा प्रवेश भएनन् । बैठककै सुरुमै पौडेलले कार्यतालिका नल्याएसम्म अन्य एजेन्डामाथिको छलफलमा आफूहरु सहभागी नहुने बताएका थिए । यो समाचार कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।

Read More

काठमाडौँ: ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् । सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको छ । उता बालिकाकी आमालाई भने नानी हराएको पीरमा विष सेवन गरेकाले अस्पताल भर्ना गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा आनन्द गौतमले लेखेका छन् ।

Read More

काठमाडौँ: काठमाडौं महानगरपालिकाले आ.व. २०७५/०७६ मा २५ वटा स्थानीय कानुन बनाई कार्यान्वयनमा ल्याएको छ । ती कानुनहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्य्विधि), सार्वजनिक निजी साझेदारी तथा लगानी, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, सवारी तथा यातायात व्यवस्थापन, शिक्षा, सार्वजनिक खरिद र विवाद निरुपण ऐन, (२०७५) लगायत छन् । उक्त महानगरपालिकाले ती कानुनहरू बनाउनुका अतिरिक्त अन्य विभिन्न कार्यलाई व्यवस्थित रुपमा अघि बढाइरहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । उनका अनुसार सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र खोली मेलमिलाप हुने प्रकृतिका विवाद वडास्तरमै सल्ट्याउने, महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन…

Read More

काठमाडौँ: रेजा फादे, इरानी नागरिक । उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए । उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु । उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो । तर अध्यागमन अधिकारीहरुसँग नक्कली राहदानीवाहक व्यक्तिलाई किन आगमन छाप दिएको भनेर सोध्दा एउटै जवाफ दिन्छन्, ‘अध्यागमनको प्राविधिक पक्ष कमजोर छ । फादेबारे पनि त्यही भयो ।’ अध्यागमनको कर्मचारीको भनाइ एउटा सीमासम्म सत्य छ । ‘बायोमेट्रिक्स’ सहितको सप्टवेयर प्रणाली छैन । गतिलो प्रविधि नहुँदा अवाञ्छित विदेशीले सहजै प्रवेश पाउने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन्…

Read More

काठमाडौँ: विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भन्नुभएको थियो । निर्वाचनका क्रममा भट्टराई अत्यधिक मतका साथ विजयी हुनुभयो । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त ग¥यो । लगत्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो । सो मन्त्रिमण्डलमा भट्टराई समेटिनुभएन । वाचाअनुसारको प्रतिबद्धता पूरा नभएको भन्दै कहिलेकाहीँ आलोचना पनि हुने गरेको थियो । अहिले आएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भनाइअनुसार भट्टराई मन्त्री बन्नुभएको छ…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनुुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नव नियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सो मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुुभएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुुङमा भएको हेलिकप्टर दुुर्घटनामा निधन भएको थियो । यसपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्दै आउनुभएको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश…

Read More

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुँदैछ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । यो मन्त्रालयमा जिम्मेवार मन्त्रीपद खाली हुँदा भिजिट नेपाल २०२० को कार्यक्रम अगाडि बढन सकेको थिएन ।

Read More

काठमाडौं : सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाएका ७ जनाका परिवारले क्षतिपूर्तिको माग गरेका छन । विमान दुर्घटनामा मृत्यु भएका सात जना एमबीबीएस विद्यार्थीहरुमा आश्रित पीडित परिवारले युएस–बंगला एयरलाइन्स लिमिटेडको सञ्चालक कम्पनीका विरुद्ध २ अर्ब १० करोड रुपैंया अर्थात १९ मिलियन ९० हजार अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति रकम दावी गरी मुद्दा दायर गरेका छन् । दुर्घटना भएको १६ महिना भइसक्दा पनि कम्पनीले अन्तराष्ट्रिय कानून बमोजिम क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरिएपछि पीडितहरुले अदालत मुद्दा दायर गरेका हुन् । उक्त दुर्घटनामा मृत्यु भएकी एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी…

Read More

काठमाडौं : नेपाल र भारतको सिमामा रहेको क्वारेन्टाइनका बारेमा दुई देशबीच छलफल हुने भएको छ । क्वारेन्टाइनमा भारताट आयात हुने तरकारी तथा फलफूल चेकजाँचका विषयमा ठोस निर्णय गर्नका लागि दुईदेशबीच छलफल हुन लागेको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्माले जानकारी दिएका छन । तीन दिन अघि मात्र भारतले त्यहाँबाट नेपालमा निर्यात हुने तरकारी तथा फलफूलको चेकजाँच तथा नेपालबाट जाँचका क्रममा पाइएको गुणस्तरका विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै नेपाललाई पत्र पठाएको थियो । पत्रका बारेमा केन्द्रले हिजो मात्र जवाफ पठाउँदै आगामी अगष्टको १२ तारिखमा छलफल गर्न प्रस्ताव गरिएको जनाएको छ । तर यो…

Read More