Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौंः उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् ।मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद डा.पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन् ।गठित समितिको सदस्यमा स्वास्थ्यविद डाक्टर अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद डाक्टर देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन् ।यसैगरी, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव छन् ।समितिलाई औषधीको उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ ।समितिलाई छिमेकी देशहरुले अपनाईएका औषधी मुल्य सम्बन्धि…

Read More

खुर्कोट (सिन्धुली) — सिन्धुली–रामेछाप जोड्ने सुनकोशीमा नेपाली सेनाले सोमबार बिहान बेलिब्रिज हाल्ने काम सकेको छ । बेलिब्रिजको भारवहन क्षमता जाँच गरेर एक/दुई दिनभित्रै सवारी साधन सञ्चालनमा आउने सेनाले जनाएको छ । बेलिब्रिजको काम सकिएको र रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने थोरै काम बाँकी रहेको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीले सुनकोशी नदीको पुल रामेछापतर्फ ५१ मिटर बगाएपछि बेलिब्रिज हालिएको हो । भारवहन क्षमता जाँच सफलतापूर्वक सम्पन्न गरिएको र अहिले यात्रीहरूलाई कामको समय मिलाएर सेनाले पुलबाटै वारपार गर्न दिइएको छ । ‘बेलिब्रिजमा केही नटहरु कस्न बाँकी थियो, त्यो पनि…

Read More

काठमाडौँ; नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ । सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो । यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अदालतले रवि लामिछानेलाई बुधबार छोड्ने दाबी गरेका छन् । सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । परियारले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधबार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर छोड्ने बताए । उनले नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको बताए । परियारले सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको आरोप लगाए । उनले पोखरामा बाहिरबाट पार्टीका कार्यकर्ता नआएको बताए । उनले भने,‘अदालतप्रति रास्वपाको उच्च सम्मान छ । नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको छ । सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको छ…

Read More

काठमाडौँ । ललितपुर महानगरपालिकाले असोज दोस्रो साता आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर संकलन गर्ने र उठाउने काम शनिबारदेखि थाल्ने भएको छ । बाढीले बगाएर ल्याएको फोहोर नख्खु र बागमती नदी किनारमा थुप्रिएका छन् । फोहोर संकलन गर्न २ हजार भन्दा बढी स्वयंसेवक खटिने महानगरपालिकाले जनाएको छ । नदी किनारमा थुप्रिएका फोहरमैला सरसफाइ सम्बन्धी तयारी बैठकमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन बाढीले बगाएर ल्याएको फोहोर शनिबारदेखि उठाउने बताए । ‘बिहान ७ बजे तोकिएको ठाउँमा जम्मा होऔं, हेर्दा नै लाज लाग्ने गरी छरपष्ट प्लाष्टिक, कागज र कपडा संकलन गरौं, सफा नभएसम्म गर्छौं,’ बैठकमा मेयर महर्जनले भने । ११…

Read More

काठमाडौँ । सामाखुसी यातायात प्रालिले सात करोड रुपैयाँ लगानीमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको बताएका हुन् । ‘काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ’, उनले भने । काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उनको भनाइ थियो । अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए । सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा…

Read More

काठमाडौँ । ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले आज हस्ताक्षर गरेको छन् । समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ । त्यस अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिए । यस परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न पाँच सौर्य परियोजना…

Read More

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए । नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए ।

Read More

बागमती । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

Read More

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पार्टीलाई जसले करोड दिन्छ उसले अर्ब फिर्ता गर्ने सोच राखेको हुने बताएकी छन् । आइतबार पार्टी सचिवालय बैठकले स्पष्टीकरण सोधेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुरा बताएकी हुन् । नेतृ पाण्डेले विगत भूमिगतकालदेखि जनताको एक एक पैसा जम्मा गरिएर निर्माण भएको पार्टीमा करोड दिएर अरब फिर्ता गर्ने सोच भएका मान्छेहरु हाबी हुन थालेको बताएकी छन् । उनले भूमिगतकालमा सेल्टर लिएर बस्दा जनताको सामिप्यताको प्रसंग जोड्दै त्यसबेला एक एक पैसा जम्मा गरेर पार्टी जोगाउने श्रमजीवी जनता कहाँ छन् ? भनेर प्रश्न समेत गरेकी छन् । एमाले सचिवालय बैठकले नेतृ पाण्डेसहित नेताद्वय भीम…

Read More