Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मौसम पूर्वानुमान शाखाले शुक्रबार देशभरी आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। काठमाडौंमा बिहान सबेरैदेखि वर्षा भइरहेको छ। विभागले देशका पश्चिमी र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको आफ्नो नियमित मौसमपूर्वानुमानमा जनाएको छ। विभागले मनसुनी न्यून चापिय रेखा औषत स्थान आसपास अवस्थित रहेको र यो अति नै सक्रिय रहेको जनाएको छ। उसका अनुसार उत्तर ओडिशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली बनेकाले अहिलेको अवस्था आएको हो। विभागले आज शुक्रबार देखि आइतबारसम्म मौसम बारेमा निम्न अनुमान गरेको छः भाद्र २० गते (शुक्रबार) दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली…

Read More

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन्। पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले यस्तो बताएका हुन्। पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्टयाएका हुन्। संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्विकार गरेर अघि बढिरहेको पनि स्मरण गराए। उनले नेपाली कांग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले कांग्रेस सोही मान्यतामा अडिग रहेको पनि तर्क गरे। उपसभापति…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट शुक्रबार स्वदेश फर्किँदैछन् । उनका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए । स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने छन् । मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए । नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो । सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वेदश फर्किन लागेका हुन् । प्रधानमन्त्रीको साथमा उनकी…

Read More

काठमाडौँ: वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ । दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे सात हजारले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५÷६६ देखि २०७५÷७६ सम्म आइपुग्दा सात हजार ४५५ ले रोजगारीका क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार सो अवधिमा १७१ महिला र सात हजार २८४ पुरुषको ज्यान गएको छ । अवैध रुपमा विदेशिएर मृत्यु हुने वा बेपत्ता हुनेको तथ्याङ्क सरकारसँग छैन । त्यस्ता घटना केवल…

Read More

काठमाडौँ: एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ । उक्त बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच आज राजधानीमा भएको त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो । बैंकले लगानी गरेका ३१ परियोजनामध्ये पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाले लक्ष्यअनुसार गति लिएका तथा अघिल्लो वर्षको साउन १५ गतेको तुलनामा २०७६ साउन १५ गतेसम्ममा समग्रमा सबै ३१ वटा परियोजनाको प्रगति सन्तोषजनक रहेको जनाइएको छ । बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजनाको कार्यान्वयनमा निकै चुनौती रहेका भए पनि तिनको समाधानमा नेपाल सरकारले देखाएको तत्परताको सराहना…

Read More

काठमाडौँ: बौद्धस्थित महानगरीय प्रहरी वृत्तले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८४४ लाई पक्राउ गरेको छ । विसं २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महीनाको तथ्याङ्क हेर्दा बौद्ध क्षेत्रबाट मात्रै ६८८ मुद्दामा आरोपित ८४४ पक्राउ परेका थिए । पक्राउ परेकाहरू लागुऔषध, जुवा, जबरजस्ती करणी, चोरी, बालयौन दुराचार, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचविखनलगायत मुद्दासँग सम्बन्धित थिए । पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी जुवा खेल्ने–खेलाउनेसँग सम्बन्धित थिए । जुवासँग सम्बन्धित ३५ मुद्दामा २९१ लाई पक्रउ गरी मुद्दा चलाइएको थियो । पक्राउ परेकाहरूबाट रु ३१ लाख ४१ हजार ३७० बरामद भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । प्रहरीले गत फागुन २५…

Read More

काठमाडौँ: निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ । कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरिसकेको जनाएको छ । यती एयरलाइन्सले भगिनी संस्था तारा एयरमार्फत सफाइ अभियानका साझेदार संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहयोगमा नकुहिने फोहर जम्मा गरेको विज्ञप्तिमार्फत जनाएको छ । ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)सँगको सहकार्यमा एयरलाइन्सले फोहर उठाएको कम्पनीका वरिष्ठ प्रबन्धक भीमराज…

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कनुहुने छ । उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिनुभयो । मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि उहाँ गत भदौ ५ गते त्यसतर्फ जानुभएको हो । उहाँको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उहाँसँगै फर्कनुुहुनेछ । प्रधानमन्त्रीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव…

Read More

काठमाडौँ: चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ । यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पु¥याएको नमानिने निर्देशनमा उल्लेख छ । बैंक…

Read More

काठमाडौँ: प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालकै स्थानमा बनाउन सरकार दृढ देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा अब सरकार पछि नहट्ने बताउनुभएको छ । विभिन्न समयमा गरिएका अध्ययनले पनि प्रस्तावित निजगढ विमानस्थलको हालको स्थान उपयुक्त भएकाले अब त्यसमा दायाँबायाँ नहुने उहाँको भनाइ छ । हालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वार्षिक ८० लाख हवाई यात्रुले ओहोरदोहोर गर्ने गरेको र वार्षिक सात दशमलव पाँच प्रतिशतले वृद्धि हँुदै गएकाले अब यस विमानस्थले धेरै क्षमता धान्न सक्दैन । सन् २०२२ पछि योक्रम उच्चतम बिन्दुमा पुग्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि अर्काे स्थानमा जानैपर्ने बाध्यता रहेको उल्लेख…

Read More